कोरोना भाइरस महामारीमा मिडियाको भूमिका

बुधवार १० बैशाख, २०७७   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

कोरोना भाइरस महामारीमा मिडियाको भूमिका

नोवेल कोरोना भाइरस अर्थात् नयाँभाइरस । यो भाइरसको विषयमा यसअघि कसैलाई पनि थाहा थिएन । सन् २०१९ डिसेम्बर अन्त्यमा चीनको वुहानबाट शुरुभएको कोरोना भाइरस इटाली हुँदै युरोपभर महामारीको रुपमा फैलियो । संसारभर लाखौ मानिसको ज्यान लियो । संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । यदाकदा कोरोना भाइरस मानवजातिको लागि तेस्रो विश्वयुद्ध सरह भएको समेत भन्ने गरिएको छ । हाल यस भाइरसको औषधी अर्थात् एन्टी डोट पत्ता लागिनसकेकाले यसको नियन्त्रण कहिले र कसरी होला ? संसार नै अन्यौलमा छ । यो भाइरसको फैलावट रोक्न मानिस मानिसविच हुने सम्पर्क रोक्नु र हिडडुललाई नियन्त्रणगर्नु मुख्य उपायको रुपमा लिइएको छ । कोरोना भाइरसको प्रकोपले विश्व नै थिलथिलो भएको छ । त्यसैले संसारका सबैजसो देशहरुले लकडाउन घोषणा गरी सेल्फकोरेन्टाइन अर्थात् एकान्त बासमा बस्नुपर्ने नियम लागू गरेका छन् । 

नेपाल पनि यस महामारीबाट अछुतो छैन । पहिलोपटक २०७६ माघ १० गते चीनको वुहान क्षेत्रमा पढ्न गएका एक नेपाली विद्यार्थीमा उक्त भाइरसको संक्रमण भेटिएको थियो । सुखद पक्ष, नेपालमा कोरोना भाइरसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन । तापनि संक्रमितको संख्या बढ्दै गई रहेको छ । यस्तो अवस्थामा कमजोर अर्थतन्त्र, नाजुक स्वास्थ्यसेवा र कोरोनाको महामारीबाट देशलाई जोगाउने रणनीति र स्रोत साधनहरुको अभाव छ । त्यसमाथि सत्तासीन दलभित्र भर्खरै देखा परेको राजनीतिक खिचातानीले अबको महामारीको फैलावट र त्यसको प्रभावबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने चिन्ता आममानिसहरुमा बढेको छ ।

आ–आफ्ना साधनस्रोत, जनशक्ति र क्षमताअनुसार विभिन्न सञ्चार माध्यमहरुले कोरोना भाइरस संक्रमणबारे समाचार र विचारहरु प्रसारण गरिराखेका छन् । जनचेतना फैलाइराखेका छन् । यस्तो काम गर्नु सञ्चारमाध्यमहरुको प्रमुख दायित्व हो ।

संक्रमित व्यक्तिबाट आफ्नो परिवार र साथीभाइहरुमा सर्न नदिन अरु व्यक्तिहरुसँग टाढै रहने, स्वस्थ जीवनशैली अपनाउने  र व्यक्तिगत भौतिक दुरी कायम राखिएको छ । तर त्यत्तिले मात्रै यो महामारी पूर्ण रुपमा रोकथाम हुन गाह्रो छ । यस्तो विषम अवस्थामा आ–आफ्ना साधनस्रोत, जनशक्ति र क्षमताअनुसार विभिन्न सञ्चार माध्यमहरुले कोरोना भाइरस संक्रमणबारे समाचार र विचारहरु प्रसारण गरिराखेका छन् । जनचेतना फैलाइराखेका छन् । यस्तो काम गर्नु सञ्चारमाध्यमहरुको प्रमुख दायित्व हो । त्यही दायित्व बहन गरिरहेका छन् ।


महामारीमा मिडिया

देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र कानूनी व्यवस्थाका आधारमा सञ्चार माध्यमको भूमिका निर्भर हुने गर्दछ । सरकार र समुदायविचमा सञ्चार कायम गर्न सञ्चार माध्यमले पुलको भुमिका निर्वाह गरेका हुन्छन् । यस्तो भूमिका यस्तै प्राकृतिक प्रकोपका वेला अरु महत्वपूर्ण हुन्छ । अहिले कोरोना भाइरसको महामारीको बखत सञ्चारमाध्यमको सक्रियता यसैको प्रमाण हो । सञ्चारमाध्यमहरुले यस्तो बेलामा समाजलाई सचेत बनाउने, जागरण ल्याउने र शिक्षा दिने बिषयमा पनि सूचना प्रवाह गरिरहेका हुन्छन् । उदहरणका लागि कोरोना भाइरसको जानकारी,  यसको रोकथामका उपाय, र यसको संक्रमण बिरुद्ध व्यक्ति समाजको भूमिकाका बारे पनि सुसूचित गराईरहेको हुन्छ । यस्तो सूचना नागरिकले बुझने भाषा वा संकेतमा प्रबाह गराउनु सञ्चारमाध्यमको जिम्मेवारी भित्रको कुरा हो । 

ग्रामिण क्षेत्रलाई लक्षित गरि संञ्चालित समुदायको नाममा संचालित केही रेडियोहरुले मातृभाषामा सुचना प्रावाह गर्दै आएका छन्, तर कति रेडियोले यो जिम्मेवारी पुरा गरे वा गर्न बाँकी छ ? त्यो भने अध्ययनको विषय हो । तथापी कतिपय आदिवासी जनजातिहरुको भने उनीहरुले बोल्ने र वुझ्ने भाषामा रेडियो र टेलिभिजनमा जानकारीहरु उपलब्ध नभएको गुनासो छ । 

कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि सरकारले २०७६ चैत्र ११गते देखि लकडाउन घोषणा गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष, विश्ववैंक लगायतबाट ऋण लिएर भएपनि कोरोना कोष खडा गरी स्वास्थ्य सामाग्रीहरुको जोहो गर्न लागि परिरहेको छ । त्यसैगरी सञ्चारमाध्यमहरुले पनि यहि समयलाई मौकाको रुपमालिएर फाइदा उठाउने सरकारी र व्यापारी विचौलियाहरुको खबरदारीसँगै कोरोनाभाईरस सम्बन्धी आवश्यक जानकारी आआफ्नो साधनस्रोत अनुसार समाजलाई पस्कने भुमिका निर्वाह गर्दै आइरहेका छन् ।  यस्को अलवा खाद्यान्न, पिउने पानी, खानापकाउने ग्यास, औषधीको अभावजस्ता नागरिकलाई परेको समस्या र समधानका उपायहरुको विषयमा पनि सञ्चारमाध्यमले खबरदारी गरिरहेका छन् ।  इन्टरनेटको साथै मुलधारका सञ्चारमाध्यमको पहुँचनभएको गाउँहरुमा सामुदायिक रेडियोको भुमिका अहम छ । ग्रामिण क्षेत्रलाई लक्षित गरि संञ्चालित समुदायको नाममा संचालित केही रेडियोहरुले मातृभाषामा सुचना प्रावाह गर्दै आएका छन्, तर कति रेडियोले यो जिम्मेवारी पुरा गरे वा गर्न बाँकी छ ? त्यो भने अध्ययनको विषय हो । तथापी कतिपय आदिवासी जनजातिहरुको भने उनीहरुले बोल्ने र वुझ्ने भाषामा रेडियो र टेलिभिजनमा जानकारीहरु उपलब्ध नभएको गुनासो छ । 

मातृभाषामा सुचना प्रवाहका अभ्यास

कोरोनाभाइरसको महामारीको सन्दर्भमा मातृभाषामा सूचना प्रवाह महत्वपुर्ण छ । संयुक्त राष्ट्रसंघको महासभाद्वारा पारित मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, २०४८, विषेशगरी धारा १९ मा, मातृभाषा अन्तर्राष्ट्रिय मानवअधिकारको रुपमा व्याख्या गरिएको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघको महासभाले सन् २००७मे १६ मा संकल्प प्रस्ताव पास गर्दै सदस्य राष्ट्रहरुलाई अफ्नो देशभित्र बोलिने सवै भाषाहरुलाई संरक्षण र संवद्धन गर्न आह्वान गरेको थियो । आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, २००७ को धारा १६ मा मातृभाषामा सूचना पाउने र मातृभाषामा सञ्चारमाध्यम संचालनगर्न पाउने आदिवासीको अधिकारको रुपमा व्याख्या गरेको छ । र नेपालको संविधानले पनि सवै जनालाई आफुले बोल्ने र बुझ्ने भाषामा स्वास्थ्य सम्बन्धी जानकारी र सूचना प्राप्तगर्ने मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ ।

अधिकांंस अदिवासीजनजातिहरु ग्रामिणक्षेत्रमा बसोबास गर्ने भएको कारण स्वास्थ सेवाको मात्र होइन सूचना र शिक्षाबाट समेत बञ्चित छन् । त्यसकारण भाषागत विविधता भएको देशमा, महामारीको वेला केही न केही योगदान दिऔँ भन्नकै लागि भएपनि विभिन्न मातृभाषी समुदायहरुलाई लक्षितगरि विभिन्न मातृभाषामा कोरोना भाइरससम्बन्धी सामाजिक सन्देश उत्पादन र प्रसारण गर्ने यस्ता प्रयासहरु महत्वपुर्ण छन् । प्रसांगिक र प्रशंसनीय पनि छन् । 

कतिपय अवस्थामा औपचारिक नेपाली भाषामा मात्र सूचना प्रसारित हुँदा मातृभाषा मात्र बोल्ने र बुझनेहरु महामारी सम्बन्धी दिएको जानकारी र सुचना महत्वहिन हुन्छन् । उदाहरणको लागि सरकारले लकडाउन घोषणा गरेको शुरुको केहीदिनमा काठमाडौ महानगरपालिकाका अधिकारीहरुले घरबाहिर ननिस्कन आग्रह गर्दै नेपाली भाषामा माइकिङ गरेपनि पसलहरु खुल्ला रहे, सडक, गल्ली, चोक र बहाहरुमा बुढापाका र बालबालिकासहित सवैजना सधै झै निस्केर गफिन्थे । जब काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपालभाषामा कोरोना भाइरस कसरी जोगिने भन्ने सन्देश दिनुभयो र लगत्तै वडा कार्यालयहरुले टोलटोलमा नेपालभाषामै माइकबाट सूचनाप्रवाह गरे । त्यसलगत्तै सडक र चोकहरुमा भेटघाट गर्ने कार्य ठप्प भयो । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि गुरुङ भाषीहरुका लागि भन्दै सचेतना सन्देश गुरुङभाषामै दिनुभयो । त्यसैगरी खुम्बु पासाङल्हामु गाउँपालिकामा संचालित खुन्दे अस्पतालमा कार्यरत डाक्टर कामी तेम्बा शेर्पाले कोरोना भाईरसबाट बच्ने उपायकाबारेमा शेर्पा भाषामा जानकारी दिनुभयो । यी प्रसंगहरु मातृभाषामा सूचना प्रभावकारी मात्र होइन महत्वपुर्ण हुन्छ भन्ने सिकाई र कार्यान्यवनका केही उदाहरणहरु मात्र हुन ।

महामारी सुरुभएसँगै आदिवासीका संघसंस्थाहरुले आआफनो भाषामा कारोना भाइरस सम्बन्धी जानकारी दिने प्रयाससँगै आदिवासीहरुले संचालन गरेका सामुदायिक रेडियो र टेलिभिजनहरुले मात्र होइन, सरकारी र नीजि मिडिया, सरकारी तथा विभिन्न राष्ट्रिय तथाअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले समेत मातृभाषामा सन्देश निर्माण गर्ने र प्रशारण गर्ने केही प्रयासहरु भएको देखिन्छ । 

हुन त, नेपालमा नेपाली भाषामै पनि सूचना प्रवाहगर्दा अङग्रेजी शब्दवालीहरु जस्तै लकडाउन, सेल्फक्वारेन्टाईन, सेल्फआइसोलेसन जस्ता शब्दवालीहरु प्रयोग हुँदा कतिपय नेपालीभाषीहरु समेत अलमलमा परे । गैर नेपाली मातृभाषी समुदायहरु थप रणभुल्लमा परे । नेपालका पहाडी इलाकामा बसोबास गर्ने, सडक र सिमाना जोडिएका र बाहिरिया मानिसहरुसँग सम्पर्क नभएका र खेती किसानीमा रमाउने आदिवासीहरुलाई कोरोनाभाईरसको चिन्ता नभएपनि भारत र चीनसँग सिमा जोडिएका क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरुमा भने भाइरसको त्रास फैलिएको मात्र होइन सरकारले घोषण गरेको लकडाउनका कारण खाद्यान्नअभाव वढेको समाचारहरु आएका छन् । वेरोजगार,दैनिकज्यालादारी गरि गुजारा गर्ने अधिक संख्यामा आदिवासी जनजातिहरु रहेका छन् ।

अधिकांंस अदिवासीजनजातिहरु ग्रामिणक्षेत्रमा बसोबास गर्ने भएको कारण स्वास्थ सेवाको मात्र होइन सूचना र शिक्षाबाट समेत बञ्चित छन् । त्यसकारण भाषागत विविधता भएको देशमा, महामारीको वेला केही न केही योगदान दिऔँ भन्नकै लागि भएपनि विभिन्न मातृभाषी समुदायहरुलाई लक्षितगरि विभिन्न मातृभाषामा कोरोना भाइरससम्बन्धी सामाजिक सन्देश उत्पादन र प्रसारण गर्ने यस्ता प्रयासहरु महत्वपुर्ण छन् । प्रसांगिक र प्रशंसनीय पनि छन् । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

किताबहरु

Helping Hands

Like us on Facebook