जनजाति नायिका किन अस्वीकृत

शनिवार २२ जेष्ठ, २०७३   |   कला र साहित्य

Print This   |   Font Size + -

नविन सुव्बा

नविन सुव्बा

काठमाडौं, नेपाल

जनजाति नायिका किन अस्वीकृत

केही समयअघि नेपाली चलचित्रकी एक'नायिका'ले मिस नेपाल प्रतियोगितालाई लिएर सामाजिक सञ्जालमा एउटा प्रतिक्रिया दिइन्,'त्यो त कहाँ मिस नेपाल हो र, त्यो त मिस नेवाः हो।' उनले यस्तो प्रतिक्रिया किन दिइन् भन्ने उत्सुकताले मिस नेपाल विजेताहरूको पृष्ठभूमि केलाउँदा थाहा लाग्यो, गत दुई वर्षको निरन्तर मिस नेपालमा नेवार समुदायका युवतीहरूले उक्त टाइटल जितेका रहेछन्। मधेसबाहेक पहाडका प्रायः मुख्य जातिहरूले उक्त टाइटल जितेका रहेछन्। 

अनुपातिक रूपमा नेवार समुदायबाट आएकाले केही बढी। यत्तिकैमा यस्तो अनुदारमात्र होइन रेसिस्ट कमेन्ट किन गर्नुपर्यो, त्यो पनि आफूलाई खुला, उदार र अरूप्रति सहिष्णु दाबी गर्ने चलचित्र क्षेत्रको एक सदस्यले? उनको यो प्रतिक्रियाले नेपाली चलचित्र क्षेत्र के साँच्चै दाबी गरिएझैं खुला, उदार र अरूप्रति सहिष्णु छ त भनेर मनमा जिज्ञासा उत्पन्न भयो।

गत वर्ष २०७२ सालमा ६५ वटा चलचित्र प्रदर्शनमा आए। त्यसमध्ये ४५ वटा खस-आर्य पृष्ठभूमिका चलचित्रकर्मीले, १५ वटा आदिवासी जनजातिले र एउटा दलित र दुईवटा विदेशीले बनाएछन्। 

यी चलचित्रलाई प्रवृत्तिगतरूपमा हेर्दा अधिकांश खस-आर्यले बनाएको चलचित्रको विषय खस-आर्य समुदायकै उठाएको देखिन्छ भने आदिवासीहरूले मि िश्रत कथा उठाएको देखिन्छ। खस-आर्यको चलचित्रमा केन्द्रीय चरित्रमा मुख्य रूपमा खस आर्यनले नै प्राथमिकता पाएका छन्। उनीहरूले इतर समुदायको कलाकार लिए पनि तिनीहरूलाई सहायक चरित्रका रूपमा मात्र लिएका छन्। त्यो पनि बजारमा बिकाउ रहेको अनुहारमात्र।

आदिवासी-जनजाति चलचित्रकर्मीले केही चलचित्रमा आदिवासी कथा उठाए पनि त्यो कथामा खस-आर्य पात्रलाई समानान्तर रूपमा स्थान दिइएको पाइन्छ। प्रायः आदिवासी-जनजातिले भने खस-आर्यलाई मुख्य भूमिकामा र त्यसको सहयोगीका रूपमा मात्र आदिवासी-जनजाति अनुहारलाई प्रस्तुत गरेको देखिन्छ।

आदिवासी-जनजाति चलचित्रकर्मीले केही चलचित्रमा आदिवासी कथा उठाए पनि त्यो कथामा खस-आर्य पात्रलाई समानान्तर रूपमा स्थान दिइएको पाइन्छ। प्रायः आदिवासी-जनजातिले भने खस-आर्यलाई मुख्य भूमिकामा र त्यसको सहयोगीका रूपमा मात्र आदिवासी-जनजाति अनुहारलाई प्रस्तुत गरेको देखिन्छ।

अझ पनि आदिवासी-जनजातिहरूले÷आदिवासी-जनजाति स्वयंलाई केन्द्रीय रूपमा प्रस्तुत गर्न आत्मविश्वास गरेको पाइन्न। मधेसी पृष्ठभूमिका केही कलाकार देखिए पनि चलचित्र निर्देशनमा मधेसी भने देखिन्न। 

खस-आर्य, आदिवासी-जनजाति पृष्ठभूमिका दुवैले मधेसी कलाकारलाई केन्द्रीय पात्रका रूपमा प्रस्तुत गरेका छैनन्। उनीहरूलाई सहयोगी चरित्रका रूपमा मात्र भूमिका दिइएको छ। केही चलचित्रमा दलित कलाकार कास्ट भए पनि दलित विषय उठान भएको छैन। दलित चलचित्रकर्मीले पनि दलित विषय उठान गरेको दखिँदैन।

ठूला ब्यानर भनिएका र चलचित्र उद्योगमा ठूला नाम ठानिएकाहरूले नयाँ कलाकारलाई प्रस्तुत गरेका छन्। त्यो काम सबभन्दा बढी खस-आर्य पृष्ठभूमिका निर्माता-निर्देशकहरूले गरेका छन्। उनीहरूले प्रस्तुत गरेका नब्बे प्रतिशत नयाँ अनुहार खस-आर्य समुदायबाटै छन्। 

आफु इतर समुदायका कलाकार नलिने यो पूष्ठभूमिमा नेपाली चलचित्र क्षेत्रको विश्लेषण गर्दा यो क्षेत्र आफूले दाबी गरेजस्तो इतर समुदाय र संस्कृतिप्रति उदार र सहिष्णु छैन। त्यसैको एकजना सदस्यले'मिस नेपाल होइन, मिस नेवाः' हो भन्नु यही मनोविज्ञानको परावर्तन हो भन्ने सजिलै बुझ्न सकिन्छ। नेपाली चलचित्र उद्योगमा यो अनुदारता एक हिसाबले भन्दा रेसिज्म (नश्लबाद) किन छ भनेर यसको विगत थोरै कोट्याउनुपर्ने हुन्छ।

नेपालमा चलचित्र परम्परा'निर्माण'बाट नभएर'हेर्नु'बाट भएको हो। नेपाली चलचित्र निर्माण सुरु हुनुअघि नै नेपालमा प्रदर्शनका संरचना निर्माण गरियो र ती प्रदर्शनीस्थलमा हिन्दी चलचित्रको नियमित प्रदर्शन प्रारम्भ गरियो।

प्रदर्शन प्रारम्भ भएको डेढ दशकपछि मात्र नेपाली चलचित्रको निर्माण सुरु भयो, त्यो पनि प्राविधिकहरू हिन्दी चलचित्र उद्योगबाट पैंचो लिएर। यसले स्वाभाविक रूपमा नेपाली चलचित्रमा हिन्दी चलचित्रको प्रभाव रहने भयो। हिन्दी चलचित्रको कथ्य संरचना, चरित्र चित्रण, मूल्य पद्धति, अभिनय विधान आदि भरतको नाट्यशास्त्रमा आधारित छ। यसले हिन्दु सौन्दर्य अवधारणालाई पछ्याउँछ।

नायक भनेको रामजस्तो धिरोद्यात्त, सर्वगुणसम्पन्न, शारीरिक रूपमा पनि बलिष्ठ हुनुपर्छ, नायिका भनेको सीताजस्तो शीलस्वाभाव भएकी, कोमलांगी, मृगनयनी सतीसावित्री हुनुपर्छ भन्ने धारणा यहाँ विद्यमान छ। यो अवधारणा तत्कालीन राज्यव्यवस्थाले निर्माण गर्न चाहेको समाजसँग मेल खान्थ्यो।

त्यसैले तत्कालीन राज्यले निरन्तर हिन्दी चलचित्रको प्रदर्शनको पक्षपोषण गरिरह्यो भने चलचित्र निर्माणमा पनि त्यो स्थापित संस्कृति-पृष्ठभूमि बोक्नेबाहेकलाई समावेश गरिएन, यिनीहरूलाई बहिष्करण गरिरह्यो।

पञ्चायतकालभरि बनेका नेपाली चलचित्रमा स्थापित संस्कृतिभन्दा इतर संस्कृति वा समुदायबाट आएकालाई कलाकारका रूपमा अवसर दिइएन, छिटफुट रूपमा केही नेवार समुदायबाट अभिनेता, अभिनेत्री आएका देखिए पनि खस-आर्य अनुहारनजिक वा मिश्रित अनुहारमात्र स्वीकारिएको देखिन्छ। 

अर्धशताब्दीभन्दा लामो समयदेखि निरन्तर नेपाली दर्शकलाई हिन्दी चलचित्र र त्यसको प्रभावमा रहेको राज्य संरक्षित नेपाली चलचित्रले नेपाली सौन्दर्य चेतना पनि सोहीअनुरूप ढालेको छ। नेपाली दर्शकको मनोविज्ञानमा पनि भरतको नाट्यशास्त्रले कल्पना गरेभन्दा भिन्न कथ्य, मूल्यपद्धति, अभिनयविधान हुन्छ भन्ने ज्ञान बीजारोपण भएन, त्योभन्दा भिन्न सौन्दर्य चलचित्रमा आए नस्वीकार्ने स्थिति निर्माण भएको छ। 

यो मनोविज्ञानले दर्शकमा मात्र होइन, चलचित्रकर्मीमा पनि घर गरेको छ। हिन्दी चलचित्रभन्दा भिन्न नेपालीहरूको आफ्नै सौन्दर्य हुनसक्छ भन्ने आत्मविश्वास कम्तीमा आजका दिनसम्म उनीहरूमा देखिएको छैन। हिन्दी चलचित्रको सौन्दर्य अवधारणा समस्या त होइन तर यसले नेपाली समाजको मौलिकता र विविधतालाई सम्बोधन गर्न र बोक्न सक्दैन।

...

गत वर्ष बनेका चलचित्रमध्ये झन्डै एक तिहाइ चलचित्र निर्माणमा आदिवासी-जनजाति संलग्न हुन थाल्नुलाई केहीले चलचित्र क्षेत्रमा आदिवासी-जनजाति सशक्तीकरणका रूपमा लिने गरेका छन्। तर, भित्री परिस्थिति भने ठीक उल्टो छ। अघिल्लो हप्ता एकजना चलचित्र निर्देशकसँग भेट भयो, उनी केही समययता नयाँ चलचित्र निर्माणको तयारीमा रहेछन् र कलाकार खोजिरहेका रहेछन्। 

उनले बनाउने लभ स्टोरीमा मंगोलियन नायक चाहिएको रहेछ। मैले अहिलेका चल्तीका मंगोलियन अनुहार दयाहाङ राईको नाम लिएँ। उनले नकार्दै भने,'होइन अलि ह्यान्डसम चकलेटी अनुहार चाहिएको हो।' मैले उनको चकलेटी अनुहारको परिभाषा खासै बुझिनँ, उनले एक खस-आर्यन अभिनेताको नाम लिँदै भने,'मैले उसलाई कास्ट गर्ने सोच्दैछु। ऊ हेर्दा गोलियनजस्तै छ।'

दयाहाङ वा प्रशान्त तामाङजस्ता कलाकारलाई लिएर धेरैले चलचित्र क्षेत्रमा जनजातिको सशक्तीकरण भएको दाबी गर्छन्। तर, यही एउटा उदाहरण काफी छ— अहिले पनि आदिवासी÷जनजातिहरू नेपाली चलचित्र कर्मको सौन्दर्य चेतना बाहिरका नै हुन्।

बजारका कारण दयाहाङजस्ता कलाकार सक्रिय देखिए पनि जनजाति पृष्ठभूमिबाट आएका महिला कलाकारहरू अस्वीकृतजस्तै नै छन् र नायिका हुन खस-आर्यन नै हुनुपर्छ। यसको मुख्य कारण भनेको अहिले स्थापित सौन्दर्य चेतना नै हो। अझ यो त कतिसम्म कठोर छ भने अहिलेका अभिनेत्रीहरूको अनुहार विश्लेषण गरे अझ स्पष्ट हुन्छ।

दयाहाङ वा प्रशान्त तामाङजस्ता कलाकारलाई लिएर धेरैले चलचित्र क्षेत्रमा जनजातिको सशक्तीकरण भएको दाबी गर्छन्। तर, यही एउटा उदाहरण काफी छ— अहिले पनि आदिवासी÷जनजातिहरू नेपाली चलचित्र कर्मको सौन्दर्य चेतना बाहिरका नै हुन्।बजारका कारण दयाहाङजस्ता कलाकार सक्रिय देखिए पनि जनजाति पृष्ठभूमिबाट आएका महिला कलाकारहरू अस्वीकृतजस्तै नै छन् र नायिका हुन खस-आर्यन नै हुनुपर्छ। यसको मुख्य कारण भनेको अहिले स्थापित सौन्दर्य चेतना नै हो। अझ यो त कतिसम्म कठोर छ भने अहिलेका अभिनेत्रीहरूको अनुहार विश्लेषण गरे अझ स्पष्ट हुन्छ।

मेरो एक चलचित्र अध्येता मित्र भन्छिन्,'नेपाली चलचित्रमा अभिनेत्रीहरूको छनोट समाजमा पुरुष-सत्ता अझ मजबुत बनाउने किसिमको छ। नेपालमा निर्मित पुरानादेखि अहिलेसम्मका चलचित्रका'नायिका'हरूको अनुहार हेर्ने हो भने त्यो प्रमाणित हुन्छ।' नेपाली चलचित्रका नायिकाहरूको अनुहार अबोध, घरेलु, धार्मिक र सतीसावित्री प्रवृत्तिको हुनु अनिवार्य छ। 

त्योभन्दा फरक अनुहार भए खस-आर्यन नै भए पनि नेपाली सौन्दर्य चेतनालाई स्वीकार्य छैन। यस्तो स्थितिमा भिन्न अनुहार र स्वतन्त्र छवि बोक्ने जनजाति महिला नेपाली चलचित्रमा अट्ने कुरै भएन। त्यसैले चलचित्रमा जनजाति पुरुषभन्दा महिला कलाकार कम देखिएका छन्।

यो वर्ष कामेश्वर चैरासिया, नाजिर हुसेन र प्रमोद अग्रहरि केही चर्चामा रहे। उनीहरू संलग्न केही चलचित्र व्यापारिक रूपमा सफल भएकाले उनीहरू चर्चामा आए। त्यसैलाई मिडियाले चलचित्रमा मधेसको मूलधारीकरणका रूपमा बुझ्यो। तर, यी कलाकारले गरेको चरित्रलाई हेर्ने हो भने त्यो प्रतीत हुँदैन। यिनीहरूलाई कि खलपात्रका रूपमा प्रस्तुत गरिएको छ कि त सहयोगी या हास्यपात्रका रूपमा। त्यो पनि एक संस्कृतिले इतर संस्कृतिलाई हेर्ने हेयको दृष्टिकोणबाट।

लामो समयपछि पुराना मैथिली नाटककर्मी मित्रसँग भेट भयो। मैले लामो समय भेट नहुनको कारण सोधेँ। उनले आफू सुटिङमा व्यस्त हुनु परेकाले भेट हुन नसकेको बताए। उनले सुटिङ भनेपछि स्वाभाविक रूपमा मेरो जिज्ञासा बढ्यो। सोधेँ,'कस्तो सुटिङ हो ? ' उनले भने,'उही त हो नि। 

मधेसी भनेको चोर, डाँका, फटाहा, भ्रष्टाचारी आदि।' आफ्नो क्षेत्रको गहिरो ज्ञान राख्ने बुद्धिजीवी मित्रलाई के कारणले यस्तो भूमिका गर्नु परेछ त भनेर सोधेँ,'कसले लेखेको हो ? ' उनले भने,'आफैंले लेखेको हो।' मेरो आश्चर्यचकित अनुहार हेर्दै, थप प्रश्न गर्न नपाई उनैले थपे,'निर्देशक पनि मधेसी नै हो।' 

मैले सोधेँ,'त्यस्तो कसरी भयो ? ' उनले भने,'पहिले लेख्दा ठीकै थियो। तर, पछि निर्माता र वितरकहरू चलचित्रमा संलग्न भएपछि सबै परिवर्तन भयो। परिवर्तन नभए चलचित्र चल्दैन भन्ने वितरक र निर्माताको दबाबका अघि हाम्रोे केही लागेन।' यहाँ भनिरहनु परोइन, निर्माता र वितरक स्वाभाविक रूपमा पहाडे हुने भए।

नेपाली चलचित्र क्षेत्रमा जुन समुदायको सौन्दर्य-चेतना स्थापित भएको छ, उसको इतर समुदाय वा संस्कृतिको सौन्दर्यलाई हेर्ने दृष्टिकोण असहिष्णु छ। गत वर्ष मधेस, मधेसका पात्र समावेश भएका केही चलचित्र निर्माण भयो। चर्चामा रहे,'भैरव','होस्टल रिटन्र्स' र'रेशम फिलिली'। यी तीन चलचित्रमा उठान भएको विषय या चरित्रलाई हेरे नेपाली चलचित्रको मधेस हेर्ने दृष्टिकोण अझ स्पष्ट हुन्छ।

नेपाली चलचित्र क्षेत्रमा जुन समुदायको सौन्दर्य-चेतना स्थापित भएको छ, उसको इतर समुदाय वा संस्कृतिको सौन्दर्यलाई हेर्ने दृष्टिकोण असहिष्णु छ। गत वर्ष मधेस, मधेसका पात्र समावेश भएका केही चलचित्र निर्माण भयो। चर्चामा रहे,'भैरव','होस्टल रिटन्र्स' र'रेशम फिलिली'। यी तीन चलचित्रमा उठान भएको विषय या चरित्रलाई हेरे नेपाली चलचित्रको मधेस हेर्ने दृष्टिकोण अझ स्पष्ट हुन्छ।

गत वर्ष चलेको भनिएको मधेसकेन्द्रित चलचित्र'भैरव'मा निखिल उप्रेती नायक छन् भने मधेसी मूलका मूरलीधर खलनायक छन्। चलचित्रको कथामा खलनायकलाई स्थानीय नेता र समाजसेवीका रूपमा देखाइएको छ। ऊ बाहिर मधेस अधिकारको कुरा गर्छ भने भित्रभित्रै तस्करी गर्छ।

प्रहरी एसपी'नायक'ले खलनायकको यही दोहोरो चरित्रलाई पर्दाफास गर्छ। खलनायकको'मधेसमा हाम्रो राज चल्छ' भन्ने संवादको उत्तरमा नायकले'नेपालमा कसैको होइन नेपाल सरकारको राज चल्छ' भन्छ। यही संवादलाई चलचित्र प्रचारको मुख्य सामग्री बनाइएको थियो।

मधेसमा मधेस आन्दोलन चलिरहेका बेला प्रदर्शनमा आएको यो चलचित्रलाई मधेसमा प्रदर्शन गर्न भने सेन्सर बोर्डले रोक लगायो। यसको प्रतिक्रियास्वरूप, चलचित्रको निर्देशकले कतै अन्तर्वार्तामा'मधेसमा चलाउनुपर्ने चलचित्र सरकारले चलाउन दिएन' भन्ने गुनासो गरेका थिए।

 यो चलचित्र सीधै सामाजिक विग्रह ल्याउने खालको थियो, भलै यसलाई लिएर मधेसी समुदायले कुनै प्रतिक्रिया दिएन। यो चलचित्रका निर्देशकको असंवेदनशीलता के हो भने इतर समुदाय वा संस्कृतिप्रति चाहे त्यो व्यक्ति नै किन नहोस्, चलचित्रले'जेनरलाइज' गरेर प्रस्तुत गर्छ भने त्यो नश्लवादी हुन्छ।

बडो ठूलो राष्ट्रवादी काम गरेको ठानेको चलचित्रमा पात्रमात्र परिवर्तन गरेर मधेसी मुरलीधरको ठाउँमा कुनै खस-आर्य कलाकारलाई अहिले शक्ति र सत्तामा रहेको कुनै अमूक पार्टीको नेता बनाइएको छ। बाहिर अहिले चलेको'राष्ट्रवाद'को कुरा गर्दै भित्र तस्करी र भ्रष्टाचार गरेको देखाएर मधेसी मूलका नायकले त्यो दोहोरो चरित्रलाई भण्डाफोर गरेको देखाइयो। त्यो चलचित्र हलमा प्रदर्शन हुन त के सामाजिक सद्भाव बिथोल्न खोज्यो भनेर सीधै प्रतिबन्धित हुन्छ।

‘रेशम फिलिली' र'होस्टेल रिटन्र्स'मा मधेसी चरित्रलाई मुख्य चरित्रको सहायक चरित्र हास्य पात्रका रूपमा प्रस्तुत गरियो। एउटा मधेसी युवा इन्जिनियरिङ कलेजको होस्टलमा आउँदा हातमा शिवको मूर्ति बोकेर आएको देखाइएको छ। 

अहिलेको एफएम र इन्टरनेटको सञ्जाल गाउँगाउँ पुगेको समयमा कुनचाहिँ नेपाली युवा त्यो रूपमा धर्मभिरु होला ? यो त सीधै इतर समुदाय र संस्कृतिलाई'रेडिक्युल' (उडाउने) गर्ने उद्देश्यले प्रेरित छ। यो'रेडिक्युल' गर्ने काम'रेशम फिलिली'मा त झन् पराकाष्ठामा छ। त्यहाँ मधेसी चरित्रलाई बाख्रासँग शारीरिक संसर्ग राखिरहेको भावमात्र होइन, पात्रले पिसाब फेर्दा बसेर पिसाब फेर्ने गरेको समेत देखाइएको छ। यी चलचित्रमा मधेसी चरित्रलाई उपाहास गरेर हास्य सिर्जना गर्न खोजेको छ। थाहा छैन, किन यसैलाई नेपाली मिडियाले मधेसको मूलधारीकरण भनेको हो। 

अहिलेको एफएम र इन्टरनेटको सञ्जाल गाउँगाउँ पुगेको समयमा कुनचाहिँ नेपाली युवा त्यो रूपमा धर्मभिरु होला ? यो त सीधै इतर समुदाय र संस्कृतिलाई'रेडिक्युल' (उडाउने) गर्ने उद्देश्यले प्रेरित छ। यो'रेडिक्युल' गर्ने काम'रेशम फिलिली'मा त झन् पराकाष्ठामा छ। 

त्यहाँ मधेसी चरित्रलाई बाख्रासँग शारीरिक संसर्ग राखिरहेको भावमात्र होइन, पात्रले पिसाब फेर्दा बसेर पिसाब फेर्ने गरेको समेत देखाइएको छ। यी चलचित्रमा मधेसी चरित्रलाई उपाहास गरेर हास्य सिर्जना गर्न खोजेको छ। थाहा छैन, किन यसैलाई नेपाली मिडियाले मधेसको मूलधारीकरण भनेको हो। 

यहाँ त मधेसको मूलधारीकरण गर्नुभन्दा उनीहरूलाई हेयको दृष्टिले मात्र प्रस्तुत गरिएको छ। चलचित्रकर्मी र दर्शकमा रहेको यो नश्लवादी मनोचेतनालाई सचेतन रूपमा आलोचना गरिनैपर्छ, त्यसले राष्ट्रिय एकतामा बल पुर्याउँदैन।

भर्खरै काठमाडौंका हलहरूमा'द रेभेनेन्ट' चलचित्र चल्यो। यसमा युरोपेली र अमेरिकी आदिवासीबीच द्वन्द्व देखाइएको छ। सरसर्ती हेर्दा बाबुले आफ्नो छोराको हत्याको बदला लिएको कथा भए पनि यसले सांकेतिक रूपमा गोराहरूले विगतमा आदिवासीप्रति गरेको व्यवहारको माफी मागेको छ। 

हलिउडमा सन् ४० देखि ६० सम्म बनेका चलचित्रमा त्यहाँका आदिवासी, मेक्सिकन वा कालाहरूलाई खलपात्र वा उपहास गरिने चरित्रका रूपमा प्रयोग गरिन्थ्यो। सन् ८० पछि भने त्यस गल्तीलाई सुधार गरेर'सबै समान छन्' भन्ने भावमा चलचित्र निर्माण भए। 

सन् २००० यता भने गोराहरूद्वारा ती समुदायमाथि भएको ज्यादतीबारे चलचित्र निर्माण भएका छन्।'द रेभेनेन्ट' त्यो क्रमको पछिल्लो चलचित्र हो जसले युरोपियनहरूको लोभले कसरी भालुको एक प्रजाति र आदिवासीहरूको सभ्यता ध्वस्त भयो भन्ने देखाएको छ।

चलचित्र विषय उठानमा मात्र होइन, त्यसका कलाकार र प्राविधिक चलचित्रबाहिर पनि त्यसले उठाइरहेका मुद्दाप्रति संवेदनशील देखिएको छ। ओस्कार लिने क्रममा यसका अभिनेताले इतर संस्कृतिप्रति सम्मान दर्शाएका छन्। 

अहिले आएर हलिउडका कलाकार सम्पूर्ण मानव समुदायप्रति संवेदनशील रहेको र मानव समुदायलाई अघि बढाउन दया, करुणा र सहिष्णुताको आग्रह गरिरहेको देखिन्छ। त्यो संवेदनशीलताको नेपाली चलचित्रकर्मीको हकमा भने नितान्त अभाव देखिन्छ भन्ने कुरा माथिका उदाहणहरूले प्रमाणित गर्छन्।

के हामी पनि हलिउडझैं अब आफ्ना रचनाकर्ममा भएको ज्यादतीलाई लिएर ५० वर्षपछि मात्र माफी माग्दै चलचित्र बनाउने हो ? कि समाज र देशप्रति अहिले नै उत्तरदायी हुने हो?

Courtesy:www.annapurnapost.com


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook