आदिबासीको परम्परागत ज्ञान लोप हुदै

बुधवार ११ आषाढ, २०७६   |   कला र साहित्य

Print This   |   Font Size + -

आदिबासीको परम्परागत ज्ञान लोप हुदै

अनुज थारु : बर्दिया

बाँस तथा बेतको सामान बनाउने आदिबासी जनजाति थारु समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरयासी समानहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि  कच्चा पदार्थको अभाब र ल्पास्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको  हो । 

‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर अहिले सबै बिर्सीसकेका छौ’– बर्दिया स्थित बाँसगढी नगरपालिका नेवादा गाँउका रामलाल थारुले भन्नु भयो– हामीले अहिले सुपा, बेना, झाउवा, दिलीया झित्नी बुन्न जानेका थियौ । तर अव ती समान कतै पाइदैन । आधुनिक जमाना भन्छन्, सबै कुरा बिर्सी पनि सकेका छौ । दैनिक चलनचल्तीमा नआए पछि बिर्सदै जाने रहेछ । 

यसरी परम्परागत ज्ञान र सीप बिर्सनेमा रामलाल मात्र एकल होइनन् । बाँसगढी ५ लक्ष्मणपुरका फग्गु थारु पनि यस्तो परम्परा मासिँदै गएकोमा चिन्तित हुनु हुन्छ । उहाँ थप्नु हुन्छ –‘जमानाले सबै बिर्र्सी रहेका छाँैँ, बाँस तथा बेतको सास्कृतिसंगै ज्ञान, सिप र कला पनि  मासिदै गएको छ । 

पहिले आँफुलाई चाहिने काठ तथा बाँसजन्य बिभिन्न समानहरु  हामी आफै बनाउने गर्दथ्यौ ।तर अहिले यस्तो सामान बनाउने सीप युवा बर्गमा कसैसंग छैन ।

पहिले आँफुलाई चाहिने काठ तथा बाँसजन्य बिभिन्न समानहरु  हामी आफै बनाउने गर्दथ्यौ । कृषिका लागि चाहिने हलो जुवाको लागि काठ, बाँस, खर पात काट्ने  हाम्रो परम्परा नै हो । बाँसको धेरै समान बन्छ । हाते पंखा, सुपा, छिटुवा, छट्री आफ्नो सिप अनुसार धेरै समानहरु बनाउन सकिन्छ । तर अहिले यस्तो सामान बनाउने सीप युवा बर्गमा कसैसंग छैन । थारुले अगाडि भन्नु भयो –‘यसरी आफनो सीप मासिदै जानु परनिर्भता बढ्दै जानु हो ।’

थारु सामुदायको संस्कार, संस्कृति तथा ज्ञान र सिपले बाताबरण संरक्षण गर्न सहयोग पुगेको दावी स्थानीय थारु अगुवाहरुको छ । तर पछिल्लो चरणमा आधुनिक बिकासका नाममा बन बिनास र बाताबरण प्रदुषण भई रहेको उहाँहरुको बिश्लेषण छ । 

थारुहरुमा खोला, नदिनालामा माछा मारेर खाने चलन थियो त्यो थारुहरु आफ्नो माछा मार्ने एरिया पनि छुट्याएका थिए ।  माछा मार्नको लागि जंगली जडिबुटिको बिष प्रयोग गरिन्थ्यो ।  अहिले जस्तो बिष प्रयोग हुँदैन ।  पहिला–पहिला लगाइने बिषले माछालाई मात्र असर गथ्र्याे  । त्यसले अन्य जलिया जिबहरुलाइृ कुनै पनि असर गर्दैन थियो । यो ज्ञान पनि लोप भएर गएको छ । यस्तो ज्ञान आदिवासीहरुमा मात्रै थियो । यसको संरक्षण नभए पछि नदी खोलामा माछा पनि बिरलै पाइन्छ । 

माछा मार्नको लागि जंगली जडिबुटिको बिष प्रयोग गरिन्थ्यो ।  यो ज्ञान पनि लोप भएर गएको छ । यस्तो ज्ञान आदिवासीहरुमा मात्रै थियो । यसको संरक्षण नभए पछि नदी खोलामा माछा पनि बिरलै पाइन्छ । 


अहिले आदिबासीहरुलाई जंगल प्रबेश निषेध छ । आदिवासीले खेनीखोस्री  बनाएको खोरिया पाखा सामुदायिक बनमा रुपान्त्रण भएको छ । यसका मालिकका रुपमा भुईफट्टा बर्ग देखिएका छन् । ठूला ठूला जंगलहरु सेनाको हातमा छ । यसरी आदिवासीको जल जमीन जंगललगायतका प्राकृतिक स्रोतहरु सरकारीकरण भएर खोसिए पछि यी ज्ञानको प्रयोग हुने  सबैबाटाहरु बन्द भएका छन् । ‘बर्दिया स्थित बाँसगढी नगरपालिकाका प्रमूख शालिकराम अधिकारी पनि यस कुरालाई घुमाउरो पाराले स्वीकार गर्नू हुन्छ । यहाँ अगाडि भन्नु हुन्छ –बाँसगढी नगरपालिका थारु आदिबासी जनजातिहरुको बहुल्याता भएको नगरपालिका भएको हुँदा उहाँहरुको सिप, कला, प्रबिधि र उत्पादनलाई संगै अगाडि बढाउन नगरपालिका तयार छ । खास गरेर उहाँहरुको सीपलाई आर्यआर्जनसंग जोड्न आवश्यक छ ।  त्यसका निम्ति स्थानीय सरकारले थारु हस्ताकला ढकिया, गोरीलाई प्रोत्साहन गरेर अगाडी बढ्ने गरी कार्यक्रमहरु निर्माण गरिएको छ । त्यसैगरी थारु जातिहरुको संस्कृती प्रबद्र्धनका निम्ती,थारु संग्रालय निर्माण कार्य पनि भई रहेको छ ।’ 

आदिवासीहरुको सीप र कला हाम्रो संस्कृति र सभ्यतासंग जोडिन्छ । यसका लागि स्थानीय सरकारको त ध्यान आकृष्ठ भएकै छ, संघ र प्रदेशको पनि केही न केही कार्यक्रम आउन जरुरी देखिन्छ । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook