जातीय संस्थाहरुले ठूलो धोका दिएका छन्  : कुमार लिङ्देन

मंगलवार ०७ जेष्ठ, २०७६   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

जातीय संस्थाहरुले ठूलो धोका दिएका छन्  : कुमार लिङ्देन

संघीय लोकतान्त्रिक राष्टिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक पहिचानजनित आन्दोलनमा पूर्बमा निरन्तर क्रियाशिल रहनु भएको छ । खास गरेर लिम्बुवान प्राप्तीको आन्दोलनमा उहाँको दल सक्रिय रहेको छ । नेपालका क्षेत्रीय दलहरुमा मधेशबादी पछि शसक्त दलमा कुमार लिङ्देनको नेतृत्वमा रहेको दलको नाम आउँने गर्दछ । तथापि, अहिलेको संबैधानिक संरचनामा यो माँग निकै दुरुह जस्तै देखिन्छ । उता लिङ्देन भने लिम्बूवान आउनेमा विश्वस्त देखिन्छ । 

इन्डिजिनियस भ्वाइसकर्मी जगत दोङले उहाँसंग लामो कुराकानी गर्नु भएको थियो । प्रस्तुत छ, सोही कुराकाीको सार संक्षेप : 
 
तपाईहरुले लिम्बुवान प्रदेशको माग गर्दै आउनु भएता पनि नयाँ सबिंधान २०७२ आएपछि यो माँग सम्बोधन  नहुने जस्तो देखिन्छ । यसलाई तपाँईले कसरी हेर्नुभएको छ ?

लिम्बुवान, खम्बुवान, तामाङ्सालीङ, नेवा, मगरात, खसान, थरुहट, तमुवान र मधेसको माँग अरु माँग जस्तो होइन । नेपाली राजनीतिमा देखिने साँसद जित्ने, पदमा जाने, खाने प्रकारको यो राजनीनित  होईन ।

तामाङ्सालिङ आउन किन गाह्रो भईरहेको छ, लिम्बुवान आउन किन गाह्रो भै रहेको छ  ? धेरैलाई सामन्य जस्तो लाग्दो हो । तर यो यस्तो चिज हो एकचोटी आईसके पछि धेरै  होईन पाँच लाख वर्षमा नि नजाने चिज हो । यो कुराले  हाम्रा लिम्बुले बुझेको छैनन्,  हाम्रा तामाङले बुझेका छैनन् होला । तर यो देशका सत्तामा वस्नेले बुझेका छन् ।

त्यसैले सत्ताधारीहरु लिम्बुवान रोक्नका लागि लागिपरेका छन् । तामाङसालिङ रोक्न सक्रिय छन् । यसलाई रोक्नका लागि अनेकौं चरणमा षडयन्त्र भईरहेका छन । हामी यसकालागि लडिरहेका छौ, लिम्बुवान सहितको १० जोड १  हाम्रो बटमलाइन हो । हतारहतार मन्त्री, प्रधानमन्त्री बन्ने हाम्रो प्राथामिकताको बिषय होइन । तामाङ एउटा समुदाय हो, लिम्बु एउटा समुदाय हो, नेवार एउटा समुदाय हो यसलाई राष्ट्रमा परिणत गर्ने लडाँइ हो । 

हतारहतार मन्त्री, प्रधानमन्त्री बन्ने हाम्रो प्राथामिकताको बिषय होइन । तामाङ एउटा समुदाय हो, लिम्बु एउटा समुदाय हो, नेवार एउटा समुदाय हो यसलाई राष्ट्रमा परिणत गर्ने लडाँइ हो । 

त्यसको तात्पर्य लिम्बुवान, तामाङसालिङ  नचाहनेहरु यस मानेमा सफल भएको मान्नु प¥यो हैन ?  

त्यसो पनि होइन, देशमा सघियता आइसकेको छ । प्रान्त लिइसकेका छौ, अब यसलाई नै सुधारेर १० जोड १ पु¥याउनु कुनै ठुलो कुरा होईन् ।  मुख्य चिज आईसकेको छ ।  संघियताबाट व्याक हुने अवस्था छैन । 

भनेपछि लिम्बुवान चाँडो आउनेमा तपाँई ढुक्क हुनुहुन्छ ?

कुनै न कुनै दिन आउनै पर्छ । यो धर्तिमा तामाङसलिङ, लिम्बुवान नआई कसरी हुन्छ ?  किनभने हामी संघियतामा प्रबेश गरिसकेका छौ । 

६४÷ ६५ सालको अवस्थलाई फर्केर हेर्ने हो भने तपाँइले भन्नु भएजस्तो लिम्बुवान, तमुवान, नेवा, तामाङसालिङ आईसकेको परिस्थिति  थियो तर अहिले त्यो स्थिति छैन  ?

अहिले केही दिन त्यो हुन् सक्छ ।  विश्वको राजनीतिक विकास हेर्दा अहिलेको अवस्था स्थायी होइन । सिंगो राजनीतिक इतिहासका लागि यो १०÷१५ वर्ष केही होइन् । एउटा सुन्तला रोपेर फल खानाको लागि कम्तीमा ६—७ बर्ष लाग्छ भने यत्रो लिम्बुवान तामाङसालिङ, तमुवान मगरात ल्याउन केही समय त अवश्य लाग्छ, तर त्यसको अर्थ सुतेर बस्नु होईन, आतिनु हुँदैन निरन्तर लाग्नु पर्छ ।

तपाँईहरुले जतिपनि गतिविधि गरिरहँनु भएको छ, यसले त्यो खालको संकेत गर्छ ?

अवस्य नै संकेत गर्छ । अर्को चुनावसम्ममा नेपालले नसोेचेको राजनीतिक परिबर्तन ल्याउन सक्छ । म यसमा एकदम विश्वस्त छु । 

गत वर्ष सम्पन्न संघ, प्रदेश र स्थानियतहको चुनावको परिणम हेर्ने हो भने त त्यो संकेत  देखिदैन ?

यस्तो हो । राजाले पनि राणाकाल भरी काम गर्न पाइएन भन्थे । १७ देखि ४६ सालसम्म एकछत्र राज्य ग¥यो, काङग्रेसले पनि ४६ देखि ५५—५६ सम्म एकछत्र चलायो अहिले बामपन्थीहरु आए । 
उनीहरु रोए कराए, चिच्याए, त्यसपछि के गर्नु त रोदनको अघि हामी यत्रो लडाई गरेउँ एक चोटी मौका देउ भने नेपाली जनताले पनि कम्युनिष्टहरुको स्थायी सरकार हेरुँन त भन्ने लागेको होला । राजा हेरे, राणा हेरे, कांग्रेस हेरे, कम्युनिष्ट हेरे अब  जनताले थाहा पाए के रहेछ भन्ने कुरा । 

कम्युनिष्टहरुको असली नकाब अहिले मात्रा खुल्दै छ । अहिलेसम्म आधा मात्रा हेरिएको छ । ९ महिनामा १० खर्ब बजेट घाटा  भईसकेछ ।

कम्युनिष्टहरुको असली नकाब अहिले मात्रा खुल्दै छ । अहिलेसम्म आधा मात्रा हेरिएको छ । ९ महिनामा १० खर्ब बजेट घाटा  भईसकेछ । अब हरेक नेपालीले डोको बुनेर घर घरमा राखे हुन्छ । अव थैलीमा हैन पैसा डोकामा बोकेर आलु किन्न जानुपर्छ, भेनेजुयला जस्तै स्थितिमा पुग्छ नेपाल ।   याहाँका आदिबासी, दलित सिल्पी,  खस, मधेशी हामी नउठी यो नेपाल नबने रैछ भन्ने प्रमाणित हुँदैछ,  । समयले जनताले पनि बुझदै गएका छन । 

तपाँईहरुको जुन एघार प्रदेशका माग छ त्यसमा पनि प्रदेश एकलाई कसरी हेर्नुभएको छ ?

होइन,  अहिलेको एक नम्बर प्रदेश दुई ओटा प्रदेशमा बिभाजित हुनै पर्छ, त्यो लिम्बुवान, किरात खम्बुवान हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो ।  तीन नम्बर प्रदेश नेवाः ताम्सालिङ भए जस्तै हो । अहिले एउटा के छ भनेदेखिन यहाँका बाहुन शासकहरुले बढो चलाखि गरिरहेका छन । 

प्रचण्ड—ओलीहरु उनीहरुको दिमागले भ्याएसम्म हाम्रोे विरुद्धमा षडयन्त्र गरिरहेकाछन  । यो कुरा हामीले मज्जाले बुझेका छौ  । उनीहरु लिम्बु र राईलाई जुधाएका छन् ।  तामाङ र नेवारलाई जुधाउने र मगर र गुरुङलाई भिडाइदिने र उनीहरु हास्ने काम गरी रहेका छन् ।  उनीहरुको यो षडयन्त्र कति दिनसम्म चल्छ ?

अहिलेको संरचना तेही हा,े मधेशमा ८ जिल्लाको एक प्रान्त भए पछि उपेन्द्रजी ढुक्कै बसिराछ, उपेन्द्रजी किन सरकार उन्मुखको कुरा गर्छन ? 

किनभने उनीहरुले मधेश पाईसकेका छन् । यो उनले एक किसिमको लडाई जितेकै हो मधेशमा अब उनको काम हो सरकारमा पुग्ने मात्र हो । हामी राई, लिम्बु, मगर, तामाङ बुझनुपर्ने कुरा के हो भने देखि हाम्रो राज्य आएको छैन्, त्यसको लागि हामीले लड्नु पर्छ । 

एक नम्बर प्रदेशलाई किराँत प्रदेश घोषण गर्नुपर्छ भनेर जुन हिसाबले किराँत—राईहरु लागि रहनु भएको छ तर यसलाई टुक्र्राएर लिम्बुवान र किराँत वनाउनु पर्ने माग तपाँईहरुको हो ?

होइन त्यो किराँत भनेको उनीहरुले नबुझेको हो, संघियताको बारेमा गहिरो ज्ञान भएको साथीहरु खासै देखिएन ।  कम्युनिष्ट पार्टीका सदस्यहरु, कांग्रेस पार्टीका सदस्यहरु साथीहरुबाट किराँत अभियान चलाएका हुन् ।

तपाईहरुको मागका कारण विवाद  आएको छ । यसवाट कोशी प्रदेश राख्न उनीहरुलाई सहज त भएको हौईन ?

ब्राम्हणवादीहरुको सफलता नै केहो भने हामीलाई भिडाउनु हो । ओली काकाहरुले लिम्बू नेताहरुलाई घुमाईरहेका छन् । कांग्रेसमा तेही छ । शेर्पामा पनि तेही रहेको छ । यसलाई जुन सकली लिडरसिप तलबाट आउछनी जो ग्रउण्डवाट लिम्बुवान चाहाने किराँत चाहाने शेर्पा चाहाने तमाङ, तमु, नेवा चाहाने त्यसलाई गोलमेच भनिन्छ त्यसले कित्ता काटदछ ।

ब्राम्हणवादीहरुको सफलता नै केहो भने हामीलाई भिडाउनु हो । ओली काकाहरुले लिम्बू नेताहरुलाई घुमाईरहेका छन् । कांग्रेसमा तेही छ । शेर्पामा पनि तेही रहेको छ ।

अहिले सम्म प्रदेशको नामाकरणको प्रबृत्ति हेर्दा पहिचानको कुरा नआउने देखिन्छ के यो तपाँईहरको माग आन्दोलन औपाचारीक पुरा गर्न मात्र हो ?

यो बाहुनहरु सिद्धिने मेलो हो जस्तै अब प्रदेश न. २ को कुरा गरौँ त्याहाको कुनै नाम रहँदै छैननि हेन किनभने राजपा र फोरम उहाँको नि पुग्दैन दुईतिहाई अर्कोको नी पुग्दैन आउने बीसवर्ष सम्म त्यहाँको नाम नरहने जस्तो देखिन्छ । 

अहिले त सुनसानै छ । नामाकरण कमसेकम यो चोटी  नहुने अवस्था छ । ठिकै छ म बाहुन नेताहरुलाई म यही बाट भन्छु ठिकै छ तिमीहरुले मधेशलाई प्रान्त पनि दियो ठिकै हो नामपनि नराख,  अनि हामी जोसंगै घरआगन भएकोमा लिम्बुवानलाई शिरच्छेदन गर खम्बुवानलाई गर । तामाङ नेवा र  शेर्पालाई गर । गुरुङ र मगरलाई गरिसकेउ । जुन एउटा २ न. प्रदेशमा नाम नरहने २ न.को प्रान्त नि छुटिने अरु ठाउँको चाही नाम पनि नरहने नछुटिने भनेपछि चाही तिमी बाहुन नेताहरुले  एकदिन यसको तितो स्वाद लिने दिन आउछ । तर म बाहुन समुदायलाई भनेको होईन कोही राम्रा पनि रहेको छ ।

त्यो भन्ने मात्र कुरा हो की तपाईहरुको गतिविधिलाई हेर्दा र नेपाल आदिबासी जनजाति संघसंस्थाहरुले गरिएको कार्यक्रम आन्दोलनहरु हेर्दा हामी पछि परेको त होईन ?

होईन, होईन धेरै आदिबासी अभियान्ताहरुको कुरा सुनिदै आइएको छ । हाम्रा  पहिचानवादी अभियन्ताहरु थरी थरीका हुन्छन् । तिनीहरु मध्ये कोही पहिचानका लागि लडेका  होलान् । कोही एकै छिन सिट नदिएर कराएका हुन्छन् । कोही बनी बनाउ आदिबासीको ठुलो नेता स्वघोषत हुन्छन् । भोट अर्को पर्टीलाई दिएर फेरी आएर आदिबासीको कुरा गर्ने ? नेकपाका साँसद  विजय सुब्बाको कुरा  सुनियो ।  पहिचानको कुरा सकियो रे ! यो भन्दा हास्यास्पद के हुन्छ ? के उनी आदिवासीका नेता हुन ? त्यसैले  बिस्तारै सबैले बुझदै छ पहिले मान्छेमा भ्रम थियो नि त कम्युनिष्टहरुले ठुलो परिवर्तन ल्याउछ भन्ने तर परिवर्तन त ल्याउँदै छन तर उल्टोबाट ।


नेपालमा जुन नयाँ संबिधानको जारी भयो जस्तै संघ प्रदेश र स्थानीयको निर्वाचन  सकिएको  दुई वर्ष भएको छ  । यो संबिधानले आदिबासी मुद्धहरुलाई सम्बोधन  गर्न सक्ला ? 

 

संघियता आयो  । मधेशले प्रान्त पायो ।  हामी संघियतामा प्रवेश गरी सकेका छौ । धर्मनिरपेक्ष आईसकेको छ ।  गणतन्त्र आयो । त्यति भईसक्दा पनि  ओली—प्रचण्ड सोल्टीहरु पहिचानलाई रोक्न सम्पूर्ण शक्ति लगाई रहनु भएको छ । यो उहाँहरुका लागि घातक छ । 


संघियता आयो  । मधेशले प्रान्त पायो ।  हामी संघियतामा प्रवेश गरी सकेका छौ । धर्मनिरपेक्ष आईसकेको छ ।  गणतन्त्र आयो । त्यति भईसक्दा पनि  ओली—प्रचण्ड सोल्टीहरु पहिचानलाई रोक्न सम्पूर्ण शक्ति लगाई रहनु भएको छ । यो उहाँहरुका लागि घातक छ । 

तपाईहरुको वहस पैरबीहरु कतै कमजोर बन्दै गएको त हैन ?

आदिबासी जनजाति महासंघमा सबै एमालेका साथीहरु छन कांग्रेसको साथीहरु नेतृत्व रहेको छ । मैले वारम्बार भन्ने गरेको छु । तपाँईलाई पाप लाग्ला ।  यसरी जातीलाई नखेलाउनुस,  तपाँई कांग्रेस भए,  जानुस न त्यता राजनीति गर्न ।  कम्युनिष्ट भए त्यता जानु,  समाजवादी भए त्यता जानु ।  किन चुईगम जस्तो टासेर बस्नुहुन्छ ?  किन यायोखा, घेदुङ पक्डेर बस्ने ? आन्दोलन नि गर्न नसक्ने ।  माथीबाट आदेश आउछ भनेर हो की ?  यायोक्खा, घेदुङ  या अन्य संस्था भित्रैवाट राजनीतिमा नलागेको व्यक्ति जुन दिनदेखी आउछ अनिमात्र आन्दोलनले नयाँ रुप लिन्छ । 

अहिले त जातीय संस्थाको नेतृत्व तहबाट ठुलो धोका भैरहेको छ । हिजो देखि आजसम्म नेपाल आदिवासी जनजाति महासंघमा जो नेताहरु हुनुहुन्छ र हुनुहुन्थ्यो ।  आदरणीय हुनु हुन्छ ।  सुरेश आलेमगर देखी डा ओम  गुरुङ,  परशुराम तामाङ, पासाङ शेर्पाहरुलाई देख्छु उहाँहरु सबै क्षमतावान हुनुहुन्छ । आङकाजी शेर्पालगायतको क्षमतालाई म भित्रैबाट प्रशंसा गर्छु, त्यस्तो क्षमता भएको व्यक्ति सिधै सरकारमा गएर राजनीति गरे भई हाल्यो नि ।  यो आदिबासीलाई राणभुमि वनाउन आदिवासीलाई भ्रममा राखेर किन बस्ने ? 

जनजाति आन्दोलनको कुरा एउटा पाटो भयो तपाँईहरु जसरी राजनीतिक दलको रुपवाट के कसरी अगि बढेको छ ।

यो कुरा महासंघसंग जोडिएर आउँछ नि त  । महासंघसंग विभिन्न जातिय संगठनहरु जोडिएर आएका छन नि त  । 

अशोक राई एकदमै आदरणीय व्यक्तित्व हो । उपेन्द्र यादव पनि आदरणीय हुनुहुन्छ  । यसमा मेरो केही भन्नु छैन तर अशोक राईलाई हेरेर धेरै आदिबासीहरु पछि लागे । पछि उहाँहरु फोरममा बिलिन हुनु भयो । फोरमले आफ्ने लडाई जितिसकेको थियो । मधेशलाई ८ जिल्लामा बनाईसकेको छ ।  अब उसको काम भनेको सत्तामा जाने मात्र हो । 

अशोक राईलाई हेरेर धेरै आदिबासीहरु पछि लागे । पछि उहाँहरु फोरममा बिलिन हुनु भयो । फोरमले आफ्ने लडाई जितिसकेको थियो । मधेशलाई ८ जिल्लामा बनाईसकेको छ ।  अब उसको काम भनेको सत्तामा जाने मात्र हो । 


त्यस पार्टीका पहिचानबादी धेरै नेताहरु पहिचानको लागि लड्न चाहान्छन् ।  तर उहाँको पर्टीले आदेश नै दिँदैन । हिजो पोखरालाई गण्डकी बनाउदाँ  खोई लडेको ? पोखारमा त अधिकांश गुरुङहरु फोरम हाल समाजबादी पार्टीमा छन् । उहाँलाई पार्र्टीले आन्दोलन गर भन्ने अधिकार नै दिदैन । विराटनगरकै कुरा गरौ । अहिले सम्म पहिचानको लागि संघिय लोकतान्त्रीक लिम्बुवान मञ्च बाहेक कसले गरेको छ ? कुरा त ठूलठूला गर्छन्, तर सडकमा  आउँदैनन् ।

त्यस्तै, जनमुक्ति पार्टी छ एकदमै पुरानो पार्टी हो र्।  आन्दोलनमा कहिले नआउन,  पुरानो भएर के गर्ने ? अर्को दल मंगोल नेसन पनि छ । उनीहरु  तामाङसालिङ, नेवा लिम्बुवान, किराँतलाई सधै विरोध गर्छन् । अनि जय मंगोल रे ! मंगोल एक हौँ रे । 

तपाँईले संघिय समाजवादी फोरमको नाम बारम्बार लिनुभयो  । केही समय अघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादवको संघिय समाजबादी फोरम एकता भएको अवस्था छ  । यसलाई कसरी लिनु भएको छ ? 

त्यहा भित्र धेरै  कुराहरु  होला जस्तो लाग्छ । मैले बाहिरवाट हेर्दा उपेन्द्र यादव र बाबुरामजीलाई सफल व्यक्ति मान्छु । उपेन्द्र यादवले मधेश पाउनु भयो  । अब उहाँहरुको काम भनेको सरकारमा जाने मात्रा हो । अब त्यहाँ रहेको जनजाति, दलित, सिल्पीको के गर्ने जस्को आन्दोेलननै सुरु भएको छैन । यसका लागि संविधानको २७३ धारा परिवर्तन गर्नू पर्छ । यो काम नयाँ समाजबादी पार्टीले पहल गर्न सक्छ । त्यस पछि तामाङसालिङ, लिम्बुवान, नेवा, तमु, मगरात लडेको देखाउनुपर्छ ।

प्रान्त पाउनको लागि क्षेत्रीय  शक्ति आवश्क पर्छ  । मधेश आउनको लागि उपेन्द्र यादवले क्षेत्रिय हिसाबवाटे आएको हो  । तर अहिले हामीले लड्दा क्षेत्रीय पार्टी आवश्यक छैन भन्ने त्यो त होईन नि, विश्वको इतिहास हेर्दा प्रान्तापाउनको लागि क्षेत्रीय पार्टीको आवश्क पर्ने देखिन्छ   । झारखण्ड मुक्तिमोर्चा, तेलंगना राष्टिय समिति, त्यो नभएको भए त्यहाँ कांग्रेस विजिपी र भारतिय कम्युन्सि पार्टीबाट त्यो सम्भव थिएन । प्रान्तहरु पाउनको लागि क्षेत्रीय शक्तिहरु उठनै पर्छ, जस्तो हिजो मधेशमा थियो  । उहाँले हिजो नपाँउन्जेल ठिक थियो उहाँले पाईसकेपछि यो ठिक छैन भन्नुभयो ।

विस्तृत कुराकानी हेनुहोस :

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook