किरातीहरुको पवित्र मन्त्र साङ : अध्ययनको खाँचो

आईतवार १२ भाद्र, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कोइँचबु काःतिच (उत्तम)

कोइँचबु काःतिच (उत्तम)

ओखलढुङगा, नेपाल

किरातीहरुको पवित्र मन्त्र साङ : अध्ययनको खाँचो

साङ साङ साङ... मन्त्र तीन पटक वाचन गरेपछि कुनै पनि साँस्कृतिक संस्कार वा शुभकार्यको शुरूआत गरिन्छ कोइँच संस्कृतिमा । कसैले साङ मन्त्रमा हाम–सो जोडेर साङ–सो पनि भन्छन् । सुनपाति, तीतेपाति, धुपी, नौनी घिउ मिसाएर बनाइएको धुप आगोमा होमेर साङ मन्त्राको उच्चारण गरिन्छ । पवित्र धुपको सुगन्धले सर्वव्यापी परमात्मा लगायतका प्रकृतिदेव तथा पितृहरूलाई प्रसन्न बनाउँने विश्वास किरात मात्र होइन बौद्ध तथा हिन्दू धर्ममा पनि छ । साङ शब्दलाई पवित्रताको प्रतीक मानिन्छ । नाअÞसोहरुले सङ सङ सङ मन्त्रोच्चारण गर्दै सुरूमा आगोका मालिक चुप्लुहोपो अग्निदेवको पुकार गर्छन् । चुप्लुहोपोपछि व्रmमश दुप्लुहोपो, थोलोहोपो, सरिङहोपो, बरिङहोपो लगायतका सबै मुइलिहरू लगायत फुसुहोपो, मुसोहोपो, लङ्गालो पिङ्गालो घरका मुख्य स्थान, पूर्खाहरू, आदिपूर्खाहरू, कुलकुटुम्वेरीको पूर्खासमेतलाई पुकारिन्छ र सेवलगवल गर्दै, कतै पुकार गर्न गल्ती भए क्षमायाचना माग्दै शुभफापोको कामना गरिन्छ । 
    “आइन् के.से.से.देन्नो के.साङ्साङ् मिराःक्को कन कुसङ् चा कुसङ् पोगु फिन्दुमवारो ओ?रूम्वा रो ।। साङ् सोलो छाङ् छोलो निङबाफुमा छाङ्छोलो ।। के मिङ् सेसे पोःङनिमोओ ।। केमिङ् साङ् साङ् साङ् पोङरोलो ।।” 
(अब आज तपाईका नाममा पवित्र आगोमा यो नया पाकेको अन्नको न्वागि चढाउदै छौं । पवित्र होस पवित्र होस । परमात्मा पवित्र होस । तपाइको नाउ पवित्र होस । तपाईको नाउ पवित्र होस ।)
नया अन्नबाली पाकेपश्चात सबै किरातीहरुले प्रकृतिदेब तथा पितृदेबलाई नचडाइ खान हुन्न भन्ने मान्यता पाइन्छ । यहाँ न्वागी पूजा गर्दा साङ मन्त्रको प्रयोग लिम्बू किरातीमा कसरी गरिएको छ भन्ने एक उदाहरण मात्र हो ।
यसरी नै सुत्केरी चोखाउदा, बिबाह गर्दा, खाने पिउने बेलाको प्रार्थना लगाएत अन्य प्रार्थनामा समेत लिम्बुहरुले साङ मन्त्रको प्रयोग भएको पाइन्छ । 
ओ... सेसेमाङ साङ्साङ्माङ् तागेरामाङ्
हिङ्गत् केजोःक्मा निङ्वाभुमाङ्
सिवादाङ्मा सिक्कुम् निङ्वा माङ्ङे
निङ्वा आबिरो ।।
(...सर्वत्र पवित्र, सृष्टिकर्ता तथा संहारक भगवान, सद्बुद्धि देऊ) 

    राई किरातीहरुमा पनि साङ मन्त्रको प्रयोग नभएको कुनै पनि मन्त्र पाइन्न । वान्तवा भाषामा आङ्कालो साङ् ओ साङ् अगेना स्थापाना गर्दा वाचन गरिने मुन्धुम मन्त्र, “ओने आःसामा खेःरामा कुइयामा माइयामा... साङ् साङ् ताःयुङिचान् ओची चालुक चुम्माओ” चोखा मन्साउँदाको मन्त्र, ओने सकुदिपाचेय अङ सप्तुलुङ... आसावा साङ सङ तः मुङियान्अ ा
    वाहिङ किरातीमा आएर यो साङ मन्त्र कतै सिंसिया र कतै सई ह मा परिणत भएको पाइन्छ । मन्त्र जेजस्ता रुपमा परिवर्तन भए तापनि अर्थ भने पवित्र नै भएको पाइन्छ । ट्याक ट्याकको पूजा गर्दा कर्दले हसियामाथि ट्याक ट्याक हिर्काउँदै मुन्धुम वाचन गर्दा साङ शब्दकै अपभ्रंशितरूप वाचन गरिन्छ :
    “सिंसिया र... सिंसिया तोङमा मिउया खराला तोङमा वावला तोङमा कुयामा तोङमा मायामा तोङमा... वेल्जाकु फोराकु दी पप्खिाकुल्मा खामाकेल्मा दा पिरूले प्रमुले द तिम्मा सोडया सि सि सि या तोङमा मि यामिने तिम्मा यामिने... सिसिसि ।। 

बिभिन्न किरात मुक्दुमविधहरुका अनुसार ताइतिप/तेअ्सलु/तेसलुङ हिमाल पारी तिब्बतमा रहेको कैलाश पर्वत भएको बताउछन । बुल्सो थुल्चा बिधिको सुरुमै एकमाना चामलको चोखो भात पकाएर तोर्मा बनाइन्छ जसलाई क्योक्योतोर्म भनिन्छ र यो तोर्मा बुल्सोखिको भुइतलामा राखिन्छ । मृतआत्मा जाने बाटोको रुपमा यो तोर्मा ताइतिप तेसलुकै प्रतिकका रुपमा निर्माण गरिन्छ । कैलाश पर्वतलाई प्रचिन तिब्बति भाषामा पवित्र तिसे पर्वत Mt. Tise उल्लेख भएको पाइन्छ । यसरी नै तिब्बतलाई प्राचिन तिब्बति भाषामा साङग्रिला (Shangrila) भनिने गरिन्छ । साङग्रिलाको अर्थ सुवासयुक्त धुपीहरुको दिव्य सुवासले युक्त टाढाको मनोहर सुन्दर स्थल मानिएको छ । यो साङग्रिला शव्दसंग कोइच मेग्यो मुक्दुममा उल्लेख “साङदेन” र याक्थुङ मुन्धुमको “साङग्राम पेदङ्मा” सँग निकै निकट रहे भएको पाइन्छ ।


    जिरेल किरातीमा कुलदेव पितृहरूको पूजामा पूर्खाको उत्पत्तिस्थल सिमरौगढदेखि पूजास्थलसम्मको बाटोमा पर्ने ठाउगाउको सिमाना फलाक्दै वास राख्दै पूजास्थलसम्म ल्याउनुपर्दछ । यसका निम्ति छ्याङ, जाङ्गलि (पवित्र जल) चढाएर साङधुप पोलेर साङ्सो भन्दै ढ्याङ्ग्रो बजाएर पूजा थालिन्छ ।
उल्लेखित विभिन्न किरात समुदायमा आपनाइने पूजा विधिमा मुक्दुमी मन्त्र वाचनको थालनी सङ÷ साङ, सई ह, शब्दबाटै भएको तथा समापन समेत साङ/सोया/सो, सि सि सि/हः जस्ता मन्त्रहरूबाट गरिएको पाइएको छ । सबै किरातीले आगोलाई पवित्र शक्तिको रुपमा मानेर अगेना पूजेको देखिन्छ ।  
लिम्बु किरातीमा स्व. इमानसिंह चेम्जोङको किरात बेद (किरात मुन्धुम)मा उल्लेखित ओम शव्दको खण्डन गरिएको किरात याक्थुङ चुम्लुङको भनाईलाई यहा हुबहु उद्धृत गर्न उपयुक्त होला– महागुरु फाल्गुनन्द लिङदेनले हिन्दुधर्मका जसमुनि सम्प्रदायको प्रभावमा परी सम्वत् १९८० (सन१९२३) ताका सत्यहाङमा पन्थको स्थापना गर्नुभएपछि सत्यहाङमा पन्थिहरु मध्य पनि कसैले ओम र कसैले ओत शव्दको खुबै प्रयोग गरेको देखिन्छ । मौलिक मुन्धुममा आधारित सनातनबादी किरात धर्मसंस्कार अन्तरगत हाम्रा साम्बा, येबा÷येमा र फेदाङमाहरुले मुन्धुम वाचन गर्दा ओम÷ओत उच्चारण गरिएको कहिल्यै सुनिएन र सुनिदैन पनि । अत यस किरात मुन्धुम पुस्तकमा प्रयोग गरिने गरिएको ओम÷ओत हाम्रो मौलिक शव्द हुदै होइन र संस्कृतबाट लिइएका शव्द हुन् । 
    
विभिन्न किरातीका कुलपुरोहितहरुलाई आ–आफ्नै भाषामा सम्बोधन गरिएको पाइन्छ । कोइँच किरातीमा पोइबो, ग्यामि, नाअ्सो, याक्थुङमा साम्बा, येबा/येमा, फेदङमा, राईमा नाक्सो, नोक्सो, नाक्चो, नोबो, होमे, बिजुवा आदि । यसैगरी याक्खाले माङ्हाङ्मा, छाम्बा, जिरेलले नाक्सुम, पोन्बो, थामीले बोन्बो, हायुले फोचो, सुरेलले नाक्सो, पोइबो, ग्या/“मि  भनेको पाइन्छ । कोइँच चलनचल्तिको भाषामा पोइबो भनिए ता पनि मुक्दुमी भाषामा ब्रापोइबो भनिन्छ । ब्रापोइबो दुई किसिमको उल्लेख छ 

१.इगि ब्रापाइबो– यो इगिकै अवतारका रुपमा मानिसहरुलाई पोइब बिद्या सिकाउन बन जङ्गल, भीर 
  पहराका ओडारमा लैजान्छ जस्लाई बनदेब पनि भन्छि ।
२.नरु ब्रापोइबो– इगि ब्रापोइबोबाट बिद्या आर्जन गरेका व्यक्तिलाई नरु ब्रापोइबो भनिन्छ । 
 नरु ब्रापोइबो पनि दुई प्रकारका हुन्छन (क) आयानरु, सम्पूर्ण मुक्दुमि कर्मकाण्ड 
 गर्नसक्ने व्यक्ति र (ख) क्योहो नरु साधारण झारफुक बैदङगि मात्र गर्ने व्यक्ति ।
    उपरोक्त मुक्दुमि व्यक्तिहरु सबैले नै प्रायः सङ/साङ मन्त्रको गर्ने गर्दाछन् । यसरी अधिकांश किरातहरुमा सङ÷साङ–सो मन्त्रको प्रयोग कहिलेदेखि कसरी सुरु भयो तथा पितृ एवं प्रकृति पुजाका हरेक कर्मकाण्डमा कसरी अविछिन्न रहिआयो भन्ने कुरा एक खोजको बिषय देखिन्छ । ब्रापोइ“बो, पोन्बो, बोन्बो शव्दहरु प्राचिन बोन सभ्यताबाट प्रचलनमा आएको पाइन्छ जसलाई अनुसन्धानकर्ताहरुले shamanism (A symbiosis of Animism, Nature worship, sorcery, magic and  shamanism)का रुपमा अर्थाइएको पाइन्छ । यो shamanism नै सर्वप्राचिन बोन सभ्यता, बोन धर्मका रुपमा परिणत हुनु अगाडीको सभ्यता मानिन्छ । यो बोन सभ्यता इसापूर्व हजारौं बर्ष पहिले नै ट्रान्ससाइबेरियनको बाटोबात मध्य एसियाहुदै प्राचिन श्बलनशजगलन राज्य Zangzhung मा आएर बोन धर्मको रुपमा परिणत भएको थियो । यसैले साबिक Zangzhung लाईनै बोन धर्मको जन्म थलो मानिन्छ । बोन शव्दलाई प्राचिन कालदेखि नै Way या life का रुपमा लिइदै आएको पाइन्छ । यही प्राचिन सभ्यतालाई धर्मका रुपमा पालना गरिएको बोन धर्म पनि इसाको आठौ सताव्दी ताका भारतबाट नेपाल हुँदै तिब्बत पसेको बुद्ध धर्मले अतिक्रमण गरेको पाइन्छ ।
    यसरी प्राचिन बोन सभ्यतादेखि नै प्रकृति पुजक पोइबो, नाअ्सो, फेदङवा, फोचो, फोम्बो, पोन्बो, बोन्बो आदिहरुद्वारा अवछिन्न रुपले प्रयोग गरिआएको सङ/साङ मन्त्रको प्राचिन प्रयोगबारे खोजिन आवश्यक देखिन्छ । प्राय सबैजसो किरात समुदायमा सङ÷साङ मन्त्रका रुपमा पवित्र वा पवित्र देवस्थानका सन्दर्भमा प्रयोग भईआएको पाइन्छ । बोन सभ्यताकै अनुकरण गरेर पछिल्ला समयमा तिब्बति बोन धर्मालम्विहरुले प्राचिन Zangzhung भाषामा supper mother goddess पवित्र शक्तिशाली देवी Yum लाई Sa trig er sang सम्बोधन गरिन्थ्यो जसलाई पर्कभएर्नले गरेको अनुवाद अनुसार Satrig को अर्थ बुद्धिमत्ता र sang को अर्थ शुद्ध पवित्र purification लगाएको पाइन्छ । यसरी नै उत्पतीकालका श्रेष्ठ देबताका रुपमा साङपो भुन्त्री Lord Of Procreation, Sangpo Buntri सम्बोधन गरिएको पाइन्छ । कोइँच मुक्दुममा उल्लेख भए अनुसार Sangpo Buntri पर्यावाची देब दुमाहोपोको आरधनामा पनि साङ मन्त्रको प्रयोग गरिएको पाइन्छ ।
याक्थुङ मुन्धुम अनुसार तागेरा निङ्वफुमा बस्ने पवित्रलोकलाई पनि साङग्राम पेदङ्मा भनिएको पाइन्छ । यो साङग्राम पेदङ्मा लाई चन्द्र, सूर्य र ताराहरु नभएर पनि उज्यालो, रमणीय, पवित्र, देवदेवी बस्ने र आत्माहरु जाने अन्तिम स्थनका रुपमा लिइएको छ । यसरी नै कोइ“च मेग्यो मुक्दुम अनुसार मृत्यु संस्कारको कर्मकाण्ड गर्दा मृतआत्मा जाने बाटोका रुपमा मुक्दुमको सारा उठाउदा सेसेन्दुदेखि सुनागुम्बा/साङदेन(म) गुम्बासम्मको वर्णन गरिन्छ । यो वर्णनले कोइचको पुर्खौली बसाई सराईलाई पनि इङ्गित गरेको आभाश हुन्छ । कुनै पनि कोइच मर्दा कोइच मुक्दुमी बिधिले काजकृया गर्दा मृतआत्मालाई पाल्ने चलन छ जसलाई बुल्सो थुल्चा भनिन्छ । बुल्सो थुल्चा क्रममा मृतआत्मालाई देश परदेश घुम्न पठाउने कार्य गरिन्छ जुन कार्य अन्तरगत मृतआत्मा आफनो पुर्खाहरु बसाइसराइ गरेर आएका ठाउहरुमा पुग्ने बिस्वास गरिन्छ । मृत्युसंस्कारको अन्तिम कार्य हो मृतआत्माको बिदाई जसलाई हुग्रोसुचा भनिन्छ यो बिधी अन्तरगत मृतआत्मालाई स्वर्गको बाटो साङलाँ लगाइन्छ । यो विधीमा मृतआत्मा पोइ“बो÷ग्यामिहरुको आङमा चढेर बक्दा बिभिन्न पाहड पर्बत खोलानाला तरेको, गौडागल्फा नघेको, दुङदुङ पुखि होल्मा पु“खि दुल्मा पुखि जस्ता ओडारहरुमा बास बसेको, लासा गुम्बा, चेवर गुम्बाहरु नाघेर बुश्यरोङगुमा पुगेको बताउँछ । बुश्यरोङगु (सेतो पहरा) पुगेको बताएपछि वाचेर (अन्नका विऊहरु) छरेर दाहारे गौंडा पुगेको बताउँछ । मुक्दुमविधहरुका अनुसार यो दाहारेगौंडा नै तेसलुको आधार शिविर हो, जुन शिविरबाट मृतआत्मालाई साङदेन(म)÷सुनागुम्बाका लागि अन्तिम बिदाई गरिन्छ । बिभिन्न किरात मुक्दुमविधहरुका अनुसार ताइतिप/तेअ्सलु/तेसलुङ हिमाल पारी तिब्बतमा रहेको कैलाश पर्वत भएको बताउछन । बुल्सो थुल्चा बिधिको सुरुमै एकमाना चामलको चोखो भात पकाएर तोर्मा बनाइन्छ जसलाई क्योक्योतोर्म भनिन्छ र यो तोर्मा बुल्सोखिको भुइतलामा राखिन्छ । मृतआत्मा जाने बाटोको रुपमा यो तोर्मा ताइतिप तेसलुकै प्रतिकका रुपमा निर्माण गरिन्छ । कैलाश पर्वतलाई प्रचिन तिब्बति भाषामा पवित्र तिसे पर्वत Mt. Tise उल्लेख भएको पाइन्छ । यसरी नै तिब्बतलाई प्राचिन तिब्बति भाषामा साङग्रिला (Shangrila) भनिने गरिन्छ । साङग्रिलाको अर्थ सुवासयुक्त धुपीहरुको दिव्य सुवासले युक्त टाढाको मनोहर सुन्दर स्थल मानिएको छ । यो साङग्रिला शव्दसंग कोइच मेग्यो मुक्दुममा उल्लेख “साङदेन” र याक्थुङ मुन्धुमको “साङग्राम पेदङ्मा” सँग निकै निकट रहे भएको पाइन्छ । तीनवटै भाषामा साङ उपसर्गका रुपमा प्रयोग भएको पाइन्छ र तीनबटै शव्दको अर्थ पनि पवित्र स्थानसंग सम्वन्धित भएको देखिन्छ । यसले पनि यही प्रमाणित गर्छ कि, किरात मुक्दुम÷मुन्धुमको सङ÷साङ सभ्यता सर्वप्राचिन मानव सभ्यताकै एक हागाका रुपमा ओम (ॐ) सभ्यता भन्दा पनि प्राचिन स्वरुपमा आज पनि नेपालका आदिवासी किरात समुदायमा जिवित रहेको पाइन्छ । आदिवासी जनजातिहरु पनि आफ्नो संस्कार संस्कृतिको अभिलेखनमा जुटीरहेका छन् । यसैले अब किरात धर्मावलम्बीहरुको पवित्र मन्त्र साङ सम्बन्धि पनि गहन अध्ययनको खाँचो देखिन्छ । जसले किरातीको आदि इतिहासको जरो भेट्टाउने प्रबल सम्भावना देखिन्छ ।
–काःत, चुप्लु (हाल : काठमाडौं


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कोइँचबु काःतिच (उत्तम)

किताबहरु

Helping Hands

Like us on Facebook