थेअनि : आदिवासी साहित्य चर्चा 

बुधवार १२ श्रावण, २०७३   |   कला र साहित्य

Print This   |   Font Size + -

कोइँचबु काःतिच (उत्तम)

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल

थेअनि : आदिवासी साहित्य चर्चा 

कनिका कर्म
सपनाको कोसेली
सुधामा मर्म
आफ्नै त यो गति
कान्छाबाको कुन गति ।।
–अतीत मुखिया : आदिवासी साहित्य सौन्दर्य थेअÞनि २०६९ ।

आधुनिक साहित्यको माउ भनेको लोकसाहित्य हो । लोकसाहित्यको माउ लोकोक्ति र लोकगीतहरु हुन् । भक्त राईका अनुसार लोकसाहित्यको लोकपद्य अन्तरगत पर्ने प्रमुख विधा लोकगीत हो । संसारका प्रायः सबै भाषामा, सबै मुलुकमा यसको प्रचलन रहेको देखिन्छ । लोकगीतलाई लोकसाहित्यको सबैभन्दा प्राचिन विधा मानिन्छ । संसारमा भाषाले लेख्यरुप प्राप्तगर्न अगावै मानिसले वाणीको प्रयोग गर्न थाले, यसैबेलादेखि लोकगीतको प्रयोग भएको देखिन्छ । लोकगीत नै लोकजीवनको रागात्मक स्वतः स्पूmर्त सरल एवम् लयात्मक प्रस्तुति हो । 
आदिवासी जनजाति कोइँच सुनुवार साहित्यको उत्पत्ति पनि यिनै लोकोक्ति र लोकगीतहरु नै हो । विशेषगरी आमा बजुले वाचन गरेका कथा, गीत, थेँका, क्लाइँदास र नाअÞसोे, पोइँबो–ग्याँमिले भन्दै आएका सासि मुक्दुमका कथा सालाक, पूर्खा प्रार्थना पिदार, शाँदार गीतहरु नै आदिवासी जनजाति कोइँच साहित्यको जग हो । यिनै कथ्य परम्परामा बाँचीरहेको तर नेपाली साहित्यीक आकाशमा गुम्नाम एक विधाको नाम हो थेअÞनि । कुनै एक बिषयबस्तुलाई टेकेर अर्को बिषयको गुण र महत्वलाई व्याख्या गर्ने थेअÞनिमा विम्व तथा प्रतिकहरुका साथ मिथकको प्रयोग आदिमकालदेखि नै लोक जनजिब्रोमा श्रुति र स्मृतिको रुपमा रहँदैबस्दै आएको पुरानो लोकसाहित्य हो ।

भनिन्छ साहित्य समाज परिवर्तनको सम्वाहक हो । साहित्य शैक्षिक सामग्री पनि हो । तर नेपालको सन्दर्भमा कुरा गर्दा मुखले भन्ने बेला साहित्य सामाजको ऐना हो भनिन्छ तर व्यवहारमा त्यो साहित्यिक ऐनालाई पेवा बनाएर आफ्नु अनुहारको प्रतिविम्ब मात्र हेर्ने प्रवृतिका कारण रैथाने नेपाली साहित्य पाखा लागेको अबस्था छ ।
थेअÞनि शब्द कोइँच सुनुवार भाषाको थेअÞ धातुबाट व्युत्पत्ति भई बनेको शब्द हो । यसको अर्थ टेकौनी भन्ने लाग्दछ । थेअÞनि आदिवासी जनजाति कोइँच साहित्यको गहना हो । जुन साहित्य विधाले एउटा हाँगोमा टेकेर अर्को हाँगो समाउँछ र तेश्रो हाँगाको पूmल टिप्छ । सुनाउनेलाई सुनाउनुको आफ्नै मज्जा, सुन्नेलाई आमोदप्रमोदको मज्जा, छोटो उक्तिमा सिंगै दर्शन अटाउन सकिने ल्याकत राख्दछ । हाइकु, तान्का, सेनेरियो, चोका, सायरी जस्ता जापनीज साहित्यको स्वाद पस्किने तर पृथक परम्परागत कोइँच साहित्यमा लुकेर बसेको, हाम्रै माटोको सुवास आउने एक मौलिक बिधा हो ।
खरानीले आगो छोप्छ
फरियाले लाज छोप्छ ।।
–जनजिब्रोमा प्रचलित थेअÞनि ।

थेअनिको मिथकीय विम्वलाई थेँका भनिन्छ । प्राय थेँकाले कुनै एक मिथकको सार बोकेको हुन्छ । थेअनिको एक हरफमा दुई पददेखि सात पदसम्म पाइन्छ । दुई हरफदेखि नौ हरफसम्मको थेअÞनिमा विभिन्न किसिमको थेँका पाइन्छ । थेअÞनि पनि परम्परागत, समसामायिक विभिन्न श्रृङ्गार र रसले भरिएको प्रायःजसो यथार्थपरक हुन्छन् । दुईपदीय थेँकाहरुमा चाहिँ मिथक भन्दा पनि विशेषगरी क्लाँइदासको अत्यधिक प्रयोग भएको पाइन्छ । थेँकामा समेटिएको क्लाइँदासले नै थेअनिलाई रसिलो र गहकिलो बनाउँदछ ।
आकाश घोप्टियो
म कुण्ठित भएँ ।।
–जनजिब्रोमा प्रचलित थेअनि ।

उछिना उछिनको प्रतियोगिता गरौं
रहेछौं को मीठो, आपसमा चाखि हेरौं ।।
–जनजिब्रोमा प्रचलित थेअनि ।

कुनै पनि दर्शन वा सिद्धान्तलाई थेँकाहरुको संयोजनबाट थेअÞनिले मिठासपूर्ण तौरतरिकाबाट संक्षेपमा विहम्गम भाव अभिव्यक्त गर्दछ । थेअÞनि थोरै शब्दले धेरै कुरा बुझाउने साहित्यिक विधा भएको हुँदा थोरै शब्दमा धेरै कुराको ज्ञान प्रवाह गर्ने क्षमता राख्दछ ।
बाटोमुनिको रातो घर
राम्री बढेकी छोरी
तोरीपूmल माथि माहुरी
सबै झुम्मिनु
सबै खनिनु
काखको मादल सबैको घिन्ताङ ।।
–अतीत मुखिया : आदिवासी साहित्य सौन्दर्य थेअÞनि २०६९ ।

थेअनिको विशेषता


जनजिब्रोमा प्रचलित चलनचल्तीका थेअÞनिहरुको विम्व, प्रतिकको प्रयोग, मिथक, अनुप्राश मिलन र शैलीलाई विचार गर्दा निम्नानुसार विशेषता थेअÞनिमा पाइन्छ ः
ड्ड कम्तिमा शुरुको दुई हरफसँग अन्तिम हरफको अनुप्राश मिलेको हुने ।
ड्ड प्रत्येक हरफमा कम्तिमा दुई पद हुने ।
ड्ड बिम्वको प्रयोग अनिवार्य हुने ।
ड्ड कम्तिमा एउटा मिथक समेटिएको हुने ।
ड्ड थेअÞनिमा शुरुका हरफमा उठाइएका जिज्ञासालाई अन्तिम हरफले समाधान गरेको हुने ।
छेपारो र माउसुली
गुडुल्केको सर्प अनि काँचुली
हेर्दा लाग्छ उस्ताउस्तै
पुलुक्क पर्दा अनायास दृष्टि
झुक्किन्छन् आँखा भै विजुली ।।
–कोइँचबु काःतिच : बाअशोदाइश–शो थामा लोः, २०६५ ।

भनिन्छ साहित्य समाज परिवर्तनको सम्वाहक हो । साहित्य शैक्षिक सामग्री पनि हो । तर नेपालको सन्दर्भमा कुरा गर्दा मुखले भन्ने बेला साहित्य सामाजको ऐना हो भनिन्छ तर व्यवहारमा त्यो साहित्यिक ऐनालाई पेवा बनाएर आफ्नु अनुहारको प्रतिविम्ब मात्र हेर्ने प्रवृतिका कारण रैथाने नेपाली साहित्य पाखा लागेको अबस्था छ । अगेनाबाट शुरु भई तला, चोटा, कोठा, धुरी, टोल, गाउँ, सहर, देश र विश्वब्रह्माण्डको यात्रा गर्दै पुनः आँगन, पिँढी, ढोकाबाट फर्केर आगेनामै प्रार्थना टुङ्गिने मुक्दुमको चक्रीय शुन्य दर्शनको छाप लागेको थेअÞनि साहित्यको विकास गर्न राज्यले चासो लिए अवश्य पनि नेपाली साहित्यमा मौलिक साहित्यिक विधाले स्थान पाउने छ र नेपालको आफ्नै मौलिक रैथाने खोकी खोक्न सक्ने छ ।
यज्ञादि होम फगत
छद्मभेषी समेदाको कपट
डढेको चरु
मुष्ठि मुष्ठिमा मृत्यु
त्राहिखम् सुफलासन्तु आहा !
त्राहिमाम् हर मृत्युमा स्वाहा ।
–अतीत मुखिया : आदिवासी साहित्य सौन्दर्य थेअनि २०६९ ।
........................................
–खिँचि काःत ६, ओखलढुङ्गा ।

सन्दर्भ स्रोतहरु :–

–काःतिच, कोइँचबु : बाअÞशोदाइश–शो थामा लो, चुप्लु समाज, २०६५ काठमाडौं ।
–मुखिया, अतित : आदिवासी सौन्दर्यशास्त्र थेअÞनि, आजउरा प्रतिष्ठान, जाउलाखेल ।
–काःतिच, कोइँचबु : “मुक्दुम” सिर्मी बर्ष ३ अंक ३, २०६१, पृ.१३ ।
–काःतिच, कोइँचबु : “लिब्जुभुम्जु” वाम्बुले साहित्य प्रतिष्ठान, ललितपुर ।
–राई, भक्त : किरात राईमा प्रचलित लोकगीत, गरिमा २७ ; ३ ; ३१५, फागुन २०६५, पृ. १०३
–गोरखापत्र नयाँ नेपाल सुनुवार भाषाको केही अंकहरु र कोइँच बुका केही अंकहरु ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)

किताबहरु

Helping Hands

Like us on Facebook