मनोरञ्जनसँगसँगै वहस पैरवी पनि : आदिवासी जनजाति चलचित्रको गुदि

शनिवार २९ श्रावण, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कोइँचबु काःतिच (उत्तम)

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल

मनोरञ्जनसँगसँगै वहस पैरवी पनि : आदिवासी जनजाति चलचित्रको गुदि

लिम्बुवान भूमिको सत्य कथामा आधारित उपेन्द्र सुब्बाद्वारा लिखित केवा कोक्मा (लाटो पहाड), राष्ट्रिय नाचघरमा हेरेपछि दर्शकहरु वीच दोहोरो सम्बादको ढोका खोलियो । गाई मारेको अभियोगमा जेल जानू, आफ्नै भुमिमा बाउ बाजेले रोपेको रुख काटेर च्याब्रुङ बनाउँदा जरिवाना तिर्नु, भाषाका कारण कोक्मा ठुलेको छोरा पढन नजानु जस्ता दुःखद कथालाई चलचित्रमा बुनिएको थियो । कथामा लिम्बू संस्कृति कसरी हिन्दु अतिक्रमणको सिकार बन्यो भन्ने बिम्ब देखाइएको थियो । साच्चिकै लाटो पहाडमा आदिवासी लिम्बुको कथा मात्र थिएन सबै आदिवासीको कथा थियो । 
शिक्षामा आदिवासी जनजातिको अधिकार विश्वाव्यापी नारासँग सान्दर्भिक चलचित्र केःवा कोक्माले नेपालका आदिबासी जनजातिको साझा समस्यालाई खनिखोस्री मनोरञ्जनात्मक पारामा पस्केको छ :-
१) राज्यले एकल जातिय नीति अलम्बन गरी कसरी दोस्रो दर्जाको नागरिक बनायो भन्ने यथार्थ पस्केको छ । एकल जातीय, भाषिक, धार्मिक तथा साँस्कृतिक संस्कारकोे राजनीतिले गर्दा कसरी नेपालका आम आदिवासीहरु दबिएका छन् र पहिचान खोसिएका छ भन्ने सन्देश दिएको छ ।
क) सदियौदेखि आदिवासी लिम्बुले आफ्नो वन जङ्गलको रुखबाट आफ्नो मौलिक बाजा च्याब्रुङ बनाउँदै आएको अबस्थामा लिम्बुको भूमि हरण गरेपछि च्याब्रुङ बनाउनलाई रुख काट्दा राज्यले कसरी जरिवाना गर्छ र साँस्कृतिक दमन गरेको छ भन्न कुरालाई चोटिलो पाराले पस्केको छ ।
ख) भिरबाट लडेर मरेको गाईको छालाबाट च्याब्रुङ बनाउन पनि राज्यले कसरी गाई मारेको झुठो आरोपमा जेल चलन गर्छ र परम्परागत सँस्कृति निस्तेज गर्ने काम गरेको छ भन्ने तितो सत्यलाई पस्केको छ । 
ग) बिद्यालयमा बच्चाहरु खेल्ने क्रममा लिम्बु बच्चाले बाहुन बच्चालाई लात्ती हान्दा कसरी हिन्दूधर्मका ठेकेदार बाहुन शिक्षकले बाहुनको वच्चाको संरक्षण गरेर लिम्बु बच्चालाई पढ्न लेख्नबाट बञ्चित गर्छ भन्ने कुरालाई सरल ढंगले उत्खनन् गरिएको छ ।
घ) गाई राष्ट्रिय जनावर हो, कामाधेनु माता मानेर पुज्नु पर्छ र मार्नु हुदैन । मा¥यो भने जेल सजाय भोग्नुपर्छ भनी बिद्यालयमार्फत राज्यले हिन्दू धर्मको संरक्षण गरेको छ भन्ने गम्भीर चिन्तन पोखेको छ । 

सम्भवतः अबका दिनमा आदिवासी जनजातिको खाँटी चलचित्र यस्तै बन्नुपर्छ भन्ने सन्देशका लागि नै केवा कोक्मालाई आयोजक महासंघले कार्यपत्र बनाएको हुनुपर्छ । शायद यसैले हुनसक्छ, २२औ बिश्व आदिबासीको अवसरमा लिम्बु चलचित्र केःवा कोक्मा (लाटो पहाड) देखाएर आदिवासी जनजाति चलचित्र महासंघले एक दिने आदिवासी जनजाति चलचित्र विषयक अन्तरक्रिया सम्पन्न गरेकोे छ । ।वास्तवमा आदिवासी चलचित्रभन्दै विषय नबोकेको भाषा र भेषभूषा मात्र प्रयोग गरेर उही उत्पीडक जाति र समुदायको विचार आदिवासी जनजातिमा प्रचारप्रसार गर्ने चलचित्रको हबी छ । कतिपय आदिवासी जनजाति भनिएका चलचित्रहरुमा आदिवासी जनजातिको मूल्य मान्यतालाई नै खिल्ली उडाइएको अवस्था पनि छ ।

ङ) खस भाषा इतरको भाषाका बारेमा बोल्नु हुन्न खसभाषा नै हाम्रो भाषा हो भनी मातृभाषा इतरको भाषामा बोल्नुपर्ने आम आदिवासी जनजातिको वाध्येतालाई लिम्बु भाषामा पनि पढाई हुनुपर्छ भन्दा जेल हाल्नुले आवाजविहीनहरुको आवाजलाई आम जनमानसमा बुलन्द गरेको छ ।
२) हिजो आदिवासी जनजातिको कुरा गर्दा हामी त अनादिवासी भनेर फुइँ लगाउनेहरु आजकाल हामी पनि आदिवासी हौं । हामी सबै आदिवासी भनि पहिचानको अर्थलाई तोडमोड गरी अर्कै रुपमा खोक्ने गरिएको छ । तर केवा कोक्माले त्यस्ता जालीहरुको जाली कुराको खिल्ली उडाएको छ, आदिवासी जनजातिको खाँटी पहिचान के हो त ? उनीहरुको जीवनशैली कस्तो छ त सुपाच्यरुपमा पस्केको छ ।
क) रोइरहेको बच्चालाई च्याब्रुङ धुन गुनगुनाउदै शान्त पार्नुले हाम्रा बच्चा फकाउने आफ्नै मौलिक शैली प्रस्तुत् गर्छ ।
ख) च्याब्रुङ त बजाउनै पर्छ, लिम्बुले नबजाए कस्ले बजाउछ भन्ने संवाद बोल्नुले आफ्नो धर्म, संस्कारलाई हामी आफैंले जोगाउनुपर्छ, संम्मान गर्नुपर्छ, अबलम्बन गर्नुपर्छ अरुले गरिदिदैनन भन्ने आत्मअनुभूति बोल्छ ।
ग) मेला, जात्रामा मौलिक नाच नाचेको देखाउनुमा आधुनिकतासँगै मासिँदै गएको हाम्रो संस्कृतिलाई हामी जहाँ गएनी बचाईराख्ने दायित्व हाम्रै हो भन्ने जिम्मेवारी बोध गराउँछ ।
घ) बिबाह लगायत अन्य संस्कारमा मुक्दुम फलाकेको दृश्यले मुक्दुम किराँतीहरुको पवित्र महान दर्शन हो, जसमा किराँतीहरुको जीवनशैली, जन्म, विवाह, र मृत्यु लगायत हर संस्कार निहित छ भन्ने स्वीकारोक्ति गराउँछ ।
ङ) पटक–पटक विभिन्न कारणले च्याब्रुङ फुट्दछ तर हर समस्याहरुको बाबजुद पनि आफ्नो संस्कारलाई बचाउन र अंगाल्न च्याब्रुङको लागि एक युबक अति लालायित हुन्छ । यसले आदिवासी जनजातिको निरन्तरता र लगन कति छ भन्ने प्रतिविम्ब देखाउँछ ।
च) सामुदायिक बन बनाउँदा आदिबासीको हकमा उनीहरुको संस्कारमा अनिवार्य प्रयोग हुने सामाग्रीहरुबाट कसरी बन्चित भएका छन् ? बन्यजन्तुको छाला र गाईको छालामा कानुन लाग्ने भएपछि च्याब्रुङ बनाउन समस्या आउँछ । यसले हामी आदिवासी जनजातिको संस्कार संस्कृति र भाषा हामी आफैंले होइन राज्यले जबर्जस्ती निमिट्यन्न पारेको छ भन्ने वहस पैरवी गरेको छ ।
सम्भवतः अबका दिनमा आदिवासी जनजातिको खाँटी चलचित्र यस्तै बन्नुपर्छ भन्ने सन्देशका लागि नै केवा कोक्मालाई आयोजक महासंघले कार्यपत्र बनाएको हुनुपर्छ । शायद यसैले हुनसक्छ, २२औ बिश्व आदिबासीको अवसरमा लिम्बु चलचित्र केःवा कोक्मा (लाटो पहाड) देखाएर आदिवासी जनजाति चलचित्र महासंघले एक दिने आदिवासी जनजाति चलचित्र विषयक अन्तरक्रिया सम्पन्न गरेकोे छ । ।वास्तवमा आदिवासी चलचित्रभन्दै विषय नबोकेको भाषा र भेषभूषा मात्र प्रयोग गरेर उही उत्पीडक जाति र समुदायको विचार आदिवासी जनजातिमा प्रचारप्रसार गर्ने चलचित्रको हबी छ । कतिपय आदिवासी जनजाति भनिएका चलचित्रहरुमा आदिवासी जनजातिको मूल्य मान्यतालाई नै खिल्ली उडाइएको अवस्था पनि छ ।
अमृतबहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संघिय समाजबादी फोरम नेपालका पार्टी सचिब अजम्बर काङबाङ राई, आदिबासी जनजाति बिद्यार्थी महासंघका उपाध्यक्ष जि एस गुरुङ, किरात थाक्थुङ चुम्लुङका केन्द्रिय सदस्य यार्सेली योहाङ, आदिबासी जनजाति प्रबर्धन समितिका संयोजक युबराज मास्की, थारु चलचित्र तथा साँस्कृतिक संघका उपाध्यक्ष रामलाल चौधरीले आफ्नो विचार राखेका थिए । विचार मन्थनको क्रममा चलचित्र केबा कोक्माका निर्माता तथा कलाकार समेत रहेका सांसद आईन्द्र सुन्दर नेम्वाङले आफु चलचित्रकर्मी पनि भएको हुँदा नीतिगत रुपमा आदिवासी चलचित्रको लागि के गर्न सकिन्छ आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालले अन्तरक्रियालाई सम्बोधन गर्दै भने, आदिबासी जनजातिका पहिचान प्रबद्र्घन तथा साँस्कृतिक आदनप्रदान गर्न आदिबासी चलचित्रले उल्लेखनिय भुमिका निर्बाह गरेको छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)

किताबहरु

Helping Hands

Like us on Facebook