गोबिन्द छन्त्याल
काठमाडौं । संघीय समाजवादी फोरम, नेपालको दोस्रो केन्द्रीय तदर्थ समिति बैठक काठमाडौं उपत्यकाको भिमसेना गोलास्थित ‘ॐ शान्ति पार्टी प्यालेस’मा माघ ८ गते दिउँसो १ः०० बजे शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने बैठकले काठमाडौंकेन्द्रित जनविद्रोहको तयारीका लागि गहन छलफल हुने बताइएको छ ।
तराई–मधेस–थरुहटमा १ सय ६५ दिनदेखि आन्दोलन भइरहेको तथा मोर्चा र सरकारबिचको वार्ता निष्कर्ष हुन नसकिरहेको अवस्थामा समाजवादीको फोरमको दोस्रो बैठकलाई आम चासोको रुपमा हेरिएको छ ।
मधेसी, आदिवासी जनजाति, शिल्पी÷दलित, मुस्लिम, उत्पीडित खस, महिलालगायतले गत असोज ३ गते संविधान जारी भएदेखि विरोध जनाइरहेका छन् । मधेस–थरुहटमा ६१ जना भन्दा बढीको ज्यान गइसकेको छ । लिम्बुवान, मगरातमा आन्दोलन जारी छ । गत माघ ६ गते मात्रै मोरङको रंगेलीमा प्रहरीको गोलीबाट ३ जनाको ज्यान गएको छ ।
वार्ता आन्दोलनरत पक्षका कारणले होइन, सरकारको कारणले सार्थक हुन नसकेको हो । तीन दलका नेताहरुमा उच्च जातीय अहंकारको मानसिकता नहटेसम्म वार्ता निष्कर्षमुखी हुन सक्तैन ।’
पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरुको सहभागिताले खचाखच भरिएको बैठकलाई सम्बोधन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, भाषिक रुपले उत्पीडित जनताको आसा र भरोसाको पार्टी संघीय समाजवादी फोरम भएको यादवले दाबी गरे । उनले थप भने, ‘पार्टी विचार, संगठन र संघर्षले सञ्चालन हुन्छ त्यसका लागि संघीय समाजवादजस्तो अग्रगामी विचार, सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, सम्प्रदायको प्रतिनिधित्व भएको प्रभावकारी संगठन र उत्पीडित जनताको पक्षमा पार्टी निरन्तर संघर्षमा छ । त्यसैले समाजवादी फोरम अहिलेको आवश्यकताको राजनीतिक शक्ति भएको छ ।’
समाजवादी फोरमको दोस्रो बैठकमा पार्टी सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन र नयाँ संविधान प्रतिक्रान्तिको उपज, नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धाराहरु, समानुपातिक समावेशी लोकतन्त्रको कसीमा नयाँ संविधान, प्रतिगामी संविधान विरुद्धकोसदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन÷विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ताको चर्चा, राष्ट्रियता र जनजीविकाको सवाल, मेची महाकाली सन्देश अभियान, ओली सरकारको १०० दिनको चर्चा र संघीय गठबन्धनको बिस्तारलगायत समावेश गरिएको छ ।
‘पार्टी विचार, संगठन र संघर्षले सञ्चालन हुन्छ त्यसका लागि संघीय समाजवादजस्तो अग्रगामी विचार, सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, सम्प्रदायको प्रतिनिधित्व भएको प्रभावकारी संगठन र उत्पीडित जनताको पक्षमा पार्टी निरन्तर संघर्षमा छ । त्यसैले समाजवादी फोरम अहिलेको आवश्यकताको राजनीतिक शक्ति भएको छ ।’
पहिचानजनित राजनीतिक र सामाजिक÷समुदायगत शक्तिहरुसँग बृहत गठबन्धन गर्दै काठमाडौंकेन्द्रित विद्रोह हुनुपर्ने निष्कर्ष प्रतिवेदनमा निकालिएको छ । नेपालका सबै परिवर्तनको निर्णायक केन्द्र काठमाडौं भएकोले राष्ट्रिय आन्दोलन काठमार्डौकेन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैठकमा अध्यक्ष यादव, वरिष्ठ नेता अशोककुमार राईलगायत पार्टीका पदाधिकारी तथा सदस्यहरुले पार्टीका केन्द्रीय सदस्य तथा लामो राजनीतिक जिवन जिएका प्रेमकृष्ण पाठकलाई क्रान्तिको योद्धाको रुपमा समेत सम्मान गरिएको थियो । बैठकमा पूर्व उपराष्ट्रपति परमानन्द झाको समेत उपस्थिती रहेको थियो ।
समाजवादी फोरमको दोस्रो बैठकमा संगठनात्मक प्रतिवेदन महासचिव रणध्वज कन्दङ्वा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विजयकुमारले पेस गर्ने सूची रहेको छ । त्यसैगरी माघ ९ गते बैठकको दोस्रो दिन राजनीतिक समिति, केन्द्रीय परिषद्, केन्द्रीय निकायको गठन र केन्द्रीय सदस्हरुको कार्यविभाजन गरिने कार्यसूची रहेको छ ।
समाजवादी फोरमको स्थापना २०७२ जेठ ३२ गते भएको थियो । त्यस लगत्तै असार १ गते काठमाडौंको सो¥हखुट्टेनजिक नेपा व्याङ्वेटमा पहिलो केन्द्रीय तदर्थ समितिको बैठक बसेको थियो ।