लोप हुँदै मान्जन प्रणाली

आईतवार १७ भाद्र, २०७५   |   कानून र मानवअधिकार

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

लोप हुँदै मान्जन प्रणाली

थारु, दनुवार, सन्थाललगायतका आदिवासी जनजाति समूदायमा प्रचलित प्रथाजनति संस्था  मान्जन प्रणाली पूर्बी तराईमा लोप हुने अवस्थामा पुगेको छ । सामाजिक सुव्यबस्थाका लागि कुनै समयामा शक्तिशाली मानिएको यो प्रणाली राज्यको असहयोग र सम्बन्धीत समूदायको वेवास्थाका कारण लोप हुने अवस्थामा पुगेको हो । 

सिरहास्थित थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्द चौधरीका अनुसार बर्दिया, कैलालीतिर बडघर वा बलमन्सा र दाङ देउखुरीतिर महतवा, बडघर भनिएझै पूर्बी तराईको सिरहा, सप्तरी, महोत्तरीलगायतमा मान्जन प्रणाली भन्ने गरिन्छ । कुनै समयमा सशक्त र शक्तिशाली मानिएको यो प्रथाजनित संस्था आधुनिक रहनसहनका कारण सम्बन्धीत जातीय समूदायले नै बेवास्था गर्ने गरेका छन् । तथापि, यसको अस्तित्व भने अझै बाँकी छ । 

कुनै समयमा सशक्त र शक्तिशाली मानिएको यो प्रथाजनित संस्था आधुनिक रहनसहनका कारण सम्बन्धीत जातीय समूदायले नै बेवास्था गर्ने गरेका छन् । तथापि, यसको अस्तित्व भने अझै बाँकी छ । 

दनुवार जागरण समिति सिरहाका अध्यक्ष धिरेन्द्रदेब सिंह दनुवार पनि मान्जन प्रणालीले समाजलाई सुरक्षा, नेतृत्व र समाजलाई न्याय पु¥याँदै आएको धारणा राख्नु हुन्छ । ‘मान्जन प्रणाली दनुवार समूदायको सबैभन्दा पुरानो प्रथाजनित संस्था र कानुन हो । यसको सक्रियता रहेसम्म दनुवार समाजमा शान्ति सुव्यबस्था र मेलमिलाप रहेको थियो ।’ अध्यक्ष दनुवारको तर्क थियो । 

मान्जनको काम कर्तव्य र अधिकार 

मान्जन प्रथाले स्थानीय गाउँको विकास योजनामा श्रमदान गराउने, कुलो खानेपानीको निर्माण, ग्रामदेवताको पुजा तथा समान्य बादविबाद मिलाउने काम गर्दछ । थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्द चौधरी थप्नु हुन्छ –‘थारु समाजमा देखिएको बालबिबाह जस्तो कुरीति हटाउने श्रेय मान्जनलाई दिनु पर्छ । समाजमा बालबिबाह समाप्त पार्ने काम मान्जनले नै गरेका हुन् ।’

कुनै समयमा मान्जनलाई असिमित अधिकार रहेको लहानका थारु, दनुवारलगायतका अगुवाहरु बताउछन् । तर यस्तो अधिकार लिखित भने थिएन । न्याय प्रणालीमा मान्जन न्यायधिश जस्तै हुन्थे । तर मान्जनले न्याय दिँदा एकपक्षिय नभएर सामुहिक रायका आधारमा यस्तो न्याय दिने गर्दथे ।

राणाकालमा मान्जनलाई कानुनी मान्यता समेत थियो । तर अहिले मान्जनहरु केबल भोज भतेरका बेला देखाइने शोभाका बिषय मात्र भएका छन् ।

प्रगन्ना, देशबन्धा, महतवा र घरधु¥या जस्ता चारतहमा गाउँको शासन र न्यायप्रणाली चलेको आफूले थाहा पाएको बताउँदै थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्दले पुरानो कुरा सम्झदै भन्नु भयो–‘जबसम्म  मान्जन प्रथा सक्रिय थियो तबसम्म सबै खाले मुद्धाको गाउँमै मेलमिलाप गराउन सफल हुन्थयो । थाना प्रहरी वा अदालतमा यस्ता सामाजिक बिबादहरु कमै पुग्ने गर्दथ्यो । राणाकालमा मान्जनलाई कानुनी मान्यता समेत थियो । तर अहिले मान्जनहरु केबल भोज भतेरका बेला देखाइने शोभाका बिषय मात्र भएका छन् ।’

अन्तराष्टिय कानुनको मान्यता 

अन्तराष्टिय श्रम संगठन महासन्धी नम्बर १६९ ले आदिवासी जनजातिका प्रथाजनित संस्था र कानुनलाई मान्यता दिएकोृ छ । यो महासन्धी आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तराष्टिय कानुन हो । २०६४ साल भाद्र ५ गते नेपालको संसदले अनुमोदन गरेको यो महासन्धी नेपाल कानुन सरह लागू हुन्छ । नेपाल सन्धी ऐन २०४७ को दफा ९ अनुसार यो महासन्धी नेपाल कानुन सरह लागू हुन्छ । 
यसैगरी आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट संघीय घोषणापत्रमा पनि आदिवासी जनजातिका सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक संस्थाहरु, तिनका अभ्यास, प्रथा तथा कानुनी प्रणालीलाई संरक्षण गनु पर्ने उल्लेख छ । 

स्थानीय सरकार सुधारको पक्षमा

मान्जन प्रणाली सहकारात्मक हुँदा हुँदै पनि स्थानीय सरकार भने यो प्रणालीलाई सुधार तथा परिमार्जन गर्नू पर्ने पक्षमा उभिएको छ । सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमूख हरिनारायण चौधरी मान्जन प्रणाली हाम्रो परम्परा भए पनि यसको निरन्तरतामा भने अरु बहस गर्न आवश्यक रहेको बताउनु हुन्छ । ‘कुनै बेला मान्जन प्रणालीका आधारमा थारु लगायतका समूदाय चल्ने गरेको थियो । तर अहिलेको प्रविधिमा आधारित समाजमा त्यही प्रणालीलाई निरन्तरता दिनु पर्ने कुरा सान्दर्भिक हुन्न ।’

नगरप्रमूख चौधरीको भनाई छ –‘मान्जन प्रथा हाम्रो समूदायको अतीत हो । तर यस प्रथाका कारण समूदायमा अनावश्यक आर्थिक व्यय बढेको, भोज भतेर तर्फ समाज आकर्षित भएका लगायतका अन्य बिसंगति र बिकृतिलाई पनि बढावा दिएको सन्दर्भलाई सम्झनु पर्दछ  । 

मान्जन प्रणाली पूर्बी तराईको आदिवासी जनजाति र स्थानीय समूदायको साझा प्रथाजनित संस्था हो । यो प्रणाली तराईमा उच्च जाती र दलितमा देखिन्न । तथापि अहिले पनि मान्जनको सम्मान गर्ने परिपाटी भने कायम रहेको छ ।

पूर्बी थारु लगायत आदिवासी जनजाति समूदायमा रहेको मान्जन प्रणाली हाल बिकृत अवस्थामा रहेको समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनको पनि छ । समाजको अन्तरघुलन, बसाईसराई तथा हिन्दूपरम्पराको प्रभावमा परेर मान्जन प्रणालीमा मिश्रित स्वरुपमा आएको हुन सक्छ भन्दै डा भट्टचनले भन्नु भयो –‘प्रथाजनित संस्था तथा कानुनको प्रयोग बाँके बर्दिया तथा कैलालीका थारुहरुको बडघर, बलमन्सा र मुस्ताङतिर प्रचलित ध्यम्प परम्परालाई मान्न सकिन्छ । अन्य आदिवासी जनजाति समूदायमा पनि प्रथाजनति संस्थाहरु रहेका छन् तर ती संस्था, परम्परा र रीतिहरु हिन्दूकरणको चपेटामा परेका छन् । जसलाई पुनर्जिवन दिन आवश्यक छ ।’ 

आखिर जे भए पनि मान्जन प्रणाली पूर्बी तराईको आदिवासी जनजाति र स्थानीय समूदायको साझा प्रथाजनित संस्था हो । यो प्रणाली तराईमा उच्च जाती र दलितमा देखिन्न । तथापि अहिले पनि मान्जनको सम्मान गर्ने परिपाटी भने कायम रहेको छ । मूलतः आदिवासी जनजातिमा सूचिकृत थारु, दनुवार, सन्थाल तथा मण्डलहरुमा रहेको यो परम्परालाई राज्यतहबाट मान्यता दिएर हाम्रो परम्परा तथा गौरबलाई निरन्तरता दिनु नै उचित मार्ग हुने देखिन्छ । 


(लहानबाट फर्के पछि) 
  

  


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook