चतार—सिन्धुली—हेटौडा बैकल्पीक मार्गको निर्माण कार्यसुरु भएसँगै अबरुद्ध

सोमबार ०८ चैत्र, २०७२   |   कानून र मानवअधिकार

Print This   |   Font Size + -

चतार—सिन्धुली—हेटौडा बैकल्पीक मार्गको निर्माण कार्यसुरु भएसँगै अबरुद्ध

स्थानीय पिडित आदिवासीहरुद्धारा मुआब्जाको माग – पिडितहरुद्धारा संघर्षको कार्यक्रम घोषणा

गोकुल भुजेल, सिन्धुली

नेपालको पूर्वी तराईलाई पहाडी जिल्ला हुँदै राजधानीसँग नजिकबाट जोड्ने चतार—सिन्धुली—हेटौडा बैकल्पीक मार्गको निर्माण कार्य सुरु भएसँगै स्थानीयले मुआब्जाको माग गर्दै निर्माणकार्य अबरुद्ध गरेका छन् ।

नेपाल सरकारको करिब ११ अर्व रुपैयाँ लागतमा कुल ३ सय १८ किलोमिटर लामो  बैकल्पीक मार्ग आर्थिक वर्ष ०६४-०६५ बाट निर्माण सुरु गरिएको भएपनि सिन्धुली जिल्ला अन्तर्गत भने चालु आर्थिक वर्षबाट मात्र निर्माण सुरु गरिएको थियो ।

तर, आयोजना अन्तरगत सिन्धुलीमाढी–मरिण खण्ड अन्तरगतका घर तथा जग्गा धनहिरुले उचित मुआब्जा नपाएसम्म सडक निर्माण कार्य अघि बढ्न नदिने चेतावनी दिदै अबरुद्ध गर्न थालेका हुन् । उनिहरुले संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् ।

आफुहरु विकास विरोधी नभएपनि सडक विकासमा साथ दिँदा आफ्नो बासै उठ्ने भएपछि निर्माण कार्य नै अबरुद्ध गरेर मुआब्जाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत आयोजनाको ध्यानाकर्षण गराएको स्थानीयहरुले जनाएका छन् ।उनिहरुले आयोजनाको सर्भे भित्र परेको आफ्नो घर तथा जग्गाको मुआब्जा दिनु पर्ने माग गरेका हुन् । कमलामाई नगरपालिका–१, ४ र ५ नम्बर वडाका स्थानीयले र संघर्ष समिति गठन गरेर मुआब्जा माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेको संघर्ष समितिकोे अध्यक्ष, रामबाबु श्रेष्ठले बताए ।

हामीहरु विकासको विरोधी होइनौ र हामीलाई सिध्याउने गरि गरिएको विकास हामीलाई कदापी स्वीकार्य छैन । 

‘आफ्नो सम्पत्तीको नाममा भएको एउटा घर र पाँच धुर जमिन पनि सडकले कब्जामा लिने हो भने आफुहरु सुकुम्बासी भएर कहाँ गएर बस्ने के खाने भन्ने चिन्ता थपीएको छ । सडक निर्माण गर्दा आफुहरु सुकुम्बासी हुनु भन्दा सडक नै निर्माण गर्न दिँदैनौं, स्थानीय दिपा बैजुले भनिन् । ‘भएको ५ धुर जग्गामा पनि सडकले ११ मिटर काटेपछि बाँकी जग्गामा के घर बनाउनु, कहाँ बस्नु यस्तो अबस्था छ । सरकारले आयोजना मार्फत मुआब्जा नदीएसम्म हामी छाड्दैनऔं,’ ।

सडकले मुआब्जा नदिएसम्म सडक निर्माण गर्न नदिने संघर्ष समितिका अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठ भन्छन्, ‘कि मुआब्जा दिनु पर्छ कि सडक अनेत्र स्थानबाट सडक लैजानु पर्छ,’ ।

आफुहरु विकासको विरोधी नभएको तर आफहरुलाई सिध्याउने गरि गरिएको विकास उनीहरुलाई स्वकार्य नभएको स्थानीय टंक थापाले बताए ।

स्थानीयहरुको माग छ, कि त मुआब्जा चाहियो कि सडक अनेत्र स्थानबाट सार्नु प¥यो । स्थानीयहरुको अनुसार सडक विस्तार गर्ने क्रममा गाउँभरीका एक सय ७३ परिवारको घर जग्गा सडकले अतिक्रमण गर्नेछ ।

हाम्रा मागलाई तत्काल सम्बोधन नगरिए हामी कडा सघर्ष गर्छौ र कुनै पनि हालतमा आयोजना सम्पन्न हुन दिदैनौ । 

स्थानीयहरुले आफ्नो माग लाई तत्काल सम्बोधन नगरे कडा संघर्ष गर्ने भन्दै हाललाई आयोजनाको सम्पुर्ण निर्माण कार्य अबरुद्ध गर्दै आएका छन् । स्थानीयहरुले एक सय ९ सदस्य संघर्ष समितिको गठन समेत गरेका छन् ।

नेपाल सरकारको करिब ११ अर्व रुपैयाँ लागत रहेको बैकल्पीक मार्ग अन्तर्गत सिन्धुलीको कमलाखोंच क्षेत्रको कमला नदी, सिन्धुली र हेटौंडा सिमा जोडिएको बागमती नदी र सिन्धुली र उदयपुरको सिमाना हुँदै बग्ने गाइघाटको खोलामा पक्की पुल निर्माणका काम धमाधम सुरु भएको आयोजनाले यस अघिनै जनाएको थियो

बैकल्पीक मार्ग अन्तर्गत ३ सय १८ किलोमिटर भित्र विभिन्न नदी तथा खोलामा गरी ६८ ओटा पक्की पुल निर्माण गर्नु पर्ने स्टमेट अन्तर्गत चालु आबमा सिन्धुली जिल्ला अन्तर्गत ३ ओटा पक्की पुल निर्माणको काम थालिएको हो । धरानको चतारा देखि हेटौडासम्मको विभिन्न स्थानमा गरिएको सडक स्तरोन्नती र पक्की पुल निर्माण कार्य भइरहेको छ ।

यस बैकल्पीक सडक निर्माणको प्रतिवेदन अनुसार प्रति किलोमिटर सडक निर्माण गर्दा ३ करोड ५५ लाख रुपैयाँ लागत खर्च हुने बताइएको छ । तर आयोजनाले अतिक्रमण गर्ने घर तथा जग्गाको मुआब्जा दिने व्यवस्था भने गरेको छैन् । उता स्थानीयलाई आयोजनाको विषयमा बुझ्ने छलफल गर्ने प्रमुख जिल्ला अधिकारी कार्कीले आश्वासन दिएको स्थानीयहरुले जनाएका छन् । आयोजनाका प्रमुखसंग भने यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन् ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook