जातको आधारमा लिङ्ग काट्ने र मृत्युदण्ड दिने नेपाली कानुन

बुधवार १३ पौष, २०७३   |   कानून र मानवअधिकार

Print This   |   Font Size + -

राजकुमार दिक्पाल

राजकुमार दिक्पाल

काठमाडौ, नेपाल

जातको आधारमा लिङ्ग काट्ने र मृत्युदण्ड दिने नेपाली कानुन

चिसापानीगढीको बाटो हुँदै वि.सं. १९०६ माघको पहिलो साता प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणका लागि प्रस्थान गरे (प्राचीन नेपाल सङ्ख्या २५ः२०) ।  एक वर्षको बेलायत भ्रमण सकेर नेपाल स्वदेश फर्किएका उनलाई वि.सं. १९०७ माघ सुदि ४ बुधबारका दिन थानकोटमा स्वागत गरियो (प्राचीन नेपाल, सङ्ख्या २७ः४)। 
जंगबहादुरको बेलायत यात्रा नेपाल र नेपालीका लागि कतिपय सन्दर्भमा फलदायी भयो ।  उनले स्वदेश फर्कदा आधुनिक छापाखाना भित्र्याए, जो ‘गिद्दे प्रेस’ को नामले प्रसिद्ध छ ।  अर्को महìवपँर्ण उपलब्धि भनेको मुलुकी ऐन १९१० हो ।  जातीय तथा धार्मिक रूपमा पँरैजसो मनुस्मृतिबाट प्रभावित भए पनि त्यो एउटा लिखित र संहिताबद्ध स्वरूपमा भएका कारण मँलुकी ऐन १९१० लाई नेपालको कानुनको इतिहासमा महìवपँर्ण उपलब्धि मान्नुपर्छ । 

मुलुकी ऐन आउनुअघि आवश्यकताअनुसार राजाहरूले लालमोहर तथा रुक्का जारी गरेर आदेश दिन्थे, त्यसैलाई कानुनसरह मानिन्थ्यो ।  त्यही लालमोहर तथा रुक्कामा लेखिए बमोजिम सजाय वा न्याय सम्पादन गरिन्थ्यो ।  उदाहरणका लागि रणबहादुर शाहको समयको दुई लालमोहरको आधारमा तय गरिएको कानुनरूपी आदेशलाई यहाँ हेरौं ः
१. ‘...यतिन्जेल वहर जति सजनु सज्यौ आजर्उप्रान्त वहरलाई नसजिकन षेतीकिसान अरू काजलाई गोरु ल्याई जोतन्या काज लावन्या र अवर्उप्रान्त हाम्रा भर मुलुकमा जो वहर सजौला तस्को हात काटियला । ’ इति सम्वत् १८५६ साल श्रावण वदि ४ रोज १ (पँर्णिमा, पँर्णाङ्क ९८ः४८)। 

तत्कालीन राजा राजेन्द्रविक्रम शाहले जारी गरेको रुक्काले केही जाति र भौगोलिक क्षेत्रका बासिन्दालाई भाउजँसँग विवाह गर्ने वा यौनसम्बन्ध राख्ने छुट दिएको छ ।  त्यस्तो सम्बन्ध राख्दा कतिपय जातिको जात पतित हुने, कतिपय जातिको लिङ्ग काटिने मात्रै होइन, कतिपय जातिकालाई मारिनेसम्मको आदेश यो रुक्काले गरेको छ । 

२. ‘...कसाई कुसल्या धोवी कुलुका छोरीलाई स्वास्नी तुल्याउन्या पानि चलाउन्यालाई काएल मुकाएल गरि डंड गर्नु । ’ इति सम्वत् १८६३ साल वैशाख वदि ३ रोज १ (पँर्णिमा, पँर्णाङ्क २४ः२४१)
यी दुई लालमोहरबाट जारी गरिएको आदेशअनुसार पहिलो आदेशले बहरलाई गोरु (परम्परागत नेपाली प्रविधिअनुसार बाच्छाको अण्डकोश काम नलाग्ने) बनाएर मात्र जोत्न पाइने र यसो नगरिए बहर जोत्नेको हातै काटिने आदेश वि.सं. १८५६ साउनदेखि कानुन सरह लागँ हुन पुग्यो । 

दोस्रो आदेशअनुसार जसले कसाई, कुसले, धोवी र कुलुका छोरी विवाह गर्छ वा उनीहरूले छोएको पानी खान्छ, ती व्यक्ति दण्डित हुने अर्थात् उल्लिखित जातिको पानी र उनीहरूकी छोरीचेलीसँग विवाह नचल्ने आदेश वि.सं. १८६३ वैशाखदेखि कानुनसरह लागँ भयो । 

बेलाबेलामा राजा–महाराजाहरूले कानुनका रूपमा जारी गर्ने यस्ता आदेशका रूपमा राजा राजेन्द्रविक्रम शाहद्वारा जारी एक रुक्काले भाउजँलाई विवाह गर्न पाइने वा नपाइने, विवाह वा यौनसम्बन्ध कायम भए कुन जातिलाई कस्तो सजाय हुन्थ्यो भन्ने तत्कालीन समाजको चित्रण गरेको छ ।  अहिलेको कानुनले सामान्यतय भाउजँसँगको विवाह वा यौनसम्बन्धलाई हाडनाता सम्बन्धसँग जोडेर हेर्ने गरेको र सोहीअनुसार सजाय तोक्ने व्यवस्था गरेको छ ।  

राजा राजेन्द्रको यस रुक्काले किराँती (राई), लिम्बु, लेप्चा र जुम्लीहरूलाई जानी जानी पनि भाउजँ विवाह गर्न छुट दिएको छ । यी जाति र भौगोलिक क्षेत्रका बासिन्दाबाहेक नेपालका बाँकी जातिलाई भाउजँसँगको विवाह वा यौनसम्बन्धलाई कडा रूपमा बन्देज गरिएको छ । 

वि.सं. १८९३ आषाढ सुदी ७ बुधबार तत्कालीन राजा राजेन्द्रविक्रम शाहले जारी गरेको रुक्काले केही जाति र भौगोलिक क्षेत्रका बासिन्दालाई भाउजँसँग विवाह गर्ने वा यौनसम्बन्ध राख्ने छुट दिएको छ ।  त्यस्तो सम्बन्ध राख्दा कतिपय जातिको जात पतित हुने, कतिपय जातिको लिङ्ग काटिने मात्रै होइन, कतिपय जातिकालाई मारिनेसम्मको आदेश यो रुक्काले गरेको छ । 

भाउजु विवाह गर्न पाउने र नपाउनेहरू

राजा राजेन्द्रको यस रुक्काले किराँती (राई), लिम्बु, लेप्चा र जुम्लीहरूलाई जानी जानी पनि भाउजु विवाह गर्न छुट दिएको छ ।  ‘भाउजु बिराउ’ भनिएको यस रुक्कामा ‘...जंगला मुलुक हुनाले जातको तजविज गर्नु पर्दा हाल किराँती लिंवु लाप्चा र जुम्लीहरू वाहिक राषी आजदेषि उप्रान्त जानी जानी कसैले साक्षात् भाउजु विराउ नगर्नु भन्या थीति वन्धेज बाँधि बक्स्यौं...’ भनिएको छ ।  यी जाति र भौगोलिक क्षेत्रका बासिन्दाबाहेक नेपालका बाँकी जातिलाई भाउजँसँगको विवाह वा यौनसम्बन्धलाई कडा रूपमा बन्देज गरिएको छ । 
त्यसबेला उपाध्याय ब्राह्मण, क्षेत्रीहरूले जानाजानी भाउजँसँग विवाह गरे वा यौनसम्बन्ध राखे जात पतित गरी मुडी देश निकाला गरिन्थ्यो ।  यस्तै खस, वैश्य, मगर, गुरुङ, घले, नेवारभित्रका शँद्रले जानीजानी भाउजँसँग विवाह गरे वा यौनसम्बन्ध राखे उनीहरूको लिङ्ग काटिन्थ्यो । 

जानीजानी भाउजुसँग विवाह गरे वा यौनसम्बन्ध राखेकै कारण केही दलित उत्पीडित र सीमान्तकृत आदिवासी जनजातिको ज्यानै लिने व्यवस्था त्यस रुक्काले गरेको छ ।  यस्तो ज्यान सजाय पाउने जातिमा दमाई, सुनार, कामी, सार्की, गाइने र हुड्के छन् ।  यस्तै जानीजानी भाउजँसँग विवाह गरे वा यौनसम्बन्ध राख्ने वलामी, माझी, दनुवार, सुनुवार, तामाङ, भोटे, चेपाङ पहरी, कुमाल र वराम जातिको पनि ज्यानै लिइन्थ्यो ।  

जानीजानी भाउजुसँग विवाह गरे वा यौनसम्बन्ध राख्ने वलामी, माझी, दनुवार, सुनुवार, तामाङ, भोटे, चेपाङ पहरी, कुमाल र वराम जातिको पनि ज्यानै लिइन्थ्यो ।

मुलुकी ऐन लागँ हुनुभन्दा १७ वर्षअघि जारी गरिएको यस रुक्काले एउटै घटनामा जातिअनुसार भिन्नाभिन्नै सजायको व्यवस्था गरेको छ ।  राई, लिम्बु, लेप्चा र जुम्लीहरूलाई भने भाउजँसँग विवाह गर्ने परम्पराबाट यस रुक्काले विमुख गरेको छैन ।  रुक्काको भाकाअनुसार वि.सं. १८९३ असारअघि भाउजँ विवाह गर्ने चलन सामान्य थियो भन्ने सङ्केत स्पष्ट रूपमा देखिन्छ । 

रुक्काको व्यहोरा

कानुन किताब व्यवस्था समिति, काठमाडौँले वि.सं. २०२२ जेठ २९ गते प्रकाशित गरेको मँलुकी ऐन, १९१० (परिशिष्ट “ख”ः६६४–६६५) र रेग्मी रिसर्च प्रा.लि.ले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ३, अंक १ः१–२)ले सन् १९७१ डिसेम्बर १मा प्रकाशमा ल्याएको यो रुक्काको व्यहोरा यस्तो छ ः

श्री मन्महाराजाधिराज कस्य रुक्का.....

आगे हाम्रा मँलुकका चार वर्ण छत्तिस जात गैह्रप्रति विवाहित साक्षात् भाउजुसँग वीराउ गर्न यो कुरा ठँलो पाप रहेछ. आजसम्म जे जति भयो सो भै गयो. जंगला मुलुक हुनाले जातको तजविज गर्नु पर्दा हाल किराँती लिंवु लाप्चा र जुम्लीहरू वाहिक राषी आजदेषि उप्रान्त जानी जानी कसैले साक्षात् भाउजु विराउ नगर्नु भंया थीति वन्धेज बाँधि बक्स्यौं यो थिति बमोजिम बंदेजमा जो रहदैन तसलाई जातअनुसार तपसिल बमोजिम सासना होला... 

तपसिल

उपाध्याय ब्राम्हणहरूले जानाजानी भाउजु वीराउ ग¥यो भन्या जात पतित गरी मुडी देश निकाला गर्नँ...
गोतीया भाइ क्षत्रिय जातहरूले जानाजानी भाउजु वीराउ ग¥यो भन्या जात पतित गरी मुडी देश निकाला गर्नँ...
संयासीहरूले जानाजानी भाउजु वीराउ ग¥यो भन्या जात पतित गरी मुडी देश निकाला गर्नँ...
षस जातहरूले जानाजानी भाउजु वीराउ ग¥यो भन्या लिंग काट्नु...
वैश्य जातहरूले जानाजानी भाउजु वीराउ ग¥यो भन्या लिंग काट्नु...
मगर जातले जानाजानी भाउजु वीराउ ग¥यो भन्या लिंग काट्नु...
गुरुं घले जातले जानाजानी भाउजु वीराउ ग¥यो भन्या लिंग काट्नु...
नेवारहरू सुद्र जातले जानाजानी भाउजु वीराउ ग¥यो भन्या लिंग काट्नु...
दमाइ, सुनार कामी सार्की गाथीइन् हुक्र्या प्रभृति पानी नचल्न्या जातले जानाजानी भाउजु वीराउ ग¥या भन्या मासी दिनु...
वलामी माझी दनुवार सुनुवार मुर्मि भोट्या चेपाङ पहरिवरै कुम्हाल वरानु गैरहरूले जानाजानी भाउजु वीराउ ग¥यो भन्या मारी दिनु...

इति सम्वत् १८९३ साल मिति आषाढ सुदी ७ रोज ४ सुभम्....

source: gorkhapatraonline.com

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook