जलवायू परिबर्तनबाट आदिवासीलाई असर

शनिवार ०८ मंसिर, २०७५   |   वातावरण र विकास

Print This   |   Font Size + -

डोल्मा शेर्पा

डोल्मा शेर्पा

सिन्धुपाल्चोक, नेपाल

जलवायू परिबर्तनबाट आदिवासीलाई असर

विश्वव्यापी बहसको बिषय बनेको जलवायू परिबर्तनबाट आदिवासी जनजातिहरु सबै भन्दा बढी प्रभावित बन्न पुगेको यसका अभियानकर्ताहरुले बताएका छन् । ‘प्राकृतिक वााातावरणसँग  आदिवासीको घनिष्ठ सम्बन्ध र निर्भरता हुन्छ । यसै कारण  जलवाय परिबर्तनबाट आदिवासीहरु बढी प्रभावित भएका हुन्छन् ।’ नेपाल आदिवासी जनजाति महासंघको जलवायू परिबर्तन कार्यक्रमका संघीय संयोजक तुङ्गाभद्रा राईले भने –‘नेपालमा पनि यसको असर देखा पर्न थालि सकेको छ । हिमाल देखि तराईसम्मका आदिवासीहरुको बद्लिदो जीवन पद्धतिलाई नियाल्यौ भने जो कोहीले पनि यसको महसुष गर्न सक्छन् ।’

हिमाल कालो  

विभिन्न स्थानहरुमा पानी पर्ने, हिउँ पर्ने र असिना पर्ने ढाँचामा अस्वाभाविक परिवर्तन देखिएमा जलवायू परिबर्तन भन्ने गरिन्छ । नेपालमा पनि केही भागमा पहिलेभन्दा धेरै पानी पर्ने,  केही ठाउँमा भने कम पानी पर्नेजस्ता असरहरु देखिएका छन् । आँधी, खडेरी, गर्मीको लहर र वर्षाका घटना झन बढी हुन थालेको जलवायू परिबर्तनका अनुसन्धानकर्ता डा रघुबीर बिष्टले बताए ।

नेपालमा पनि केही भागमा पहिलेभन्दा धेरै पानी पर्ने,  केही ठाउँमा भने कम पानी पर्नेजस्ता असरहरु देखिएका छन् ।

‘उच्च हिमशृङ्खलामा हिउँको तह घटेर गइसकेको छ भने हिउँ पग्लने क्रम बढेर हिमनदीको वहाव बढेको छ ।’ अर्का अभियानकर्ता कमल साम्पाङ भन्छन् ‘हिमालका हिउँ पग्लेर जाने, हिउँ कम देखिने वा हिमाल कालो देखिन थालेको छ । हिउँ पग्लेर हिमतालमा पानी बढेर फुट्ने खतरा बढेको छ । यो जलवायु परिबर्तनको सूचक हो ।’

जलवायू परिबर्तनका यस्ता सूचकबाट खोला किनारामा बसोबास गर्दै आएका आदिवासी माझी तथा बोटे प्रत्यक्ष प्रभावित छन् । बाढी तथा पहिरोको उच्च जोखिममा उनीहरुको परम्परागत पेशा र पेशासंगै धार्मिक तथा साँस्कृतिक र आध्यात्मीक आस्थामा गंभीर चोट पुग्न गएको छ ।  साम्पाङको तर्कमा यो क्षतीपुर्ती दिन नसकिने क्षति हो । यस्तो क्षती देशै भरका आदिवासीमा परेको छ । 

बसाई सर्ने बढे

सोलु निबासी सोनाम याङ्जी शेर्पाको भनाईमा हिमालमा हिउँ पर्न छोडे पछि हिमाली भेग मरुभूमि जस्तो देखिन थालेको छ । पर्यटन व्यबसाय गर्नेहरु यसबाट प्रभावित भएका छन् । हिमाल र हिउँ हेर्न जानेहरुको संख्या घटेको छ । उनले थपिन् ‘यसै कारण सोलुका शेर्पाहरुमा बसाईसराईको लहर नै चलेको छ । यो बसाई सराई उनीहरुको लागि बाध्यता जस्तै हो । 

गंगटो लोप भयो

आदिवासीहरुको मूख्यजिविकाको आधार फरक–फरक रहेकोृ छ । परम्परागत कृषि हो । जलवायू परिबर्तनले परम्परागत बिउ बिजन तथा कृषिमा ह्रास आएको छ । लामो खडेरी र बाढीले गर्दा उनीहरुको जीविकाका साधानहरु पाउन छोडिएको छ । उच्च हिमाली तथा पहाडी इलाकामा उत्पादन हुने परम्परागत आलु तथा फापर बालीका बिउँ नष्ट भएका छन् । यी बालीहरु मूख्य हिमाली भेगको मूख्य खाद्यन्न बाली हुन् । 

तराइका आदिवासीहरुको खाद्य परिकारका रुपमा प्रचलित घुँघी, चेपा, तथा गंगटोहरु पाउन छोडिएको सर्लाहीका खड्गबहादुर थारुको भनाई छ ।

तराइका आदिवासीहरुको खाद्य परिकारका रुपमा प्रचलित घुँघी, चेपा, तथा गंगटोहरु पाउन छोडिएको सर्लाहीका खड्गबहादुर थारुको भनाई छ । थारुको अनुमानमा यो पनि जलबायू परिबर्तनको असर हो । यसबाट पनि थारु आदिवासीहरु प्रभावित बनेका छन् । तराई मधेशमा पछिल्लो केही बर्ष देखि जाडो मौसममा शितलहर र गर्मी यामको प्रचण्ड गर्मीले गर्दा यस्ता जलचर्हरु पाउन छोडेको उहाँको अनुमान छ । यसबाट राज्यको सेवा र सुविधाबाट बन्चितीकरणमा परेका आदिवासी बालबालिका, बृद्ध, बृद्धामा सोझो असर परेको छ । थारु आदिवासीहरु यस प्रकारका जलचर जीवहरुलाई औषधिका रुपमा लिने गर्दछन् ।  बिभिन्न प्रकारका रोग प्रतिरोध गर्ने क्षमता यस्ता परिकारको सेवनबाट बढने उनीहरुको दावी छ । 

 

सुके पानीका मुहान पनि...

जलवायू परिबर्तनले आदिवासी बसोबास गर्ने स्थानहरु मरुभूमिकरण भएका छन् । लामो समय देखि बर्षाद नहुँदा खाद्यन्न बालीमा सुख्खा लागेको छछ । पाँचथरको कुम्मायक गाउँपालिका क्षेत्रमा खडेरीग्रस्त क्षेत्रका रुपमा यसै बर्ष पहिचान भएको थियो । 

जलवायु परिवर्तनको मूख्य कारण पृथ्वीको सतह तातिनु हो । बिश्वमा बढदो कलकारखाना र यातायातका साधनको प्रयोग तथा तेल, ग्यास वा कोइला जस्ता अत्याधिक उत्खनन् गरेर निकालिएका इन्धनहरुले यसको उत्सर्जन हुने गर्दछ । वनजंगलको फडानी र  क्षयीकरण ठूलो परिमाणमा काठ काट्नु, वनजंगलमा आगो लगाउनु तथा खेतीका लागि जमिन विस्तार गर्नेलगायतका कार्यहरुले  पनि कार्बनडाइ उत्सर्जन हुन्छ ।

पाँचथर रानीगाउँका स्थानीय कमल लावतीको भनाईमा भएका पानीका मुहानहरु बिगत चारबर्षदेखि सुकेका छन् । यसले गर्दा स्थानीय आदिवासी लिम्बू परिवारका महिलाले कोशौ टाडा पानी लिन जान पर्ने र महिलाले दुख पाउनेृ गरेको उनको भनाई छ । 

आदिवासीहरुमा परेको यो आपदलाइ ध्यानमा राखेर नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले नीतिगत वकालत गरिरहेको महासंघका संघीय सचिब लाक्पा ढेक्पो शेर्पाले बताईन । उनले भनिन् जवलायू परिबर्तनले आदिवासीलाई सोझो असर पार्ने भएको हुँदा असर न्युनिकरणका कार्यक्रमहरु आदिवासी मैत्री हुनु पर्ने उनको तर्क छ । 

जलवायु परिवर्तनको मूख्य कारण पृथ्वीको सतह तातिनु हो । बिश्वमा बढदो कलकारखाना र यातायातका साधनको प्रयोग तथा तेल, ग्यास वा कोइला जस्ता अत्याधिक उत्खनन् गरेर निकालिएका इन्धनहरुले यसको उत्सर्जन हुने गर्दछ । वनजंगलको फडानी र  क्षयीकरण ठूलो परिमाणमा काठ काट्नु, वनजंगलमा आगो लगाउनु तथा खेतीका लागि जमिन विस्तार गर्नेलगायतका कार्यहरुले  पनि कार्बनडाइ उत्सर्जन हुन्छ । यी सबै क्रियकलापमा आदिवासीको सम्लग्नाता नहुँदा नहुँदै यसको मारमा उनीहरु पर्नू परेको छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook