चरन खोसिए पछि राडिपाखी लोप हुदै

आईतवार ०१ पौष, २०७५   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

चरन खोसिए पछि राडिपाखी लोप हुदै

मेनुका श्रेष्ठ, ओखलढुंगा

भेडापालनका लागि आवश्यक पर्ने चरनहरु सरकारी बनमा रुपान्तरण भए पछि रुम्जारटारको राडीपाखी पनि लोप हुने अवस्थामा पुगेको छ । रुम्जाटारका गुरुङ समुदायले परम्परागत पेशाका रुपमा राडीपाखी बुन्दै आएका थिए । तर चरनको अभावमा भेडीगोठ राख्ने परम्परा हराए पछि राडीपाखीको पनि उत्पादन हुन छाडेको हो ।

ओखलढुङ्गाको रुम्जाटारमा अहिले भेडा चराउने दुई गोठ मात्र छन । भेडा विकास समितीका अध्यक्ष पदम कुमारी गुरुङका अनुसार सोलुखुम्बुको दूधकुण्ड नजिकैदेखि, सल्लेरी, ओखलढुंगा हुदै उदयपुरको रौतामईसम्म परम्परागत भेडा चरन छ । तर भेडा चराउन लैजाँदा चरनको अनुमती खोजेर प्रहरीले दुःख दिन थाले पछि यस प्रकारको भेडापालन प्रति आकर्षण घटेको उनले बताए ।

चरनको अभावमा भेडा पाल्नै कठिन छ ।, भेडा नै नभए पछि भेडाबाट बन्ने राडीपाखी उत्पादन हुन छाड्नु स्वभाविक हो ।’

‘पहिले खुला रूपमा चरनमा भेडा चराउन पाइन्थ्यो । तर अहिले चरन तथा बन जंगलहरु सामुदायिक, कबुलियती र निजी बनमा परिणत भएका छन् ।’ गुरुङले यही प्रसंगमा थपे –‘चरनको अभावमा भेडा पाल्नै कठिन छ ।, भेडा नै नभए पछि भेडाबाट बन्ने राडीपाखी उत्पादन हुन छाड्नु स्वभाविक हो ।’

ल्पास्टिकसंग प्रतिपर्धा

रुम्जाटारमा केही घरपालुवा भेडाको उन संकलन गरेर उत्पादन भएको राडीपाखीले  सोचेजस्तो बजार नपाएको स्थानीइ राडी उत्पादन गर्दै आएका स्थानीय गुरुङहरुको भनाई छ ।

‘बजारमा सस्तो मूल्यमा प्लास्टिकका चकटी र गलैंचा पाइन थालेको छ । राडीपाखी ओझेलमा परेको छ । राडीको महत्व बुझ्ने घटिसके’ पुराना उद्यमी पदम गुरुङले भने– ‘सबैलाई सस्तो र हेर्दा राम्रो चाहिएको छ , यसैकारण पनि हाम्रो राडीपाखी हराउन थालेको छ ।’

‘बजारमा सस्तो मूल्यमा प्लास्टिकका चकटी र गलैंचा पाइन थालेको छ । राडीपाखी ओझेलमा परेको छ ।

सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका भलाकाजी गुरुङ स्थानीय राडीपाखी उत्पादन् गर्ने उद्यमी हुन् । तर उनी आफुबाट उत्पादन भएका राडीपाखी बिक्रि हुन छोडेकोमा चिन्तित छन् । ‘पहिलाको जस्तो  बिक्रि हुन छाड्यो,बजारमा प्लाष्ट्रिकका ओछ्याउने म्याटहरु छ्यापछ्यापती आएका छन्’ उनले भने ।

भेडाको उनबाट बन्ने राडीपाखीका लागी मेहनत पनि धेरै लाग्छ । रुम्जाटारका गुरुङहरुले पछिल्लो समय चरिचरणको अभावमा भेडा पाल्न छाडेपछि उन किनेर राडीपाखी बुन्ने गर्दछन् । तर पनि मेहनतको फल भने आएका छैन्न । गुरुङले भन्छन् ‘‘ अहिलेका युवाहरु सबै बिदेश तिर ताक्छन् । अनि कस्ले गर्ने यस्तो पेसा ? अब त राडीपाखी बुन्ने त यहाँ एकाध बुढाँपाका मात्र छन् ।’’  त्यस्तै रुम्जाटारकै अर्काे स्थानिय बृद्ध पदम बहादुर गुरुङको पनि दुखेसो उस्तै छ ।

भएका छोराहरु बिदेश गएपछि घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका छन् । खेतबारीको काम सकेर बचेको समयमा उनिहरुले पनि घरैमा तान लगाएर राडीपाखी बुन्ने गरेका छन् । तर बुनेका राडीपाखी बिक्रि नभएपनि एक छेउमा चाङ लगएर थन्क्याएका छन् । ‘अब दुईजना मात्रै छौ खेतीपातीको काम सकेर बिहान बेलुका बुन्छौ तर बिक्रि नभएरपछि यसरी थन्क्याउनु परेको छ ।’उनले भने ।

गुरुङ समुदायको पुख्यौली पेसा राडीपाखी पछिल्लो समय लोप हुन थाले पछि राडीपाखी पेसालाई संरक्षण गर्न त्यहाँ भेडा बिकास समिती नै गठन भएको छ ।

गुरुङ समुदायको पुख्यौली पेसा राडीपाखी पछिल्लो समय लोप हुन थाले पछि राडीपाखी पेसालाई संरक्षण गर्न त्यहाँ भेडा बिकास समिती नै गठन भएको छ । स्थानिय पदम कुमारी गुरुङको अध्यक्षतामा १० सदस्य समिति नै बनाएको छ । ‘पहिले ६६ सालमा जति अहिले राडीपाखी बुन्न छोडेको छ । अहिले ५० , ६० घर जतिले बुन्ने गर्दछन् त्याहाँबाट उत्पादित राडीपाखी स्थानीय हाटबजार र विदेशमा रहेका एकादुई नेपालीले कोसेलीका रूपमा लागे गर्दछन्’ ।

संरक्षणका पर्खाईमा राडीपाखी उद्योग

राडी बुन्दै आएको पुरानो पुस्ताले मात्र यो उद्योग बचाइरहेका छन । यो पेसालाई निरन्तरता दिन गाह्रो रहेको राडिपाखी प्रशिक्षक पदम गुरुङको बताए । यसरि राडीपाखी उद्योग बचाउन यहाँ ‘वस्तु विकास केन्द्र’ पनि स्थापना गरिएको छ । राडीपाखी पेशा जोगाउनको लगि हरेक वर्ष यस केन्द्रले तालिम दिने गरेको तालिमका प्रशिक्षक पदम कुमारी गुरुङले बताए ।  उक्त वस्तु विकास केन्द्रले एक चोटिमा २० जना गरि ४५ दिन देखि ९० दिन सम्म राडि बुन्न सिकाउने गरेको छ । 

पछिलो पटक गुरुङ समुदाय मात्र नभएर अन्य जातिहरुले पनि यो पेशा अपनाएको पदम कुमारी गुरुङले बताए । उक्त राडिपाखी उत्पादनमा  ‘सरकारले भेडापालक किसानलाई निश्चित क्षेत्र तोकेर चरिचरन खुला गरे साथै सरकारी निकायले जसरि प्लाष्टिक गलैचालाई झै राडिपाखी उत्पादनलाई बजारिकरण गर्नमा स्थानीय सरकारले सहयोग गरे उत्साह मिल्ने थियो ।’ गुरुङको भनाइ छ ।

राडीपाखीको महत्व

राडिपाखी नाममै प्रशिद्ध यो । राडिपाखी पेशा गुरुङ समुदायको एक पहिचान पनि हो । यो पेश रुम्जटारेली गुरुङ पुर्खौदेखि गर्दै आएकोले पनि यो पेशालाई निरणतरता दिदै आएको छ । रुम्जाटारमा बन्ने राडीपाखी भेडाहरूको प्रजाति मध्येमा पनि ‘सुनभेडा’ को ऊनबाट बन्ने गर्छ ।

राडिपाखी पेशा गुरुङ समुदायको एक पहिचान पनि हो ।

भेडाको ऊनमा कुनै पनि कच्चा पदार्थ नमिसाइ बनाइने हुदा यो स्वास्थ्यको लगि पनि राम्रो मानिएको अध्यक्ष गुरुङले बताए । राडिपाखी पुजा पाठ र पुजा घरमा ओछयाईने गरेको पाइन्छ । उनले थपे–‘राडिपाखी आदिवासी नेवार तथा गुरुङ समुदायको धार्मिक आस्थासंग जोडिएको छ । हरेक धार्मिक र सांस्कृतिक पर्बमा राडी ओढ्ने र ओछाउनका लागि चोखो मान्ने गरिन्छ ।’

यसरी तयार हुन्छ राडीपाखी

रुम्जाटारको राडीपाखी सयौं वर्षदेखि प्रसिद्ध छ । यहाँको गुरुङ समुदायको परम्परागत पेशा नै भेडापालन र राडीपाखी उत्पादन हो । अझै पनि यो पेशा लोप भईसकेको छैन । राडीपाखी कसरी बन्छ भन्ने बारेमा धेरैलाई ज्ञान नहुन सक्छ ।

भेडीगोठबाटै गोठालेले भेडाको ऊन काटेर ल्याउँछन। ऊनलाई शुरुमा चिसो पानीमा मज्जाले पखाल्नुपर्छ। पखालेर सुकाएको ऊन कोरेर सफा गर्नुपर्छ। कोरिसकेको ऊन चर्खामा लगाएर धागो बनाउनुपर्छ। धागोको डल्लो बनिसकेपछि तान लगाएर राडी बुन्न शुरु गरिन्छ। बुनिसकेपछि त्यसको छेऊ (बिट) मार्नलाई ऊनकै धागोले सिउनुपर्छ। सिईसकेपछि तयार भएको राडीलाई उमालेको तातो पानीले मिचिमिचि माड्नुपर्छ वा मेसिनले माड्न पनि सकिन्छ। माडिसकेपछिको राडीलाई तन्काएर पानी सोसिनेगरि निचोरिन्छ। निचोरेर सुकाईसकेपछि राडी तयार गरिन्छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook