मार्फाली थकालीहरुको तेर् पुजा

बुधवार २५ आषाढ, २०७६   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कुमार यात्रु तामाङ

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल

मार्फाली थकालीहरुको तेर् पुजा

तेर्  पुजा आदिवासी जनजाति मार्फाली थकालीको लोपोन्मूख अमुर्त संस्कृति मध्ये एक हो । खास गरेर जल, जमीन र जंगल प्रतिको श्रद्धा तथा पिता–पुर्खाको संघर्षमय अतीत प्रतिको सम्मान गर्ने परम्परा नै तेर् पुजा हो । 

तेर्को अर्थ मार्फाली थकाली भाषामा ‘अमूल्य बस्तु सुरक्षित गर्ने भाँडो’ वा स्थानलाई बुझाउँने गर्दछ । यही अर्थ अनुसार नै तेर् पुजामा अमूल्य बस्तु प्रकृतिलाई अर्पण गरी पृथ्वीको गर्भमा लुकाइन्छ । यसरी अमूल्य आभूषण तथा अन्नलाई निश्चित बिधि र प्रक्रिया अनुसार लुकाउने काम सम्पन्न भए पछि तेर् पुजा सम्पन्न हुन्छ । यस प्रचलनले मार्फाली आदिवासीको ऐतिहासिक निरन्तरता, थातथलो प्रतिको प्रेम र सामाजिक सुसंगठनलाई एकताबद्ध बनाउने सन्देश प्रबाह हुने गर्दछ । 

तेर् पुजास्थल

यो पुजा अन्य पुजा जस्तो जुनसुकै स्थानमा हुँदैन । संसारको जुनसुकै स्थानमा बसोबास भए पनि यस पुजाका लागि मार्फाली थकालीहरु उनीहरुको आदिभूमिमा नै पुग्ने गर्दछन् । जुन स्थान हालको मार्फा बजारबाट झन्डै दश कोष उत्तर र करीब चार हजार मिटरको उचाईमा रहेको धौलागिरी हिमालको फेदीमा पर्दछ । धौलागिरी पर्बत श्रृंंखलाको फेदी स्थित आलुबारी नै मार्फाली थकालीहरुको आदिभूमि हो । यसलाई स्थानीयबासिन्दाहरु ‘पोङ्सीग्युंग’ भन्ने गर्दछन् । यही नामबाट मार्फाली थकालीहरुलाई ‘पुनेल’ भन्ने गरिएको भनाई पनि सुन्न पाइन्छ । केही समय अगाडिसम्म मार्फाली थकालीहरुलाई ‘पाँचगाउँले थकाली’ पनि भन्ने गरिन्थ्यो । थाकखोला उपत्यकामा बसोबास गर्ने भएकाले मारफालीहरुले आफूलाई थकाली दावी गर्दै आएका छन् । 

तेर्  पुजा आदिवासी जनजाति मार्फाली थकालीको लोपोन्मूख अमुर्त संस्कृति मध्ये एक हो । तेर्को अर्थ मार्फाली थकाली भाषामा ‘अमूल्य बस्तु सुरक्षित गर्ने भाँडो’ वा स्थानलाई बुझाउँने गर्दछ ।

समून्द्री सतहबाट करीब २६५० मिटरको उचाईमा रहेको मुस्ताङ जिल्लाको मार्फा काली गण्डकीको किनारमा अवस्थित छ ।  जसलाई थाक खोला उपत्यका पनि भन्न सकिन्छ ।  मरुभूमि जस्तो देखिने नागीडाँडा, स्याउ र ओखरको बगैचा, आन्तरिक र बाह्य पर्यटकका लागि खुलेका होटलहरु र आदिवासी मार्फालीहरुको मौलिक पहिरन, भाषा तथा संस्कृति अनि पहिचानजनित सामाजिक संगठन मार्फाको मौलिक बिशेषता हो । यही स्थानमा नेपाल सरकारबाट सूचिकृत आदिवासी मार्फाली थकालीहरुको मूख्य बसोबास रहँदै आएको छ ।  तर उनीहरुको पहिलो र अन्तिम बसाई भने यो होइन । सामुहिकतामा आधारित संस्कृति भएका आदिवासी मार्फाली थकालीहरु बिभिन्न स्थानमा बसोबास गर्दे सामुहिक बसाई सरेर आएका हुन् । यस अघि दमाङमा बसोबास गरे । यो पुरानो मार्फा हो । यस अघि पनि बिभिन्न स्थानमा सामुहिक बस्दै आएको भनाई छ । 
 
मार्फाली थकालीको  आफनै इतिहास, परम्परा तथा धार्मिक संस्कार र मान्यताहरु छन् ।  बिश्वभर  करीब दुइहजार मात्र जनसंख्या भए पनि मार्फालीहरुको साँस्कृतिक पक्ष निकै सबल रहेको छ ।  बिभिन्न चाँडपर्ब, धार्मिक प्रचलन तथा इश्वरीय आस्था र बिश्वासले मार्फाली थकालीहरुलाई फरक पहिचान दिइरहेको हुन्छ ।  यस मध्ये एक तेर् पुजा हो । 

पुजा विधि 

तेर् पुजा मार्फाली थकालीहरुको बिशेष पुजा हो । हिमाली बौद्ध संस्कृति अनुसार निश्चित बिधि बिधानमा रहेर यो पुजा गर्ने गरिन्छ ।  सबै भन्दा महत्वपूर्ण कुरा मार्फाली थकालीहरुको आदिभूमिमा  नै  यो पुजा सम्पन्न गर्ने परम्परा  बिशेष मानिन्छ । पुजा गर्ने दिन र समयको साइत गुम्बाका लामाले तय गर्ने गर्दछन् । खासमा यो पुजा बैशाख पुर्णिमाको आसपासमा पारेर गर्ने गरिन्छ । तर पुजाको दिन भने लामाले पात्रो अर्थात चिही हेरेर तय गर्ने गर्छन् । 

पुजाको अघिल्लो दिन हरेक घरबाट पुजा सामाग्री संकलन गर्ने काम हुन्छ । यो नै समूदायको प्रमूख सहभागिता हो । यसको संयोजन स्थानीय मुखियाले गर्ने गर्दछन् । पुजास्थलमा सबै घर परिवार जान आवश्यक छैन । पुजारीका रुपमा लामागुरु र केही सहयोगीहरु भए पुजा सम्पन्न हुन्छ । तेर् पुजास्थल मुस्ताङ जिल्लाको घरपजोङ गाउँपालिका स्थित वडा नम्बर २, मार्फा गाउँबाट झन्डै १० कोष उत्तरमा पर्दछ । परम्पराबाट नै त्यहाँ तेर् पुजा गर्ने चलन छ । स्थानीय बासिन्दाको भनाईमा यस्तो प्रचलन करीब दुईसय बर्ष अगाडि देखि चलेको हो । 

तेर् पुजास्थल मुस्ताङ जिल्लाको घरपजोङ गाउँपालिका स्थित वडा नम्बर २, मार्फा गाउँबाट झन्डै १० कोष उत्तरमा पर्दछ । परम्पराबाट नै त्यहाँ तेर् पुजा गर्ने चलन छ ।

मार्फाली थकालीका पुर्खाहरुले पहिलो पटक कृषिको सुरुवात गरेको स्थानमा नै यो पुजा गर्ने गरिएको भनाई राख्नेहरु पनि छन् । तेर् पुजा मूलतःः तीन ऐतिहासिक स्थानमा गर्नू पर्दछ । आलुबारी पहिलो पुजास्थल हो । जहाँ तेर् पुजाको पहिलो  बिधी ‘छ्युतेर’ सम्पन्न हुन्छ । 

पानीको स्रोतको पुजा  

छयूतेर् पुजा गर्न सबै भन्दा पहिले स्थानको पहिचान गर्नू पर्दछ । पुरानो छ्योर्तेनको भग्नावशेष, पानीको मूल र यस अघि लुकाइएको छ्युतेर अर्थात लुकाइएको तामाको भाँडाका आधारमा अनुभवीहरुले स्थानको पहिचान गर्ने गर्दछन् । 

स्थान पहिचान भए पछि साङ सेरगमका लागि आगो बाल्ने काम हुन्छ । जहाँ सुनपाति, तीतेपाती, धुप,ी, गोकुल धुप बालेर वातावरणलाई सुगन्धीत र न्यानो बनाइन्छ । यस पछि भने त्यहाँ कलश स्थापनाको विधि सुरु हुन्छ । सबै भन्दा पहिले करीब आठऔला नापको नागराजा बासुकीको मुर्ती पीठोबाट तयार गरिन्छ । यस मुर्तीलाई तोर्मा भनिन्छ । यस तोर्माको शिरमा सातवटा सर्पको फणाले घेरिएको बनाइन्छ ।  जसलाई भूमिपति महोरग अर्थात बासुकीनाग पनि भनिन्छ । यसको साथमा अनेकौ प्रकारका गेडागुडी र अन्न, पाँचप्रकारका रत्नहरु,लाई कलशमा राखिन्छ । 

त्यस अवसरमा  प्रज्ञापारमिताको संक्षिप्त सुत्रको पाठसंगै  भूमिपति महोराग नागराजालाई आह्वान गरिन्छ । प्रकृति र भूमिका संरक्षक, जल रक्षकका रुपमा नागराजालाई सुद्धजल र दुधकोधारा अर्पण गरिन्छ । यसबाहेक अन्य छो तथा प्रसादहरु पनि बिभिन्न मन्त्रोचारणका बीच अर्पण गर्ने  गरिन्छ ।  

अब भने छ्युतेरको बिशेष बिधी बिधान सुरु हुनछ । यस अघि नै लुकाइएको तामाको भाँडामा महत्वपूर्ण जुहारतहरु राख्ने काम हुन्छ । जहाँ सुन, चाँदी, हिरा, मोति, सालीग्राम लगायत बहुमूल्य रत्न तथा खनिज पदार्थलाई भाडामा राखेर बन्द गरिन्छ र पुजा बिधान अनुसार भिक्षुको मन्त्रोचारणका साथ अतिगोप्य स्थानमा यो भाडाँलाई लुकाएर राख्ने गरिन्छ ।   यो भाडो लुकाएको स्थान त्यहाँको पवित्र नदीको मूख्य मूल भन्ने विश्वास छ । यसरी अमूल्य रत्नलाई गोप्य रुपमा लुकाइने भएकैले तेर् भनिएको हो । 

यो पुजा गरे पछि बाढी, पहिरो नआउने र कृषिबाली राम्रो हुने बिश्वास  गरिन्छ ।

यो पुजा गरे पछि बाढी, पहिरो नआउने र कृषिबाली राम्रो हुने बिश्वास  गरिन्छ । छ्यतेर पुजा सकिए अर्को ग्यूंगमा (डाँडामा) ‘ठूतेर’ पुजा गर्नु पर्ने हुन्छ । छुतेर् पुजास्थलबाट ठूतेर् पुजास्थल करीब ३ किमीको दुरीमा अवस्थित छ । यसलाई पुन्डेग्यूंग अर्थात मार्फालीहरुको कृषियुगको आदिम थलो मानिन्छ । 

कृषि बालीको सम्मान

समुन्द्री सतह भन्दा करीब चारहजार मिटरको उचाईमा रहेको  पुन्डेग्युंगमा गरिने पुजाबाट कृषिबाली राम्रो हुने बिश्वास गरिन्छ । यहाँ पनि छूतेर पुजामा झै कलश स्थापना गरेर बिशेष पुजा गरिन्छ ।  र  धान, मकै, गहुँ जौ, उवा, लगायतका अन्नलाई त्यस्तै तामाको भाँडामा राखेर पुजा गरी गोप्यस्थानमा लुकाइन्छ । यो नै तेर् पुजाको दोस्रो स्थान हो ।  

अब भने छ्युतेर र ठतेर पुजा गरिएको भोलिपल्ट भोलिपल्ट दमाङमा अर्को पुजा हुन्छ । यो मार्फाली थकालीहरुको यो अर्को पितृभूमि हो । सामुहिक बसाई सर्दै आएका मार्फली थकालीहरुले कालीगण्डकीको किनारमा अवस्थित रमाइलो फाँटमा पहिलोपटक आधुनिक बस्ती बसाएका थिए । यसलाई अहिले पुरानो मार्फाली गाउँ पनि भन्ने गरिएको छ ।  यो दमाङमा आए पछि उनीहरुले अन्य समूदायसंग घुलमिल हुन सम्भव भएको अनुमान गरिन्छ । दमाङ शव्द तमाङबाट अपभ्रंस भई बनेको हो । थकालीहरु तमाङशव्दलाई आफनो जातीय परिचय मान्दछन् ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु कुमार यात्रु तामाङ

किताबहरु

Helping Hands

Like us on Facebook