कोरना भाइरसबाट बच्ने आदिवासी ज्ञान

शनिवार ०८ चैत्र, २०७६   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

अधिबक्ता शंकर लिम्बु

अधिबक्ता शंकर लिम्बु

चङ्गाथली, भक्तपुर

कोरना भाइरसबाट बच्ने आदिवासी ज्ञान

सन् २०१२ मा पहिलो पटक संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा पहिलो पटक मैले भोल्युन्टरीली आइसोलेटेड इण्डिजिनियस पिपल्स (voluntarily isolated Indigenous Peoples ) को विषयमा छलफल भएको सुनेको थिएँ । यो यस्तो अत्यन्त थोरै संख्यामा भएका आदिवासीहरु हुन् जो बाहिरी दुनियासँग आउन पनि चाहान्नन् र बाहिरकालाई आफ्नो भूमिमा छिर्न पनि दिदैनन् । निकै गजब लागेको थियो मलाई भुमण्डलीकरणको दुनियामा यस्तो समुदाय । 

एकजना भाइले निकै आक्रोसपुर्णरुपमा यस समुदाय प्रति बाहिरी दुनियाले गरेका ज्यादतीको बक्तब्यले मलाई तान्यो । मैले उनीसँगै रहेको पाका भलाध्मीलाई दोभाषेमार्फत सोधें । किन तपाईहरु बाहिरी दुनियाँमा आउन मिल्दैन ? उहाँले भन्नु भयो, “मिल्छ तर बाहिरी दुनिया पापै पापको दुनियाँ हो, रोगै रोगको दुनियाँ हो कुन दिन सकिन्छ थाहा हुन्न । हाम्रा ठाउँमा दुनियाँका मानिस आए भने छलछाम, रोग ब्याधि ल्याउँछ हामी बाँच्नै सक्दैनौं ।”

अनुसन्धान गर्दा करिब २०० जति यस्ता समुदाय ल्याटिन अमेरिकी देशहरुमा रहेछन् (यस समुदाय सम्बन्धी ओ एच सि एच आर गाइडलाइन्स २०१२) ।

सन् १९८० तिर पेरुमा रहेका नहुवा समुदाय, जो बाहिरी दुनियासँग सम्पर्क राख्दैनन् उनीहरुको बसोबास रहेको जंगलमा बाहिरी मानिसहरु काठ ब्यापारकालागि आए । तिनिहरुको सम्पर्कमा आउनसाथ रुघा खोकी, विभिन्न प्रकारका रोग सारेर गए । तथ्यांकले ६० प्रतिशत यस समुदायका सदस्यहरुले ज्यान गुमाउनुपरेको थियो । (IWGIA report २०१०) । यो एउटा  उदाहरण मात्र हो ।  

 

 बाहिरी दुनियाँमा आउन मिल्छ तर बाहिरी दुनिया पापै पापको दुनियाँ हो, रोगै रोगको दुनियाँ हो कुन दिन सकिन्छ थाहा हुन्न । हाम्रा ठाउँमा दुनियाँका मानिस आए भने छलछाम, रोग ब्याधि ल्याउँछ हामी बाँच्नै सक्दैनौं ।

त्यसैगरी युरोपियन उपनिवेशबादीहरु अमेरिकामा आएपश्चात् त्याहाका आदिवासीहरुलाई दादुरा, टि.बी, प्लेग जस्ता सरुवारोगहरु सारेर सोत्तर बनाएको इतिहास छ । अस्ट्रेलियाका आदिवासीलाई पनि युरोपियन उपनिवेशबादीहरुले त्यसरी नै रोग सारेका थिए । 

बास्तवमा अहिलेको दुनिया र दुनियाले गरेको विकास बास्तवमा यस्तै अनगिन्ती रोग ब्याधिका गुँड हो । कोरोना पनि त्यस भन्दा भिन्न छैन । यो विश्वमा सृजित महामारी हो । 

भोल्युण्टरी आइसोलेसन आदिवासीको  ज्ञान हो । कोरोना शहरबजारबाट गाँउतिर पस्दैछ । यदि शहरीयाहरु गाउँमा नपस्ने हो भने पेरुका वाराओमी आदिवासी जस्ता एकान्त जंगल र .नदिकिनारमा वाहिरि दुनियाका कसैसँग सम्पर्क नगरी बस्नेहरु पक्कै कोरोनाबाट सुरक्षित हुनेछन् । 

धेरै टाढाको कुरा छोडौं, नेपालका राउटे आदिवासी समुदायकै कुरा गरौं ।  उनीहरु अरुलाई दुनिया भन्छ । केहीवर्ष अगाडि सम्म पनि उनीहरु हामी दुनिया जस्तो बस्न सक्दैनौ, भन्दथे । र अझैपनि उनीहरु भन्छन्, “हाम्रो घर (जंगल) नछोइदेऊ” । जंगलमा बस्ने जिवन शैली हो राउटे समुदायको पहिचान । 

“पहिचानले खान दिन्छ ?’ भन्ने प्रधानमन्त्री अहिले आफै जनतालाई घरैमा आइसोलेसनमा बस्नु भन्न थाल्नुभएको छ ।  आफू सुरक्षित हुन त राउटे कै बुद्धि लिनु पर्ने रहेछ । त्यसैले भन्न मन लागेको छ, प्रधानमन्त्री ज्यू “पहिचानले खानमात्र होइन, ज्यानपनि जोगाउँछ । त्यसैले फरक गर्न सक्नुपर्दछ । र फरक पहिचानलाई जोगाउँदै, आदिवासी ज्ञान, परम्परा, विज्ञान र संरचना निर्माण गर्ने विवेक प्रयोग गरेको भए शायद यो दुनिया पाप र रोगको घर बन्दैन थियो होला ।

त्यसैले भन्न मन लागेको छ, प्रधानमन्त्री ज्यू “पहिचानले खानमात्र होइन, ज्यानपनि जोगाउँछ । त्यसैले फरक गर्न सक्नुपर्दछ । र फरक पहिचानलाई जोगाउँदै, आदिवासी ज्ञान, परम्परा, विज्ञान र संरचना निर्माण गर्ने विवेक प्रयोग गरेको भए शायद यो दुनिया पाप र रोगको घर बन्दैन थियो होला ।


कोरोनाको कहर, आतंकित दुनिया, स्वयं निगरानी (क्वरिन्टाइन) तथा आइसोलेसन ( बाहिरि दुनियासँग विच्छेद) बर्तमानको यथार्थ यहि हो । विज्ञहरु कोरोना एक भाइरस हो भन्छन् तर उपचार के हो ठयाक्कै बताउँदैनन् खाली बचावट र रोकथामको कुरा गर्छन् । निदान बारे बोल्दैनन । 

चीनको वुआनमा कहर मच्चाएर युरोपलाई इपिसेन्टर बनाएको छ । फेरि एशिया फर्केको जस्तो छ भने अफ्रिका तिर पनि यात्रा गरिरहेछ । साँच्चै भन्ने हो भने मान्छेले निर्माण गरेको देशका सिमाना र अध्यागमनका पर्खाल त ध्वस्त बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको मेक्सिको बोर्डरमा आप्रवासी रोक्ने पर्खालको कुरा कोरोनाको यात्रामा दिवा सोप्ना भएको छ । 

दोस्रो विश्वयुद्धको विभिषिका जस्तै मानिसहरुमा छाएको छ कोरोना । तर कोरोना आफै आउँदैन यसलाई त मान्छेले ल्याउँछ । त्यसैले त आदिवासी यस्तो रोग ल्याउने दुनियालाई आफ्नो ठाउँमा छिर्न दिदैन, अनि ढुक्क भएर बस्दछन । खोस्ने त केवल दुनिया हो । जस्तो संविधान, कानून नियम बनाएको त्यही आदिवासीको थातथलो खोसाउनको लागि हो । खानी र पानी र जंगल राज्यको भन्ने कानूनले आदिवासीको लुटेर लिनको लागि हो । आदिवासीको दृष्टिमा त तेल, विजुली, पानी, कलकारखाना बनाउने कानून त लुटेराहरुलाई संरक्षण गर्ने मात्र हो । नत्र लुटेरा फष्टाउने अनि बर्षौदेखि जल जमिन खानी र पानी जोगाउने कसरी मासिन्छ ? नखोसेको भए ? (क्यानाडाको मोहाक चीफको टिप्पणी आत्मनिर्णयको अधिकार बारे यु एन मा २०१३) आदिवासीहरु ठान्छन् कि (मदर अर्थ र मदर नेचर) धर्ती आमा र प्रकृति आमा) लाई विकासको नाममा चिथोरेको, लुछेको र अत्याचार गरेको असहनीय भइसक्यो । आमा भएकोले ममताको आँचलमा माफ त पाइएला तर पापको परिणाम त भोग्नै पर्ने रहेछ । अपराध गर्नेले दण्ड पाउँछ प्राकृतिक न्यायको सिद्धान्त हो यो ।

 

कोरोना आफै आउँदैन यसलाई त मान्छेले ल्याउँछ । त्यसैले त आदिवासी यस्तो रोग ल्याउने दुनियालाई आफ्नो ठाउँमा छिर्न दिदैन, अनि ढुक्क भएर बस्दछन । खोस्ने त केवल दुनिया हो ।


अहिलेको जलवायु परिवर्तन त्यसतै दण्ड हो हामीले भोगिरहेको । रासायनिक र विषदियुक्त खानेकुराले निकालेको क्यान्सर, अब पाँचौ जेनेरेसन इन्टरनेट (5G) ले उत्पन्न गर्ने छन र उच्च विद्युत प्रसारण लाइन ले निकाल्ने electronic Magnefield को कारण बढने क्यान्सर र गर्भपतन त बढेरै जाने हो । एकाथरि बैज्ञानिक, वातावरणविद्हरु ५ जी ल्याउनु हुन्न सुसाइडल हुन्छ भनेका छन् । तर दुनियालाई फाष्ट इन्टरनेट चाहिएको छ । सरकारमा बस्नेलाई कमिशन ।

“०७२ सालको भुकम्पमा आफ्नै घर संग डर लाग्थ्यो अहिले ०७६ सालको कोरोनाले आफनै मान्छे संग डराउनु परयो ।”टहल थामी आफनो फेसबुक वालमा भन्छन, “ यो भन्दा के हुन्छ विडम्बना ?

कहिलेकाहीँ अचम्म हुदो रहेछ विपत्ति परेको बेलामा । ०७२ सालमा भुकम्प गए पछि भविष्यबक्ताहरु धेरै निक्ले फेरि भुकम्प जान्छ भनेर भविष्याबाणी गर्नेहरु । माताहरु, पण्डितहरु देखि साधारण मान्छेहरु पनि आतंक फैलाउने । अहिले कोरोनाको समयमा कोही शंख फुक्दै मन्दीरमा पूजा गर्ने, कोही कोट सुट लाएर जिसस् क्राइष्ट पुकार्दै कोरोना भगाउने कोही गाइको गहुँत अर्थात पिसाव र गोबरले कोरोना निको हुन्छ भन्ने उत्पटयाङहरु देखा पर्दैछन् । कुन देशमा हो जिससले बँचाउछ भन्दै मान्छे भेला गरेर कोरोना जोखिम बढाएको समाजिक संजालमा आएको सत्य हो कि के हो थाहा छैन । तर आदिवासीहरुले हजारौं बर्षको अनुभव बाट सिकेको ज्ञान दुनियाबाट अलग्ग रहनु यस्तो बेलामा काम लाग्छ । कठीन होला तर प्रयास गरौं ।

हाम्रा दुनिया इन्टरनेटबाट यति ग्रस्त छ कि । १२ घण्टाको थकित यात्रापछि होटलमा बास बस्न गयो भने खाना र सुत्ने ठाउँ भन्दा पनि इन्टरनेट छ ? भन्ने पहिला सोध्ने कुरा आउँछ । मलाई पारागुवेन आएरो समुदायको इमेसिनेको गीतको बोल याद आयो ।“ म हामी स्वतन्त्र भएको बेला, रोग ब्याधी नभएको बेला, सिमा नलागेको स्वतन्त्र घुमफिरको बेला सम्झेर गीत गाउँछु । एउटा नौका चढेर बाहिर दुनियका मानिसहरु आए त्यो नै हाम्रो दुर्दशा थियो । 

तिनिहरुले सबै हाम्रा कुरा खोसे, हाम्रा महिलालाई दुब्र्यवहार गरे । हाम्रा बालबच्चालाई तिनिहरुको दुनियमा लगे । हाम्रा बालबच्चा आउन त आए उनीहरु हामी जस्ता होइनन् तिनिहरु जस्ता भए । आफनै घर भत्काउन थाले आफ्नै संस्कृति मास्न थाले, “(कार्लोस कमाको नसार) । 


इण्डिजिनियस टेलिभिजनमा डा. अरुण उप्रेतिको अन्तरवार्ता सुने । भारतको एक डाक्टरको पनि । उनीहरुले हाम्रै परम्परागत जडीबुटी, घरैमा प्रयोग हुने मरमसलाले इम्यून सिस्टम बढाउन मद्धत गर्छ रे । कोरोनाले इम्यून सिस्टम कमजोर हुनेलाई बढि प्रभाव पार्छ रे । यदि त्यसो हो भने मलाई हाम्रा आदिवासीय ज्ञान मा आधारित खानेकुरा र औषधी के छ । त्यसलाई प्रयोग गरौं । ज्वरो खोकी लाग्दा मेरो बोजुले मलाई बनाइदिने औषधी जसले म बच्चा हुँदा ज्वरो खोकी च्वाटेै हुन्थ्यो, त्यस्को सम्झना गरायो ।


हाम्रा औषधी विज्ञान र सम्पदा र साँस्कृतिक थलो एकअर्कामा अपरिहार्यरुपमा जोडिएको छ । जस्तो खोकनाको पिंग द्यः काठमाडौं भरिका बैद्यहरु आफ्ना विद्या सिके पछि पारंगत भयो भएन भन्ने विषयमा त्यहाँ गएर पूजा गर्दै उपचार गर्नुपर्ने (अशोज महर्जन ) । कतै हाम्रै बैद्यहरुसँगको ज्ञान छ की ?

२००५ मा सुनामी आँउछ भनी समुन्द्रतट सुरक्षा अधिकारीलाई बताउँदा । दिउँसै जाँड खाएको भनी नपत्याएका र आदिवासीहरु चाही सुरक्षित ठाउँमा गएर बसेको कारण उनीहरु बाँचे । धेर्रैको अकालमा ज्यान गयो । त्यत्रो बैज्ञानिक ज्ञान हुने र उपकरणले थाहा नपाएको सुनामी आउने थाहा पाउने ज्ञान आदिवासीमा छ । कम्प्यूटर विना आँधीको अनुमान गर्न सकिन्छ भने वेकारमा कम्प्युटर चाहीयो किन ? यो छलफलको विषय होला ।

हुन त फाष्ट ट्रयाक खन्ने क्रममा पिंग द्यः भत्काउन लागिएको छ । यो भत्कियो भने बैद्य ज्ञान पनि हराएर जाने निश्चित छ । त्यसैले यो बेला हाम्रा ज्ञान खोजौं फेसबुकमा कुनदेश सहायता लिएर नेपाल आउन ठीक परेको छ भन्दै पोष्ट गर्न भन्दा यता ध्यान दिउँ । यो मगन्ते र आसे बन्न छार्डौ । अहिलेको बैज्ञानिक भनेको स्वास्थ्य विज्ञानको परिभाषा अनुसार मानिस स्वास्थ्य हुन शारिरीक र मानसिक स्वास्थ हुनुपर्छ रे । तर यो अपुरो छ आदिवासी ज्ञानको कसीमा । किनकि आदिवासी स्वास्थ्य ज्ञानमा एउटा मानिस पूर्ण स्वास्थ्य हुन ४ कुरा संतुलनको आवश्य पर्छ । (१) शारिरीक स्वाथ्य (२) मानसीक स्वाथ्य (३) इमोशनल विषय (४) आध्यात्मिक विषय । त्यसैले आदिवासी ज्ञानबाट हेरौं । 

एण्डोमन र निकोवार समुन्द्री टापुहरुमा बस्ने आदिवासीहरुको ज्ञानले सुनामी आउँदा बच्न सक्ने बनाएको छ । २००५ मा सुनामी आँउछ भनी समुन्द्रतट सुरक्षा अधिकारीलाई बताउँदा । दिउँसै जाँड खाएको भनी नपत्याएका र आदिवासीहरु चाही सुरक्षित ठाउँमा गएर बसेको कारण उनीहरु बाँचे । धेर्रैको अकालमा ज्यान गयो । त्यत्रो बैज्ञानिक ज्ञान हुने र उपकरणले थाहा नपाएको सुनामी आउने थाहा पाउने ज्ञान आदिवासीमा छ । कम्प्यूटर विना आँधीको अनुमान गर्न सकिन्छ भने वेकारमा कम्प्युटर चाहीयो किन ? यो छलफलको विषय होला ।

तर आज लिम्बूको मुन्धुममा वा संस्कारमा आइसोलेसनको अवधारणा छ कि भनेर मुन्धुममा तथा लिम्बु संस्कारमा ज्ञान राख्ने येहाड. दाईसँग छलफल गर्दा घरमा कसैलाई रोग ब्याधी लाग्दा हिम सम्माङ, युमा सम्माङको अनुष्ठान गर्दा घर भित्र भएकालाई भित्र बाहिर गर्न नदिने र घर बाहिरबाट आउनेलाई प्रवेश गर्न नदिने साम्माङ सिक्छिङ अर्थात् घरको देउता रिसाउँछ भन्ने रहेछ । यसको तार्किक आधार वा अर्थ के हुन्छ, भने घरमा बस्नेहरु आइसोलेसनमा बसे र्औषधी र उपकार लाग्छ वा रोग अझ बढेर नजाने भन्ने देखिन्छ । त्यसैले केही दिन आइसोलेसनमा बसौं । म जस्तो छटपटेलाई भने निकै गाह्रो छ । फोन आएको आएकै छ । तर पनि मन थामेर बसेको छु । आफू पनि कोरोनाबाट सुरक्षित रहौं अरुलाई पनि राखौं । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook