ब्राह्मणवादको शासन सत्तामा सुदृढिकरण 

शनिवार ३० चैत्र, २०७५   |   राजनीति

Print This   |   Font Size + -

नन्द कन्दङवा

नन्द कन्दङवा

टिकाथली, ललितपुर

ब्राह्मणवादको शासन सत्तामा सुदृढिकरण 

ब्राह्मणवाद भनेको विभेद, असमानता र अन्यायी मुल्यमा आधारित बिचार, सोचाई र प्रबृति हो । यस्तो बिचार, सोचाई र प्रबृति भएका मानिसहरुको नेपालमा एउटा सानो जत्था छ जस्मा बाहुन, क्षेत्री, जनजाति, दलित, मधेसी र महिला सबै सम्मिलित छन् । बिचारको हिसावले यो बर्चस्प (domination) र एकाधिकार (monopoly) कायम गर्ने बिचार हो । सोचाईको हिसावले यो जातिवादी छ र प्रबृतिको हिसावले यो चाकरी, चाप्लुसी, जाल—झेलकारी, तिग्डमी र नातावदी तथा कृपावादी छ । स्वभाविकरुपमा विभेदी, अन्यायी र असमानी बिचार, सोचाई तथा प्रबृतिले हैकमी, बर्चस्पी तथा एकाधिकारी हुनेतिर लैजान्छ । यसर्थ, ब्राह्मणवाद जाति बिशेषसंग सम्बन्धित छैन यद्यपी यो बिचार सिर्जनाको आधार भने जाति बिशेषसंग जोडिएर भएको छ र यो ब्राह्मणवाद बाहुन जात बिशेषका मानिसहरुमा एकदमै धेरै पाईन्छ । क्षेत्री, जनजाति, दलित र मधेसी जाति बिशेषमा यो दास तथा भरिया बन्ने बिचार, सोच र प्रबृतिबाट प्रकट भएको छ । नेपाल र भारतमा यहि ब्राह्मणवादले शासन सत्ता चलाईरहेको छ । यहि ब्राह्मणवादले आफ्नो बर्चस्प कायम गर्न ब्राहमणवादलाई उपयुक्त हुने राज्य, राष्ट्रियता र राष्ट्रवादको बिकास गर्न भरमग्दुर प्रयास गरिरहेको छ ।

यो ब्राह्मणवाद गोरखाका राजा पृथ्वीनारायण शाहको कथित एकिकरणसंगै आयो र “एकिकरण” पछि झनै मौलायो । राणाकालमा यसले झनै जरो हाल्यो र निर्दलिय पन्चायतकालमा यसले पुर्ण स्वरुप ग्रहण गर्यो । २०४७ सालको अभिजाति प्रजातन्त्रमा यसले आफुलाई सुदृढीकरणको मार्गमा लग्यो । २०६२÷६३ को जनआन्दोलन पछि बनेको २०६४ को अन्तरिम संविधानले यसलाई खलबख्याउन खोजेको थियो तर सफल भएन । 

कथित बहुदलिय लोकतान्त्रिक गणतन्त्र

संघर्ष, लडाई र क्रान्ति त नेपालमा धेरै भए । तर शाह राजा पृथ्वीनारायण शाहको समयदेखि शासन र सत्तामा बर्चस्प कायम गर्दै आएको ब्राह्मणवादलाई फाल्न सकेन । बरु उल्टै ति संघर्ष, लडाई र क्रान्ति पछि त्यो ब्राह्मणवाद झन प्रभावकरी, बलियो र सुदृढ हुदै गयो । संघर्ष, लडाई र क्रान्तिको नाममा यसले विभिन्न बर्ग, तप्का र जातिका मानिसहरुलाई दास, भरिया, गोठाला र खेताला हुन सिकायो ।

ब्राह्मणवादले ति विभिन्न बर्ग, तप्का र जातिका व्यक्ति तथा मानिसहरुमा औपनिबेशिक ज्ञान, शिक्षा तथा बिचारका माध्यमबाट उनीहरुको दिमागलाई औपनिबेशीक दास दिमाग बनाई दियो र शक्तिको पुजा गर्ने अनि शक्तिको पछि लाग्ने बानी व्यहोराको बिकास गरिदियो ।

ब्राह्मणवादले ति विभिन्न बर्ग, तप्का र जातिका व्यक्ति तथा मानिसहरुमा औपनिबेशिक ज्ञान, शिक्षा तथा बिचारका माध्यमबाट उनीहरुको दिमागलाई औपनिबेशीक दास दिमाग बनाई दियो र शक्तिको पुजा गर्ने अनि शक्तिको पछि लाग्ने बानी व्यहोराको बिकास गरिदियो ।  राजतन्त्र तथा राणाकालमा त्यसले हिन्दुत्वको बिचारलाई छिराएर राजा र राणा शासकहरुलाई आड बनाएर त्यसको जरो तथा हागा विगा फैल्याउदै आफै राजा तथा शासक बन्न खोजिरह्यो । यतिखेर “बहुदलिय लोकतान्त्रिक गणतन्त्र” मा त्यो ब्राह्मणवाद आफै सर्बे सर्वा राजा तथा शासक भएको छ । 

माओवादीको १० बर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्दोलन ब्राह्मणवादी बिचारलाई सुदृढ गर्न र कसैलाई राजा र बल्ग्रेन्ती भाई भारदारका दरबारहरु सन्चालन गर्नको लागी भएको थिएन । नेपाली जनताको दुर्भाग्य भनौ यतिखेर त्यहि ब्राह्मणवादले नीतिगतरुपमा र बिचारको हिसावले शासन सत्ता चलाई रहेको छ र समग्र जनतालाई त्यसले नियन्त्रण गरिरहेको छ । 

बाहुनवादीहरुको बर्चस्पमा सुदृढीकरण

निर्दलिय पन्चायति शासनदेखि पुर्ण स्वरुप ग्रहण गरेको ब्राह्मणवादले अभिजातिय प्रजातन्त्रको स्थापना र त्यस यता निरन्तर सुदृढ गर्दै आईहेको छ । अहिलेको “बहुदलिय लोकतान्त्रिक गणतन्त्र”मा त्यसले कसरी सुदृढीकरण गर्दै गईरहेको छ भन्ने कुरा ९ वटा बिषयहरुलाई केलाएर हेर्न र विश्लेषण गर्न सकिन्छ । 

पहिलो, यसले नीति तथा कानूनीरुपमै सुदृढीकरण गर्यो । अन्तरिम संविधानले ब्राह्मणवाद र ब्राह्मणवादमा टिकेको राज्यसत्तालाई खलबऋयाउन र धरासायी बनाउनेतिर गईरहेको थियो तर मुलुक त्यस दिशाबाट पछि फक्र्यो अर्थात नया संविधानको घोषणा मार्फत मुलुक प्रतिगमतिर फक्र्यो । उक्त नया संविधान मार्फत मुलुक सदा अभिजातिय बर्चस्प रहने “बहुदलिय लोकतान्त्रिक गणतन्त्र” हुन गयो त्यसले बहुलराष्टिुय लोकतन्त्रात्मक गणतन्त्र हुनबाट रोक्यो । यसैले, त्यसले राज्यलाई राष्ट्र—राज्यको बाटोमा लग्यो । धर्म निरपेक्ष राज्यको नाम लिएर सनातन हिन्दु धर्मलाई शासक धर्म बनायो । गाईलाई राष्ट्रिय जनवार बनाएर मुलुकी आचार संहिता बनाई कतिपय आदिवासीहरुको संस्कृतिलाई नियन्त्रण गर्ने बाटो लियो । देवनागरी लिपीमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरि नेपाली भनिएको खस पर्वते भाषालाई शासक भाषाकोरुपमा खडा गर्यो । राज्यलाई भौगोलिक आधारको एकल राष्ट्र संघिय राज्य बनायो । बहुलराष्ट्रिय संधिय राज्यको घाटी निमोठ्ने काम गरी निषेधको बाटो लियो । बहुलराष्ट्रिय सहमतिय लोकतन्त्रात्मक शासन व्यवस्थालाई निषेध गर्दै अभिजातिय बर्चस्प रहने बहुदलिय संसदिय शासन व्यवस्था स्थापना गर्यो । 

दोस्रो, ब्राह्मणवादले राज्य शासनमा आफ्नो बर्चस्प हुने गरि शासन संरचनाको सुदृढीकरण गर्यो । नया संविधान जारी गर्दाको अवस्थामा राज्य शासनको मेरुदण्डकोरुपमा रहेको निजमति कर्मचारी सेवामा ८३% बाहुन तथा क्षेत्रीको सहभागीता थियो । त्यसमा पनि ७०% भन्दा बढी बाहुनको मात्र उपस्थिति रहेको थियो । त्यसलाई बदल्न र सबैको समान सहभागीता गराउन जातिय जनसंख्याको आधारमा समानुपातिक सहभागीता गरिनु पर्नेमा ब्राह्मणवादले समाबेशी सिद्धान्त अपनाउने काम गर्यो जस्ले राज्य शासनमा ७०% प्रतिशत भन्दा बढी एक जातको बर्चस्प रहने व्यवस्थालाई निरन्तरता दियो । 

तेस्रो, यसले राज्यको पुनरसंचनालाई आफु बलियो र आफ्नो नियन्त्रण रहने गरि सुदृढीकरण गर्यो । स्थानिय तहको पुनरसंचना गर्नु भन्दा अघि संविधानको धारा ५६ को उपधारा (५) बमोजिम पहिले संघिय कानून बनाएर आदिवासी जनजाति, सिमान्तकृत लगायतका समुदायको लागी अधिकार सहितको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, बिशेष क्षेत्र, बिकास तथा सांस्कृतिक क्षेत्र घोषणा गरिनु पर्दथियो । तर यसलाई ब्राह्मणवादीहरुले मिचेर अदेखा गरि संविधानकै बरखिलापमा काम गरेर आफुलाई बलियो बनाउने र नियन्त्रण राखि राख्ने काम गरे । संघिय राज्य पुनरसंरचनामा अरुलाई चिप्लाएकै थिए भने स्थानिय तहमा पनि चिप्लाए । 

नेपालमा राजनीतिक दल भनेको बोलेर, तिगडम गरेर, जनतालाई झुट्टा आश्वासन दिएर, अर्काको पसिनामा बाचेर ठुल ठुला कुरा गरि हिड्ने र सत्तामा पुगे पछि भ्रष्टाचार तथा घोटाला गर्ने जत्थाको पर्यायकोरुपमा लिने गरिएको छ ।

चौथो, ब्राह्मणवादीहरुले दलिय राजनीतिबाट आफ्नो स्थितिलाई सुदृढ बनाए । नेपालमा राजनीतिक दल भनेको बोलेर, तिगडम गरेर, जनतालाई झुट्टा आश्वासन दिएर, अर्काको पसिनामा बाचेर ठुल ठुला कुरा गरि हिड्ने र सत्तामा पुगे पछि भ्रष्टाचार तथा घोटाला गर्ने जत्थाको पर्यायकोरुपमा लिने गरिएको छ । दल भित्र भएको ब्राह्मणवादी जत्थाले गर्ने पनि त्यहि नै हो । जनता मजबुर छन् ति राजनीतिक दलको पछि लाग्न किन भने जनताको लागी भर पर्दो बिकल्प पनि छैन । काम नगर्ने तर मिठो र मिलाएर बोल्ने, तिगडम, जालझेल गर्ने, झुट्टा आश्वासन दिने, अर्काको पसिनामा बाच्ने, ठुल ठुला कुरा गरि हिड्ने र सत्तामा पुगे पछि भ्रष्टाचार तथा घोटाला गर्ने एक थरी समुह तथा ब्राह्मणवादीहरुको पेशा, बिशेषता र चरित्र नै हो । यिनले राजनीतिक दलमा कव्जा जमाए र उनकै सोच, ईच्छा तथा निगाह अनुसार आफ्ना प्रतिनिधीहरुलाई सत्तामा पुर्याए । तिनै प्रतिनिधीहरु मार्फत देशको शासन र सत्तामा आफ्नो स्थिति सुदृढ गरे ।  

पाचौ, ब्राह्मणवादीहरुले कथित बर्गिय दलिय राजनीतिबाट आफुलाई स्थापित गर्न र आफ्नो स्थितिलाई सुदृढ बनाउन सफल भए । तथ्यांक अनुसार यो देशमा ८० प्रतिशत भन्दा बढी गरिव तथा बिपन्न दलित, आदिवासी जनजाति, मुस्लिम तथा मधेसी रहेका छन् । यिनै ८० प्रतिशत गरिव तथा विपन्न बर्गका मानिसहरुलाई विश्वास दिलाएर अर्थात उसको बिचारमा औपनिबेशीकरण गरि तिनीहरुको नेतृत्व लिन सफल हुनु पहिलो त ब्राह्मणवादीहरुको त्यो खुबी र क्षमतालाई प्रसंसा नै गर्नु पर्छ भने ८० प्रतिशत गरिव तथा बिपन्नको औपनिबेशिकृत दिमाग (colonized mind) ले ब्राह्मणवादीले देशको शासन र सत्तामा सुदृढ गरेको कुरा बुझ्दैन, बुझिहाले पनि ठिकै ठान्छ किन भने उ ब्राह्मणवादीको दास भईसकेको हुन्छ । 

छैटौ, ब्राह्मणवादीहरुले कथित राष्ट्रवादको राजनीतिबाट आफुलाई सुदृढ गरे । यिनले देशभक्तिलाई राष्ट्रवादकोरुपमा स्थापित गर्न एक हदसम्म सफल भए । यिनीहरुको देशभक्ति सच्चा देशभक्ति थिएन । त्यो आफु र आफ्नो राजनीतिलाई सुदृढ गर्ने स्वार्थी नाटक मन्चन थियो । सो स्वार्थी नाटक मन्चनले देश र जनतालाई झुक्याएर ब्राह्मणवादीहरुले कथित राष्ट्रवादको नाममा आफ्नो स्थितिलाई सुदृढ गरे । 

सातौ, ब्राह्मणवादी जत्थाले कथित बिकास र सम्बृद्धिको राजनीतिबाट आफ्नो स्थितिलाई सवल र सुदृढ गर्न कोसिस गरिरहेका छन । राणातन्त्र र राजतन्त्र रहदासम्म ब्राह्मणवादीहरुलाई क्रान्तिको जरुरत थियो । राणातन्त्र र राजतन्त्र बिरुद्धको आन्दोलन र क्रान्तिले मात्र राजतन्त्र फ्याकिन सक्दथियो । त्यसैले, तिनले राजतन्त्र हटाउन माओवादी जनयुद्ध र संसदिय राजनीतिक दलहरुलाई एक ठाउमा ल्याउने काम गरे । यो काममा यिनीहरुलाई भारतिय ब्राह्मणवादीहरुको साथ सहयोग रह्यो । देशमा जतिसुकै गरिवी, उत्पीडन, थिचोमिचो भए पनि अब यिनीहरुलाई आन्दोलन तथा क्रान्तिको जरुरत छैन किन भने उनीहरु आफै शासन सत्ताका राजा भईसकेका छन् । यसैले, यिनीहरु जनतालाई छक्याउन, गुमराहमा राख्न र भ्रम दिन बिकास तथा सम्बृद्धिको कुरा गरिरहेका छन् । उत्पीडित बर्गहरु र उत्पीडित जातिहरु यतिखेर मुक्तिको लागी लडिरहेका छन् । उनीहरुको मुक्तिको लागी क्रान्ति गर्नु पर्ने आवक्यता रहेको छ । आम जनताले आफ्नो मुक्तिको लागी मुठ्ठीभर ब्राह्मणवादीहरुको बिरुद्धमा अब जनबिद्रोह र बहुलराष्ट्रिय क्रान्ति गर्नु पर्ने आवश्यक्ता रहेको छ । 

आठौ, ब्राह्मणवादी जत्थाले आफ्नो बिचार बाहक सत्ताको बलमा कुटनीतिक प्रयासबाट अन्तर्राष्ट्रिय तहमा यिनीहरु एक हदसम्म स्थापित र सुदृढ हुन सके । यिनीहरुले अन्तर्राष्ट्रिय कुटनीतिक जगत तथा समुदायमा राज्यको औपचारिक प्रतिनिधीत्व र बिचारकोरुपमा आदिवासी जनजाति, दलित, मधेसी लगायतको समुदायललाई सहयोग नगर्न लबिङ गरे । उनीहरुको एउटै जिकीर रह्यो कि यि समुदायलाई आर्थिक तथा नैतिक सहयोग गरेमा त्यसले नेपालमा द्धण्द्ध बढाउछ । जे जति सहयोग गर्ने हो त्यो राज्यको एक द्धारबाट जान आवश्यक छ । परिणामत, विभिन्न दाता र सहयोगी संस्थाहरुले आदिवासी जनजाति लगायतको समुदाय तथा उनीहरुको संस्थालाई कार्यक्रम सहयोग गर्न कम गरे । यसबाट आदिवासी जनजाति, सिमान्तकृत लगायतका समुदायमा जनचेतना अभिबृद्धि हुने कुरालाई रोक्न ब्राह्मणबादीहरु एक हद सफल भए र सफल भईरहेको अहिलेको स्थितिले देखाउछ । 

ब्राह्म्णवादीहरुको  कार्यहरुले आदिवासी जनजाति, दलित लगायत सिमान्तकृत समुदायलाई पचासौ बर्ष पछि पार्ने काम भएको छ ।

नवौ, ब्राह्मणवादी जत्थाले आफ्नो अनुकुल अर्थ योजना गर्न र व्यवस्थापन गर्न सफल भए । राज्य शासन र सत्ता आफ्नो नियन्त्रणमा भए पछि यस्तो गर्न अस्वभाविक भएन । अर्थ नीति, आर्थिक सुविधा तथा सहयोगको योजना शासन र सत्ताको नजिक र शासन तथा सत्तामा रहेकाहरुसंग जस्को नाता सम्बन्ध रहन्छ उनीहरु नै बढी लाभदायी हुन्छन् । अरुलाई त्यसको सुईको सम्म दिईदिनैन र अरुले थाहा पनि पाउदैनन । के आर्थिक नीति बन्दैछ बन्यो र के आर्थिक कार्यक्रम बन्दैछ बन्यो भन्ने कुरा मुठ्ठीभर ब्राह्मणवादी र तिनका आसे पासेलाई मात्र थाहा हुन्छ र त्यसबाट लाभ लिने तरिका, प्रकृया र विधीहरु पनि उनीहरुलाई नै मात्र थाहा हुन्छ । परिणामत, देशको ६५ प्रतिशत भन्दा बढी बित्तिय कारोबार तथा बित्तिय कारोबार गर्ने संस्थाहरु बाहुनहरुको कव्जामा रहेको तथ्यांकले देखाउछ । शासन र सत्तामा नियन्त्रण तथा कव्जा रहेको कारणबाट नै ब्राह्मणवादीहरुले नेपाली सेनामा समेत पकड जमाउन शुरु गरिसकेका छन् ।  

नेपाली जनता पचासौ बर्ष पछी

यि माथी प्रस्तुत चित्रहरुले आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम तथा सिमान्तकृत जनसमुह निरीह मात्र भएका छैनन ब्राह्म्णवादीहरुको यि सब कार्यहरुले आदिवासी जनजाति, दलित लगायत सिमान्तकृत समुदायलाई पचासौ बर्ष पछि पार्ने काम भएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहदेखि निर्दलिय पन्चायति कालसम्म आईपुग्दा सबै पहिचानका जनसमुहले स्वायत्तता, स्वशासन, स्वभिमान, भाषा, संस्कृति लगायत आफ्ना सबै कुराहरु गुमाउनु पर्यो भने कथित प्रजातन्त्रको स्थापनादेखि लोकतन्त्र गणतन्त्रको समयकालमा आफ्नो अस्तित्व नै गुमाउनु पर्ने अवस्था सिर्जना गरिएको छ । बहुलराष्ट्रिय क्रान्ति तथा जनबिद्रोह मार्फत ब्राह्मणवादी शासन र सत्ता फाल्ने काम गरिएन भने आजको ५० बर्षपछि सबै कुरा सिद्धीएर अस्तित्व हराएको जनसमुह मुठ्ठीभर ब्राह्मणवादीहरुको सदा दास र भरिया हुनुको बिकल्प रहदैन । 
 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook