मातृ भाषा शिक्षाका लागि स्थानीय सरकारको पहल

शनिवार १४ आषाढ, २०७६   |   कला र साहित्य

Print This   |   Font Size + -

मातृ भाषा शिक्षाका लागि स्थानीय सरकारको पहल

शैलेस डंगोल 

राज्यको पुनर्सरचना पछि स्थानीय तहमा शिक्षाको अधिकार प्रक्षेपण भएसंगै मातृभाषामा शिक्षा प्रदान गर्ने अभ्यास कीर्तिपुर नगरपालिकामा सुरु भएको छ । कीर्तिपुर नगरपालिका, स्थानीय सामुदायिक बिद्यालय र स्थानीयबासीको पहलमा बिद्यालयको कक्षा ५ सम्म स्थानीय नेवाः भाषामा शिक्षण सुरु भएको हो । 

नेवाः भाषा स्थानीय नेवार समुदायको मातृभाषा हो । नेपालका आदिवासी जनजाति नेवार समूदायले बोल्ने नेवाः भाषालाई नेपाल भाषा पनि भन्ने गरिन्छ । चिनी–तिव्वती भाषा परिवार  अन्तर्गत तिव्वती–बर्मेली समूहमा पर्ने यस भाषा लेखनका लागि रञ्जना लिपी प्रयोग हुने गरेको छ । तर यो भाषा देवानागिरी लिपी पनि प्रचलनमा छ । 

नेवाः भाषालाई  केही स्थानीय तहको सरकारी कामकाजमा ल्याउने प्रयास पनि भइरहेको छ ।

नेवाः भाषाको प्रयोग साहित्य, मिडिया, संस्कृति, चलचित्र आदि क्षेत्रमा भई रहेको छ । नेवाः भाषालाई  केही स्थानीय तहको सरकारी कामकाजमा ल्याउने प्रयास पनि भइरहेको छ । कीर्तिपुर नगरपालिकाका प्रमूख रमेश महर्जनका अनुसार स्थानीय मातृभाषालाई सरकारी कामकाजमा ल्याउने अभ्यासलाई अगाडि बढाउने क्रममा नेवाः भाषामा निबेदन दिन सकिने, फारमहरुको पनि विकास भएको छ । 

नेपालको संविधान अनुसार नेवाः भाषामा  समुदायले बिद्यालय सन्चालन गर्न सक्ने बिषयलाई समेटेको छ । आधारभूत तहको शिक्षामा मातृभाषाका माध्यमले दिन सकिने नीतिगत व्यबस्था छ । कीर्तिपुर नगरपालिका शिक्षा इकाइका प्रमूख पुण्यप्रसाद घिमिरेका दावी अनुसार भाषा सिकेर कसैलाई हानी हुँदैन । बिभिन्न अनुसन्धानहरुको हवाला दिदै घिमिरेले थप्नु भयो« –‘मातृभाषाको शिक्षणबाट बिद्यार्थी सिकाई उपलव्धी राम्रो हुन्छ । यसै कारण कीर्तिपुर नगरपालिकाले मातृ भाषाको शिक्षालाई प्रोत्साहन गर्ने गरी आफनो शिक्षा नीतिहरु निर्माण गरिरहेको छ ।’ 

‘नेवाः भाषा लामो समय देखि राज्यको दमनमा परेको हुँदा यसको पुनर्जागरण आवश्यक छ ।’ कीतिर्थपुर निवासी नरेश श्रेष्ठले थप्नु भयो –‘नेपाल भाषाको जागरणको आन्दोलन लोकतन्त्रको बहाली संगै सुरु भएको छ । यसलाई हरेक बिद्यालयबाट प्रारम्भ गर्नू पर्दछ ।’ उहाँले नेवाः भाषाको शिक्षण आधारभूत तहमा मात्र नभएर उच्च शिक्षामा पनि जरुरी भएको भनाई राख्नु भयो । ‘हामीले भाषा बचाउने माध्यमका रुपमा भन्दा पनि ज्ञानको संसारलाई मातृभाषा  मार्फत  वितरण होस भन्ने चाहेका छौ ।’ 

उता कीर्तिपुर नगरपालिककाकी उपप्रमूख सरस्वती खड्का पनि स्थानीय तहमा मातृभाषाको शिक्षा हुनु पर्नेमा आफू सहमत रहेको धारणा राख्दै नगरपालिकाले पाठ्यक्रम निःशुल्क दिने तयारी गरेको बताउनु भयो । 

हामीले स्थानीय बिद्यालयको पूर्वाधार, शैक्षिक सामाग्री र बिपन्न समूदायका लागि कापी, कलम र पाठ्यपुस्तक समेत उपलव्ध  गराउँदै आएको बताउँदै मातृभाषाका बिद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तकहरु निःशुल्क उपलव्ध गराएको दावी गर्नु हुन्छ । 

यहाँ  नेवार मात्र होइन गैह्र नेवार बालबालिकाहरु पनि नेवाः भाषाको कक्षामा अभिरुचिका साथ अध्ययन गरिरहेका छन् ।

तर कीर्तिपुर माध्यामिक बिद्यालयका नेवाः भाषा शिक्षक देवआनन्द महर्जन भने पाठ्यक्रमको अभाव अझै हट्न नसकेको जानकारी दिनु हुन्छ । नगरपालिकाको सहयोग त छ, तर सबै बिषयगत पाठ्यपुस्तक नेवाः भाषामा उपलव्ध नभएको उहाँको अनुभव छ । ‘यहाँ  नेवार मात्र होइन गैह्र नेवार बालबालिकाहरु पनि नेवाः भाषाको कक्षामा अभिरुचिका साथ अध्ययन गरिरहेका छन् ।  अहिलेसम्मको माँगलाई पुरा गर्ने हो भने नगरपालिकाको माँग नगण्य हुन्छ ।’ महर्जनले भन्नु भयो । 

कीर्तिपुर नगरपालिकामा रहनु भएका तत्कालीन श्रोत व्यक्ति खगराज जोशी पनि मातृ भाषाको शिक्षणका लागि पूर्वाधारको अभाव देखिएको बताउनु हुन्छ । पहिलो त मातृभाषाको शिक्षा प्रति अभिभावकको आकर्षणको अभावलाई हटाउनु पर्छ । दोस्रो, मातृभाषाको शिक्षण गर्ने जनशक्तिको निर्माण गरिनु पर्दछ र पाठ्यक्रम लगायतका सहयोग उपलव्ध भएमा मातृभाषाको शिक्षाले गति लिन्छ । 
कीर्तिपुरनगर क्षेत्रका सामुदायिक बिद्यालयहरुमा मातृभाषाको शिक्षा लिन सबै जातजातिका बालबालिका तयार भएका छन् । ‘बिद्यालयमा सिकेको भाषा समुदायमा बोलिने भएकोले क्षत्री, बाहुन, तामाङ, मगर र ठकुरी समुदायका बिद्यार्थीहरु पनि रमाई रमाई भाषाको कक्षामा अध्ययन गरिरहेका छन् ।’ 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook