मृतात्मालाई स्वर्गका ढोका खोल्न गाईजात्रा

शुक्रवार ०३ भाद्र, २०७३   |   गाईजात्रा

Print This   |   Font Size + -

मृतात्मालाई स्वर्गका ढोका खोल्न गाईजात्रा

गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । नेवार समुदायमा मृतात्माको शान्तिको कामनाको लागि हास्यव्यङ्ग्य र ख्यालठट्टासहित धुमधामका साथ गाईजात्रा मनाइन्छ । विधिवत् रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यसमेत प्रदर्शन गरिए पनि लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने केही इतिहासविदको भनाइ रहेको छ ।
भक्तपुरको सुकुलढोकास्थित नाट्येश्वरी मन्दिरमा गुठी संस्थानबाट सरकारी रुपमा पूजा गरिने गाईजात्रा जनै पूर्णिमाको साँझदेखि शुरु भई कृष्णाष्टमीमा सम्पन्न हन्छ ।

राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यसमेत प्रदर्शन गरिए पनि लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने केही इतिहासविदको भनाइ रहेको छ ।

अन्य ठाउँका गाईजात्राभन्दा भिन्न र मौलिक शैलीको मुख्य आकर्षण भनेको धाँ बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचिने घिन्ताङघिसी नाच हो । हरियो करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने साथै मृतकको तस्बिरसमेत राखेर छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तस्वीरले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको हो भनेर स्पष्ट हुने गर्दछ । तहामचालाई नगर परिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढो अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।

भक्तपुरकै तालाकोस्थित कुमालेले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । आफ्नै मौलिक पुख्र्यौली पेसा अन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराउने गरेको संस्कृतिकर्मीहरुको भनाइ रहेको छ । गाईजात्रामा गाई तानेर मृतकको स्मृति झल्काउने करुणा रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ । बिहान सबेरै कुखुरा नबास्दै भक्तपुर तलेजु मन्दिरबाट तलेजुको तहामचा बनाई नगर परिक्रमा गरेपछि मात्र सर्वसाधारणका मृतकको नाममा गाईजात्रा निकालिन्छ । गाईजात्राको अवसरमा भक्तपुरमा माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं लगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । मध्यपुर थिमिमा लाय्कु भैल, महाकाली प्याखः, बोडेमा नीलबाराही नाचसमेत प्रदर्शन गरिन्छ । केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा शृङ्गार गरी बाजागाजाका साथ बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ ।
 


Conversations
Total Comments:

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook