भूकम्पका कारण मासिएको आदिवासी वास्तुकला र संरक्षणको उपाय 

शनिवार १५ श्रावण, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कोइँचबु काःतिच (उत्तम)

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल

भूकम्पका कारण मासिएको आदिवासी वास्तुकला र संरक्षणको उपाय 

    नेपाली वास्तुकला भन्ने वित्तिक्कै प्यागोडा शैलीको राजप्रसाद, मन्दिर, शिखर शैलीका मन्दिर र स्तुप वा चैत्य शैलीको वास्तुकलालाई सम्झना पुग्छौं । नेपाली शैली भनिए ता पनि विभिन्न अभिलेखको आधारमा ती शैलीहरुको इतिहास लिच्छविकालसम्मको मात्र छ । संरक्षित वास्तुकलालाई नै हेर्ने हो भने त मल्लकालदेखिको वास्तुकला मात्र देख्न पाउँछौं । खड्गाकारमा काठमाडौं, चक्राकारमा ललितपुर र त्रिपुरा सुन्दरी यन्त्राकारमा भक्तपुर र शंखाकारमा साँखु सहरको स्थापना गरिएको विभिन्न अभिलेख पाइए ता पनि आदिवासी जनजाति नेपाली वास्तुकलाको अध्ययन तथा उल्लेख कहीँ कतै पाइँदैन । र यस्ता वास्तुकलाको स्रष्टाहरुको नाम समेत कतै उल्लेख गरेको पाइँदैन । विभिन्न विद्वानहरुको फरक फरक मत रहे ता पनि नेपाली शैली भनेर गर्व गरिएको प्यागोडा, शिखर र स्तुपा शैलीको मन्दिर, चैत्य बनाउने कलाकारको रुपमा चीनमा गएर श्वेत चैत्य बनाउने नेपाली कलाकार अरनिको र इण्डोनेसियामा पुगेर हिन्दू मन्दिर बनाउने धर्मदत्त दुई वास्तु कलाकारको नाम इतिहासमा मुस्किलैले उल्लेख भएको पाइन्छ ।

विभिन्न जातजाति, भौगालिक स्थिति अनुसार आदिवासी जनजाति वास्तुकलाको विविधता पाइन्छ । तर सबै जातजाति र भौगोलिक स्थितिको प्रतिनिधि गर्ने इन्द्रेणी समाजको परिकल्पना गर्ने हो भने भूकम्प प्रभावित १४ वटा जिल्लामा आदिवासी जनजातिय वास्तुकला र कलाकारको उत्पादन गर्न जरुरी देखिन्छ । आदिवासी जनजातिविज्ञ र कार्यकर्ताहरुले यस विषयमा कतै पनि वहस गरेको र नेपाल सरकारले बनाएको पुनः निर्माण प्राधिकरणमा आदिवासी वास्तुकलाविज्ञको नियुक्तिको माग गरेको देखिदैन ।

नेपाली आदिवासी जनजाति वास्तुकला तथा कलाकार परस्त नेपाली शैक्षिक नीति भएको हुँदा हामीले हाम्रै आफ्नो घर, धारा, कुवा, चौतरा, चिहान, देवताथान, कुलघर, पाटी पौवा, गुम्बा, रोधीघर, बडघर, चुम्लु, कचहरी, अमाल, कोट, गढी, गोठ, कुखुराको कुखुरा, बाख्रा, परेवाको खोरका वारेमा वास्तुकलाको दृष्टिले सोच्ने, हेर्ने, अध्ययन मनन् गर्ने अभ्यास गर्न नसकेको कटुसत्य सबै सामु छर्लङ्ग छ । यस्तो प्राज्ञिक विषम् परिस्थितिमा नेपाली आदिवासी जनजाति वास्तुकला र कलाकारको अवस्था वारे विस्तृत अध्ययन, विश्लेषण हुने कुरा कल्पना गर्नै सकिँदैन । बरु हिजोआज भारतीय सिको गरेर विभिन्न छापा तथा विद्युय माध्यममा वास्तुशास्त्र परामर्श समेत पाउन सक्छौं । यो परामर्शले नेपाली मौलिक वास्तुकलाको संरक्षण र प्रवद्र्धन गर्दैन भन्नुहुन्छ पूर्व पुल्चोक इञ्जियरिङ क्याम्पस डा. सुदर्शनराज तिवारी । उहाँकानुसार नेपालको वास्तुकला मण्डप शैली अर्थात् वेसर (भराट) शैलीको हो जस्को कतै चर्चा गरिँदैन ।

जल्दोबल्दो समस्या

    हुन त गाउँघरमा अभैm पनि गोेठ संस्कृति छँदै छ । ओडारमा वस्ने र सानो दुई तलेसम्म अग्लो घर बनाएर बस्ने संस्कृतिको अन्त्य भने भएको छैन । यसरी घर गोठ बनाउनेक्रममा बाटो, धारा, कुवा, पाटीपौवा, चौतरो, चिहन बनाउने चलन पनि हराएको छैन । देउता थान, गुम्बा, चैत्य, मानेहरु छँदै छन् । त्यस्ता सार्वजानिकस्थलमा एक वर्षे मेला लाग्ने परम्परा छँदै छ । वास्तावमा विशुद्ध नेपाली वास्तुकला र संस्कृतिको विषयमा कुरा गर्ने हो भने आदिवासी जनजाति वास्तुकलालाई पाखा लगाएर नेपाली वास्तुकलाको चर्चा गर्नु बौद्धिक दुस्साहस मात्र हो । आधुनिक शैलीको घरले नेपाली समाज र संस्कृतिको कहिल्यै प्रतिनिधित्व गर्न सक्दैन ।  

तर दुःखको कुरा विनाशकारी भूकम्पले आदिवासी जनजाति वास्तुकला तहसनहस परेको छ । नेपाल सरकारले भूकम्प निरोधक भवन निर्माणको हौवा पिटेर नमूना खाका सार्वजानिक गरेको छ । सरकारले जारी गरेको नमूना नक्सा अनुसार बनाइने घरलाई मात्र अनुदान दिइने भन्ने हल्लाले पनि आम भूकम्प पीडितहरुले परम्परागत घर निर्माणतिर कसैले ध्यान दिएको देखिँदैन । अनिवार्यरुपमा नेपाल सरकारले जारी गरेको नमूनाघरको नक्सानुसार घर बनाउँदै जाँदा आदिवासी जनजाति वास्तुकला मासिँदै जाने बलियो सम्भावना हामी सामु उभिएको छ । समाज, आधुनिक शैलीको घर निर्माणतिर उन्मुख छ । विस्तारै स्थापित हुँदै गएको नव सहर, बजारले पनि आदिवासी जनजाति वास्तुकला मासिदै गएको छं । र, आदिवासी जनजाति वास्तुकला बनाउने कलाकारहरुको पनि अहिले अभाव हुँदै गएको छ ।

विभिन्न जातजाति, भौगालिक स्थिति अनुसार आदिवासी जनजाति वास्तुकलाको विविधता पाइन्छ । तर सबै जातजाति र भौगोलिक स्थितिको प्रतिनिधि गर्ने इन्द्रेणी समाजको परिकल्पना गर्ने हो भने भूकम्प प्रभावित १४ वटा जिल्लामा आदिवासी जनजातिय वास्तुकला र कलाकारको उत्पादन गर्न जरुरी देखिन्छ । आदिवासी जनजातिविज्ञ र कार्यकर्ताहरुले यस विषयमा कतै पनि वहस गरेको र नेपाल सरकारले बनाएको पुनः निर्माण प्राधिकरणमा आदिवासी वास्तुकलाविज्ञको नियुक्तिको माग गरेको देखिदैन ।

निश्चय पनि काठमाडौं उपत्यकाको नेवारी घरको आँखी झ्यालको विशेषतालाई ओखलढुंगाÞ–रामेछापको कोइँच (सुनुवार) को घरले लगापर्गी, चुम्लु, कोइँच चुप्लुले दिन सक्दैन । न त श्याब्रुको तामाङको घरले लम्जुङको गुरुङको गोलघरको परिचय दिन सक्छ । थारुहटको थारुको घरले सोलुखुम्बुको शेर्पाको वास्तुकला बताउँदैन । पूर्वको राई लिम्बुको घरले पस्चिमको मगरको घरलाई सम्बोधन गर्दैन । कर्णालीको क्षेत्रीको घरले झापाको धिमालको घरलाई प्रतिनिधित्व गर्दैन । विभिन्न जातजाति, भौगालिक स्थिति अनुसार आदिवासी जनजाति वास्तुकलाको विविधता पाइन्छ । तर सबै जातजाति र भौगोलिक स्थितिको प्रतिनिधि गर्ने इन्द्रेणी समाजको परिकल्पना गर्ने हो भने भूकम्प प्रभावित १४ वटा जिल्लामा आदिवासी जनजातिय वास्तुकला र कलाकारको उत्पादन गर्न जरुरी देखिन्छ । आदिवासी जनजातिविज्ञ र कार्यकर्ताहरुले यस विषयमा कतै पनि वहस गरेको र नेपाल सरकारले बनाएको पुनः निर्माण प्राधिकरणमा आदिवासी वास्तुकलाविज्ञको नियुक्तिको माग गरेको देखिदैन ।
    
र, अन्त्यमा

    नेपाली मौलिक वास्तुकला भनेको आदिवासी जनजाति वास्तुकला नै हो । समृद्ध नेपालको कल्पना गर्ने हो भने आदिवासी जनजाति वास्तुकलाको संरक्षण, संवद्र्धन, विकास र प्रवद्र्धनको अनिवार्य देखिन्छ । तै पनि सिमेन्ट, बलुवा, गिट्टी, जस्तापाताको बढ्दो देशव्यापी प्रयोगले मौलिक नेपाली लोक–परम्परागत आदिवासी जनजाति वास्तुकला र कलाकार पनि आधुनिकतातिर उन्मुख भएको देखिन्छ । नेपाली मौलिक वास्तुकला संरक्षणको लागि राज्यले चासो दिनु आवश्यक रहेको छ । जसका लागि राज्यले देहायबमोजिम केही नीतिगत परिवर्तन ल्याउनु जरुरी छ :

  • शहरी विकास परियोजनामा परम्पपरागत आदिवासी वास्तुकला निर्माणमा गर्नेलाई राज्यले अनुदानको व्यवस्था गर्नु ।
  • शैक्षिक पाठ्यक्रममा नेपाली परम्परागत आदिवासी वास्तुकलाको छुट्टै पाठको अध्ययन व्यवस्था गर्नु ।
  • पुरातत्व विभाग, नेपाल ललितकला प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जस्ता राज्यका विभिन्न निकायलाई परम्परागत आदिवासी वास्तुकला र कलाकारको अध्ययन तथा विकास र प्रवद्र्धनको लागि विशेष अनुदान दिने व्यवस्था गर्नु ।
  • स्थानीय निकायमा सरकारले आदिवासी वास्तुकला संरक्षक तथा कलाकारलाई प्रोत्साहनको व्यवस्था गर्नु ।
  • विभिन्न आदिवासी जनजाति संघसंस्थाहरुले भवन निर्माण गर्दा अनिवार्य आफ्नै आदिवासी वास्तुकला झल्किने भवन बनाउनु पर्ने व्यवस्था गर्नु र त्यस्ता लोक–परम्परागत वास्तुकलाका भवन निर्माण गर्नेलाई प्रोत्साहनको व्यवस्था गर्नु ।
  • आदिवासी वास्तुकला र कलाकारका वारेमा अध्ययन तथा अनुशन्धान गर्न चाहने विद्वान तथा विद्यार्थीहरुलाई विद्वत्तवृत्ति तथा छात्रवृत्तिको व्यवस्था गर्नु ।
  • नेपाली परम्परागत आदिवासी वास्तुकलाको वैज्ञानिक पक्षको अध्ययन गरी त्यसको धार्मिक, सामाजिक, साँस्कृतिक तथा भाषिक महत्व वारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु ।
  • पुनः निर्माण प्राधिकरणमा आदिवासी जनजाति वास्तुविज्ञको नियुक्तिको व्यवस्था गर्नु ।

Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)

किताबहरु

Helping Hands

Like us on Facebook