उराँवहरु करम पूजा मनाउनमा बेस्त

सोमबार २७ भाद्र, २०७३   |   करम पूजा

Print This   |   Font Size + -

उराँवहरु करम पूजा मनाउनमा बेस्त

वेचन उराँव

मूलतः पूर्वी तराईमा बसोबास गर्ने भूमिपुत्र उराँवहरु अहिले उनीहरुको मुख्य चाड करम पूजा मनाउनमा बेस्त छन् । यो पर्व नेपालमा झापा, मोरङ्ग, सुनसरी, सिरहा, बारा, पर्सा, धनुषा जिल्लामा रहेका उराँवहरुले मनाउने गरेका पाईन्छ । पहिले यो चाड भाद्र शुक्ल एकादशीको दिन मनाइन्थ्यो । आजभोलि भाद्र पूर्णिमाको दिन करम पूजा मनाइन्छ । यो दिन मनाउने करम पूजालाई “राजी करम” भनिन्छ । यस दिनदेखि उराँवहरुका बस्तीमा करम पूजा शुरु भएको मानिन्छ र दशैंको टिका सम्म करम पूजा धुमधाम र उमंगका साथ मनाउने गर्दछन् । भाद्र पूर्णिमा आउनु एक हप्ता अगाडी जमरा राख्छन् ।  जमराका लागि समाजमा बैठक बसिन्छ । करम पूजा गर्नका लागि दिन तोकिन्छ । सोही दिन देखि त्यो गाँउमा करम पूजाको रौनक आउछ । करम पूजा गर्नका लागि सबैको घरमा जमरा राखिन्छ ।

यो कार्यलाई यिनीहरु “जवा खÞोप्पना ” भन्दछन् । यो दिन करम गाड्ने व्याक्ति जसलाई यिनीहरु “ नेंग” भन्दछन् । उसले गाँउलेहरुलाई जमरा राख्ने दिनमा आफ्नो घरमा बोलाउछ । गाँउका हरेक घरबाट बालुवामय माटो ल्याउन  मादल, नगरा बजाउदै र नाच्दै नदि किनार लैजान्छ । त्यहाँ माटो ल्याउनु अगाडी धरती माताको पूजा गरिन्छ । र नदि किनारको शुद्घ माटो नेंगको घरमा ल्याइन्छ । घरको आँगनमा चौका बनाइन्छ । चौकामा दियो बत्ती, धुप आदि बालिन्छ । नदि किनारबाट ल्याएको माटो चौकामा राखिन्छ । माटोमा मकै, जौं, तिल, धान आदि सात किसिमका अन्न मिसाएर जमरा राखिन्छ । ती अन्न मिसाएको माटो गाँउका हरेक घरमा । राख्नका लागि दिइन्छ । सबैले ती जमरालाई शुद्घ नयाँ माटोको भाडोमा शुद्घ ठाँउमा राख्ने गर्दछन् । दिनहु जस्तो त्यो जमरामा पानीमा बेसार मिसाएर छर्कन्छन् । यसो गर्नाले जमरा राम्रो र आर्कषक बन्छ भन्ने यिनीहरुको जनविश्वास रहेको पाईन्छ । र यिनीहरु करम पूजाको दिन यो जमरालाई लिएर अखड़ा अर्थात करम पूजा हुने ठाँउमा राख्ने गर्दछन् ।  

करम पूजा उल्ला 

करम पूजाको दिनलाई यिनीहरु “करम पूजा उल्ला” भन्दछन् । यस दिन यिनीहरु सबैले आफ्नो घर आँगन लिपपोत गरी सफासुग्घर गर्दछन् । यो दिन बिहानै देखि घर आँगन र अखड़ामा मादल, नगरा तथा झमटा बजाइन्छ । गीत गाईन्छ । यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु  र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् । पुरुषहरुको टोली बाजा–गाजा सहित करम रुखको हाँगा काट्न जान्छन् । महिलाहरु टोली पनि बाजा–गाजा सहित कक्रो (गंगटो) फूल टिप्न जान्छन् । पुरुषहरुको टोलमिा उपवास भएका तीन कुमार हुन्छन् । भने महिलाहरुको टोलीमा पनि तीन जना उपवास बसेका कन्या हुन्छन् ।

यो दिन भाद्र पूर्णिमाको दिन भएकोले तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु  र महिलाहरु अखड़ामा जम्मा हुन्छन् । गीत गाँउछन् र नाच्छन् ।

पुरुषहरु करम रुखको तीन वटा  हाँगा काटी ती कुमार केटाहरुले ल्याउँछन् । भने केटीहरुले कक्रो पूmल ल्याउँछन् । महिला र पुरुष फेरी अखड़ामा जम्मा हुन्छन् । एकछिन नाच्छन, गाँउछन् । गीतको दोहोरी चल्छ । त्यसपछि नेग जो करम गाड्छ उसले ती तीनवटै करम हाँगालाई आफ्नो छानामा राख्छ । सबै आफ्नो इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खान्छन् । खाना पश्चात् उनीहरु अखड़ामा जम्मा हुन्छन् । नेगले  अखड़ामा करम गाड्छ । करम अगाडी दीयो र अगरवत्ती बाल्छन् । हरेक घरका आइमाईहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्नका लागि आउछन् । नेंगले करमको पूजा अचर्ना गर्छ ।

करम बाबा को पूजा गराउने र कथा श्रवण गराउने व्याक्तिलाई यिनीहरु “अखड़ा जगउ” भनेर यिनीहरु भन्ने गरेका हुन्छन् । यो कार्य गाँउको सबैभन्दा बुढो व्याक्तिले गर्ने गरेको पाईनछ । घर घरका महिलाहरु अखड़ामा जम्मा हुन्छन । यिनीहरुको समाजमा करम पूजा सबैले एकैचोटी नै गर्ने गरेको पाउछौं । यिनीहरु करमको पूजा गर्नु अगाडी करमलाई तीन पटक घुम्छन् । करम बाबालाई यिनीहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानी चढाँउछन् । यो कार्य  करम बाबाको पूजा गर्दछन् । अखड़ा रुग्र्ने बूढो पूजारीले करम पूजा र करम बाबाको महिमा बारेमा कथा श्रवण गर्छ । कथा सुन्दै महिला र पुरुष पूजा गर्छन् । बाजा–गाजा सहित करमलाई तीनपल्ट परिक्रमा गर्छन् । केटा–केटी, महिला र पुरुषसँग मिलेर रातभर बाजागाजा सहित रातभर नाच्छन् । गाउँछन्  यो कार्य रातदेखि बिहान करिब १० बजे सम्म चल्छ । 

यो पूजा उनीहरु खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्छन् । कोही भन्छन् वन–जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले यो रुखको पूजा गर्छन् ।                                    

उराँव महिलाका लोग्ने मान्छेहरु कमाउनलाई बाहिर जाँदा उनीहरु धेरै वर्षसम्म फर्किएनन् । नफर्केपछि उनीहरुका महिलाहरुले करमको पूजा अर्चना गरेपछि उनीहरुको आफ्नो घरतिर ध्यान खुल्यो र घर फर्के ।

कोही भन्छन्– उराँव राज्यमा अकाल प¥यो । अन्नवाली नउब्जेपछि यिनै रुखको धार्मिक रित अनुसार पूजा गरेपछि धन धान्यले सम्पन्न भयो । कोही भन्छन्– उराँव महिलाका लोग्ने मान्छेहरु कमाउनलाई बाहिर जाँदा उनीहरु धेरै वर्षसम्म फर्किएनन् । नफर्केपछि उनीहरुका महिलाहरुले करमको पूजा अर्चना गरेपछि उनीहरुको आफ्नो घरतिर ध्यान खुल्यो र घर फर्के । यिनीहरुका अनुसार रोहतास लुटिएपछि छोटा नागपुरको जंगलमा आएर करमको रुखमुनि बसी ज्यान जोगाएकाले करम रुखको हाँगा पूजा गरी चाड मनाउन थालिएको हो भनेर पनि यिनीहरु भन्ने गरेका पाइन्छ । 

करम पूजा बारे विभिन्न कथन भएपनि उनीहरु आफ्नो घरमा सुख, शान्ति र समृद्धि ल्याउन यो चाड मनाउने गर्छन् । उनीहरु कर्ममा विश्वास गर्छन् । करम बाबालाई खुशी पार्छन् । जुन परिवारमा वालबच्चा हुदैन । उनीहरु बच्चाका लागि करम बाबासँग भाकल गर्दछन् । जसको घरमा श्री सम्पत्ति नहुनेले सम्पत्तिका लागि करम गाड्छन् । रोगव्याधी उन्मुक्तिका लागि करम गाड्छन् । 

करमलाई दोश्रो दिन बिहानी पख उखालिन्छ । कुमार केटा–केटीको हातबाट करमलाई घर–घरमा डुलान्छ, नाचिन्छ । प्रत्येक घरबाट आफ्नो गछय अनुसारको उपहार, प्रसाद, र पैसा करम बाबालाई चढाउँछन् ।

करमलाई दोश्रो दिन बिहानी पख उखालिन्छ । कुमार केटा–केटीको हातबाट करमलाई घर–घरमा डुलान्छ, नाचिन्छ । प्रत्येक घरबाट आफ्नो गछय अनुसारको उपहार, प्रसाद, र पैसा करम बाबालाई चढाउँछन् । यसो गर्नुको मुल उद्देश्य करम बाबाको कृपा गाउँका प्रत्येक घर–घरमा रहोस् । अन्न, शान्ति, प्रगति, उन्नति होस् । परिवारमा कसैको अकाल मृत्यु नहोस् । सबैको परिवारका वालबच्चा हाँसी खेलून भनी यिनीहरु करमको हाँगालाई गाउँभरि डुलाउँछन् । अन्त्यमा करम बाबा अर्थात करमको हाँगालाई बाजा–गाजा सहित नदीमा लगि सेलाउँछन् । नुहाई धुवाई गरी सबै गाउँ फर्कन्छन् । उपहार, प्रसादलाई सबै मिलेर खान्छन् । नगद रकमलाई सामाजिक कार्यका लागि संचित गरी राख्छन् । र करम पूजामा करमलाई गाँउमा डुलाएको वापत उठेको रकमलाई यिनीहरु गाँउको सामाजिक कार्यमा खर्चने गर्दछन् । करम पूजा विभिन्न प्रकारको हुन्छ । डोड्डो करम, राजी करम, नेग करम, जोखÞ करम, जितिया करम, दसे करम आदि हुन । नेंग अर्थात निज्ज करम पछि हुने करम पबनी लाई यिनीहरु डोड्डो करम भन्दछन् । करम भिन्न–भिन्न समयमा फरक फरक ढंगबाट गाडिन्छ अर्थात मनाइन्छ । करम पूजा निम्न प्रकारका हुन्छ ।

डोड्डो करम   

उराँव समाजमा करम पर्वलाई धुमधामसंग मनाउने गर्दछन् । तर निंज्ज करम अर्थात राजी करमलाई छाडेर सबै करमलाई उराँव समाजमा डोड्डो करम भनिन्छ । डोड्डोको अर्थ हुन्छ पुरानो, थोत्रो, फोहोर । यो भन्नुको अर्थ निंज्ज करम नै प्रमुख करम पूजा हो । यो बाहेकको करम एउटा उत्सव तथा उमंगको लागि मात्र यो पूजा गर्ने गरेका छन् । अरु करम पूजा भाकलको रुपमा गरिन्छ । आफ्ना मनमा चिताएका कुरा पु–याउनका लागि अन्य करम पूजा गर्ने गर्दछन् । निंज्ज करम बाहेक अरु करम जस्तै जितिया करम, गछुवा करम, जोखÞ करम, दसे करम आदि डोड्डो करम अन्तर्गत पर्ने गर्दछ ।

निज्ज करम  

नेपालमा भाद्र पूर्णिमाको दिन मनाउने करम पूजालाई निज्ज करम भनिन्छ । यो चाड नेपालभरि एउटै दिनमा मनाउने चलन रहेको छ । यो करम पूजालाई राजी करम वा नेंग करम पनि भनिन्छ । यो करम पूजा गाँउका नेंग हुने व्यक्तिले गाडने चलन । नेंग भन्ने कुरा गोत्रबाट थाहा पाउने कुरा हो– जो सँग नेंग हुन्छ उसले मात्र करम गाड्न पाउँछ । नेंग हुनेले वर्षमा करम गाड्नु पर्छ । उनीहरुको मुख्य देवताका रुपमा करम हुन्छ । उनीहरुले करम नगाडे पनि घरमा करमको नाममा पूजा–पाठ गर्नु पर्छ । करम गाड्नाले परिवारमा श्रीसम्पत्ति आउने, परिवार सुख–शान्तिमा हुने र परिवारमा अकाल मृत्यु नहुने जनविश्वास छ । 

जोंख करम  

उराँव समुदायमा निज्ज अर्थात नेंग करमको पछि मनाउने करम चाडलाई जोंख करम भन्ने गरिन्छ । जोंख करम टोल या गाउँका युवा जमात मिलेर गाड्ने गर्दछन् । जोंख करम गाउँमा नेंग नभएका गाउँमा गाड्ने चलन रहेको छ । उराँवमा यो चाड सबैभन्दा बढी मनाउने चाडका रुपमा रहेको छ । 

गछुवा करम

गछुवा करमको महत्व अलि फरक छ । परिवारमा छोराछोरी पाउन, रोगव्याधीबाट बच्न, मनमा चित्ताएको इच्छा प्राप्त गर्नका लागि भाकल स्वरुप गछुवा करम मनाउने गर्दछन् । गछुवा करम पनि निंज्ज वा नेंग करमको पछि मनाईन्छ । गछुवा करम गाड्ने चढ्ने भागल गरेका व्यक्तिले गर्छ । अन्य वैधिक परम्परा करम पूजा अनुसार नै पूजा–अर्चना र समापन  गर्ने चलन रहेको छ । 

जितिया रकम 

जितिया पर्वका अवसर पारेर गाउँका भद्रभलादमीका निर्णयबाट करम गाड्ने दिनलाई जितिया करम भनिन्छ ।  जितिया करम गाउँको एउटा उत्सव तथा महोत्सवका रुपमा मनाउने चलन छ । जितिया करम खास गरेर गाउँ, परिवारमा सुख, शान्ति, उन्नति तथा प्रगति ल्याउनका लागि यो पर्व मनाईन्छ । 

दसे करम  

बडादशैंको अबसर पाटी टिकाको दिन करम गाड्ने गर्छन् । वडादशैको अबसरमा मनाउने करमलाई दसे करम भनिन्छ । यिनीहरु भन्दछन्– कात्र्तिकको समयमा गाउँमा विभिन्न रोग व्याधी लाग्छ । त्यसबाट बच्नका लागि गाउँका सबै मिलेर दसे करम मनाउँछन् । 

 

 

 


Conversations
Total Comments:

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook