गोरेबहादुरले लगाउने टीका अमर

सोमबार १३ भाद्र, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

गोरेबहादुरले लगाउने टीका अमर

गोरेबहादुर खपाङ्गी हामीबीच रहेनन् । झन्डै तीन बर्ष अगाडि मोटरसाइकल दुर्घटनाको शिकार भएका खपाङगीको चोला भदौ ११ को आधारातमा सदाको लागि अन्त्य भयो । माक्र्सबाद र लेनिनबादको वैचारिक धरातलबाट राजनीतिक फाँटमा प्रवेश गरेका खपाङ्गीको सिंगो जिवन बिबादको चौघेरामा बित्यो । उनले जिवनभर माक्र्सबादलाई आफनो जिवनदर्शन भन्न छुटाएनन्, तर बामपन्थी राजनीतिका ठेकेदारहरुले उनले भन्ने गरेको तर्कलाई माक्र्सबादको दर्जा दिन सधै इन्कार गरिरहे ।

अहिले राजनीतिक बजारमा देखिएका आदिवासी जनजाति अभियन्ताहरु उनकै उत्पादन हुन् । चाहे गोपाल किराँती हुन् वा कुमार लिगंदेन, जनमुक्ति पाटीकै उत्पादन हुन् ।

उनले राज्यका हरेक अंगमा जातीय जनसंख्याको समानुपातिक प्रतिनिधित्व, संघीयता र धर्म निरपेक्षताको कुरा उठाईरहे । तर बिडम्बना के भईदियो भने यही मुद्धा अरुहरुले उठाउँदा माक्र्सबादसंगत हुने र खपाङ्गीहरुले भन्दा साम्प्रदायिक हुने अवस्था सिर्जना भई रह्यो । जस्को परिणाम थियो, राष्टिय जनमुक्ति पार्टीको अभ्युदय र शाही शाषनमा उनको प्रबेश ।

अहिले राजनीतिक बजारमा देखिएका आदिवासी जनजाति अभियन्ताहरु उनकै उत्पादन हुन् । चाहे गोपाल किराँती हुन् वा कुमार लिगंदेन, जनमुक्ति पाटीकै उत्पादन हुन् ।

खपाङ्गी लामो समय सम्म जनमुक्ति पार्टीको महासचिब भए । गणितीय आधारमा त जनमुक्ति पार्टीले खासै प्रगति गरेको देखिएन, तर बैचारिक आधार तय गर्न भने सफल भएको मानिन्छ । यसका भाष्यकार थिए उनै गोरेबहादुर ।

अहिले राजनीतिक बजारमा देखिएका आदिवासी जनजाति अभियन्ताहरु उनकै उत्पादन हुन् । चाहे गोपाल किराँती हुन् वा कुमार लिगंदेन, जनमुक्ति पाटीकै उत्पादन हुन् । अझ नेपाल मगर संघको नाताले नेपालमा ठूलो जनसंख्या रहेका आदिवासी मगर समुदायमा उनैले बिद्रोहको गूरुमन्त्र सिकाएका हुन् । राम बहादुर थापा बादल देखि अनन्तसम्मलाई यसकोे जोड घटाउ बढी थाहा होला । जे होस् नेपाली राजनीतिमा पहिचानको आवाज जसरी मुखरित भईरहेको छ, यसको बिजारोपण खपाङ्गीकै योगदानको हिसाव गर्दा फरक पर्दैन ।

खपाङ्गीको सिंगो राजनीतिक जीवनमा ‘दशैको टीका’ बहुचर्चित परिघटना हो । हरेक बर्ष दशैं आउन अगाडि खपाङ्गीको ‘दशै अन्तर्बार्ता’ पत्रपत्रिकाका लागि बिकाऊ सामाग्री हुने गर्दथ्यो । उनले जीवनभर दशैं आदिवासीको मौलिक पर्ब होइन भन्ने वकालत गरिरहे । तर उनले अरुले दशै मनाउँदा कतै आपत्ती प्रकट गरेका थिएनन् । यसका पछाडि आदिवासी आन्दोलन भित्रको पहिचानजनित दर्शन लुकेको थियो । तर नेपाली समाजका लाल बुझक्कड्हरले खपाङ्गीलाई दशै बिरोधीको टीका लगाई दिए । जो आज पर्यन्त खपाङ्गीको पहिचान बनेर बसेको छ ।

खपाङ्गीको सिंगो राजनीतिक जीवनमा ‘दशैको टीका’ बहुचर्चित परिघटना हो । हरेक बर्ष दशैं आउन अगाडि खपाङ्गीको ‘दशै अन्तर्बार्ता’ पत्रपत्रिकाका लागि बिकाऊ सामाग्री हुने गर्दथ्यो ।

पातलो होचिमिन्ह स्टायलको दाह्री भएको अग्लो कदको मान्छे भनेर मात्र गोरेबहादुर खपाङ्गीको परिचयले पूर्णता पाउँदेन । जातीय विभेदबिरुद्ध समानता र समताका लागि पहिचान खोसेका आदिवासीहरुलाई व्युँझाउने जुन यत्न गरे त्यसैमा खपाङ्गीको परिचय अन्तरनिहित रहेको छ । उनी सधै हामीलाई भन्ने गर्दथे,‘जवसम्म यो देशका आदिवासीहरु चिरनिन्द्राबाट उठ्न सक्दैनन्, तवसम्म देशको लोकतन्त्र पनि दीगो हुन सक्दैन ।’ यसो भनेर चिर निन्द्राबाट व्युँझाउन खोज्ने तिनै आदिवासी अभियन्ता खपाङ्गी चिरनिन्द्रामा परेका छन् ।मेरो लामो संगतका आधारमा खपाङ्गी आफैमा न त बाहुन बिरोधी थिए, न त दशै बिरोधी थिए । उनले त सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाएका थिए । बर्षौदेखिको थिचोमिचो र दलन मलनमा बाँच्न अभ्यस्त भएका आदिवासी जनजातिहरुलाई आफ्नो पहिचान र परिबेशलाई सम्झन आह्वान गरेका थिए । यो आह्वान आफैमा आज राष्ट्रिय बहसको बिषयबस्तु भएको छ,, यो नै खपाङ्गीले जीवनभर कमाएको पुजी हो, जो आउने पिडीले बोकेर लैजाने छ ।

अब गोरे बहादुर खपाङ्गीलाई कसैले अमर रहुन भनेर नारा लगाई रहन पर्दैन । किन भने उनी आफै अमर रहेका छन् । उनले मन्त्री भएर कसैलाई जागीर लगाई दिएनन्, आर्थिक सहायताका नाममा गोजी खर्च कसैलाई बाँडेनन्, कसैको मन दुखाएर आफनो भलाई कहिले पनि सोचेनन्, तर जति सोचे समुदायका लागि, सिंगो राष्ट्रका लागि । यस्ता सपुत नै बास्तवमा राष्ट्रवादी नेपाल आमाका सन्तान हुन् । उनलाई धेरै धेरै श्रद्धान्जली ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook