अक्सफोर्डमा विद्यावारिधि गर्दै नेपाली चेली

विहिवार १० चैत्र, २०७३   |   आदिवासी महिला

Print This   |   Font Size + -

गणेश राई

गणेश राई

काठमाडौ

अक्सफोर्डमा विद्यावारिधि गर्दै नेपाली चेली

चैत्र ११, २०७३- विपना बान्तावा त्यस्ती नेपाली विद्यार्थीमध्ये एक हुन्, जसले हालै मात्र बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन्। उनले ‘विज्ञानलाई सर्वसाधारणमा कसरी लागू गर्ने’ (एग्जामिनिङ द स्ट्रक्चरर्स एन्ड प्राक्टिसेस अफ नलेज प्रोडक्सन इन ग्यालरी जु एन अनलाइन सिटिजन इनिसियटिभ) शीर्षकमा शोध गरेकी हुन्। ‘हाम्रो मानसमा निश्चितता छ, जसले विज्ञान पढेको हुन्छ त्यो ज्ञान उसैमा सीमित हुन्छ,’ त्रिभुवन विश्वविद्यालय र किराँत राई प्रज्ञा परिषद्ले सम्मानार्थ काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनको भनाइ रह्यो, ‘साइन्सको जटिल पक्षलाई सरल ढंगले प्रस्तुत गरिनुपर्छ, ताकि सर्वसाधारणले व्यवहारमा उतार्न सकून्।’ भारतको बनारसस्थित जे कृष्णमूर्ति फाउन्डेसन स्कुलबाट प्रारम्भिक शिक्षा लिएकी विपनाले उक्त फाउन्डेसनअन्तर्गत बैंग्लोरबाट कक्षा १२ उत्तीर्ण गरिन्। स्कटल्यान्डबाट बीए इन बिजनेस उत्तीर्ण गरेपछि उनी विश्वकै पुरानामध्ये एक अक्सफोर्ड युनिभर्सिटी प्रवेश गरेकी हुन्।


प्रस्तुत छ, पढाइबारे उनको अनुभव :

 मैले हाई स्कुलमा इन्भायरोन्मेटल साइन्स पढ्नुपथ्र्यो। एकजना शिक्षकले हामीलाई रिसर्च गर्न सिकाउनुहुन्थ्यो। त्यति बेला कस्तो गाह्रो लाग्थ्यो। पन्ध्र–सोह्र वर्षको उमेर थियो त्यो। नयाँ काम गरेर, रिसर्च गरेर तथ्य पहिल्याउनुपथ्र्यो। शिक्षकले ‘मलाई थाहा छैन, तिमीहरूले मिलेर गरेर देखाउनुपर्छ’ भन्दै हौस्याउनुहुन्थ्यो। त्यसरी थोरै भए पनि निरन्तर दुई वर्षसम्म रिसर्च गर्ने बानी बसेको थियो। 

साइन्सको जटिल पक्षलाई सरल ढंगले प्रस्तुत गरिनुपर्छ, ताकि सर्वसाधारणले व्यवहारमा उतार्न सकून्।

युनिभर्सिटीमा समस्यामा आधारित रिसर्च गर्नुपथ्र्यो। लेक्चरभन्दा पनि समस्यालाई केन्द्रमा राखेर पूरै वर्षभरि सबै विषय एउटैमा केन्द्रित गर्न सिकियो। किताबमा लेखिएको सिद्धान्त घोकेरभन्दा व्यवहारमा देखिएका समस्याको समाधानचाहिँ प्रमुख रहन गयो। एउटा भनाइ छ– यदि तिमी समस्या पत्ता लगाउन सक्दैनौ भने समाधान कसरी खोज्छौ? त्यसैले समस्या नभई समाधान आउँदैन। 

म सानोछँदा अक्सफोर्डमा पढ्छु भनेर बुवालाई सुनाएकी थिएँ रे। संयोग, मेरो कलेजको एउटा साथी अक्सफोर्डमा पढ्न गएका थिए। मलाई पनि चासो बढ्यो। बीएमा बिजनेसको विद्यार्थी थिएँ। एजुकेसन ब्याकग्राउन्ड थिएन। युनिभर्सिटीलाई मेरो आफ्नो कुरा स्पष्ट राखें। तयारी गरें। मास्टर्स एक वर्षको थियो। आठजना थियौं। साथीहरू पीएचडी गर्ने भन्थे। मचाहिँ मास्टर्स मात्र गर्छु भन्ने गर्थें। 

एकवर्षे मास्टर्समा चार महिनाचाहिँ रिसर्च गर्नुपथ्र्यो। विकासोन्मुख मुलुकमा वान ल्यापटप पर चाइल्ड (ओएलपीसी) कार्यक्रम सुरु भएको थियो। साथसाथै नेपाल आउन पनि पाइन्छ भन्ने सोचें। त्यतिखेर नेपालमा माओवादी द्वन्द्व जारी थियो। नेपालमा आठ वर्षदेखि ओएलपीसी कार्यक्रम लागू छ। बालबालिकालाई इन्टरनेट मात्र दियो भने उसको पहुँच पुग्दैन। त्यसैले ल्यापटप दियो भने उसले प्रविधि बुझ्न पाउँछ। 

म सानोछँदा अक्सफोर्डमा पढ्छु भनेर बुवालाई सुनाएकी थिएँ रे। संयोग, मेरो कलेजको एउटा साथी अक्सफोर्डमा पढ्न गएका थिए। मलाई पनि चासो बढ्यो। बीएमा बिजनेसको विद्यार्थी थिएँ। एजुकेसन ब्याकग्राउन्ड थिएन। युनिभर्सिटीलाई मेरो आफ्नो कुरा स्पष्ट राखें। तयारी गरें। मास्टर्स एक वर्षको थियो। आठजना थियौं। साथीहरू पीएचडी गर्ने भन्थे। मचाहिँ मास्टर्स मात्र गर्छु भन्ने गर्थें। 

नेपालमा तीन–चारवटा स्कुलमा पाइलटका रूपमा लागू भयो। मैले यो सुनें। त्यसो हो भने यो लागू गर्न केके चुनौतीहरू आउलान् भन्नेबारे रिसर्च गर्ने भएँ। सरकारी नीतिनिर्माण तह, स्कुल, शिक्षक, अभिभावक तहमा अनुसन्धान गरेर मास्टर्स थेसिस गरें। थेसिस गर्दागर्दै फसें, किनभने क्लासमा जुन छलफल र निष्कर्ष निकालिन्थ्यो, फिल्डमा जाँदा त्योभन्दा धेरै शिक्षक–विद्यार्थीको कुरा बुझियो। त्यसबाट अनुभव अर्कै भयो। 

अन्तिममा त मेरा साथीहरू कताकता छरिए, म मात्रै पीएचडीमा पुगें। त्यसपछि मैले त्यही विषयलाई निरन्तरता दिएर पीएचडी गर्ने भएँ। शिक्षा र प्रविधि जोड्ने कडी खोज्न सकिने भयो। त्यसपछि गर्दै जाँदा शोधका समस्याहरूको पहिचान भयो। यो समस्याबारे यसअघि कसैले सामना नगरेकैले त्यसको औचित्य पुष्टि हुन्छ। मैले शोध गर्ने समस्याबारे लेखेर कमिटीमा राखें। नभन्दै शोध अनुमति पाएँ। विशेषज्ञता हासिल गर्ने अवसर त जुट्यो तर जब सबै जान्नेबुझ्नेहरूबीच प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउँछ, त्यतिखेर स्वयं गहिराइमा पुगेर अभ्यास गर्दा आत्मविश्वास पनि गुमाएजस्तो हुने रहेछ। त्यतिखेर सुपरभाइजरको ठूलो भूमिका हुने रहेछ।

अरूबाट पनि धेरै कुरा सिक्न पाइन्छ। मैले आफ्नो देशको शिक्षाको स्थितिबारे थोरै भए पनि बुझ्न पाएँ। फरक तहमा फरक समस्या छन्। नयाँ प्रविधिको सीमितता छ। अहिले नेपालको शिक्षालाई लिएर निरन्तर शोध–अनुसन्धान जारी राखेकी छु। हरेक चार–पाँच महिनामा नेपाल आएर स्कुल र युनिभर्सिटीमा मेरो शोध र अनुभव साट्दै छु। म साइन्स एजुकेसनमा सुधार ल्याउने पक्षमा छु। 

Courtesy:http://kantipur.ekantipur.com


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook