The glimpse of Indigenous Peoples' human rights violation in Nepal

Author:   अधिबक्ता शंकर लिम्बु

Published:   2014

Status:  Free

The glimpse of Indigenous Peoples' human rights violation in Nepal

नेपालले अनुमोदन तथा सहमति जनाएका अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं १६९ र आदिवासी अधिकारसम्बन्धी संयुक्तराष्ट्र संघीय घोषणापत्र, २००७ लगायत अन्तर्राष्ट्रिय कानूनहरूले आदिवासीहरूले परापूर्वदेखि भोगी, चर्ची ओगटी आएका भूमि तथा प्राकृतिक स्रोतसाधन–जल, जमीन, जंगल, जटिबूटी, हिमाल खानीलगायतमा विनाहस्तक्षेप र विनारोकावट उपभोग, उपयोग, व्यवस्थापन, परिचालन र नियन्त्रण गर्र्नेे अधिकारको प्रत्याभूत गरेका छन् । त्यसैगरी हाम्रो प्रथा, परम्परा, प्रथाजनित कानून, साँस्कृतिक, भाषिक, शैक्षिक अधिकारको पनि सुनिश्चित गरेका छन् । साथै, हामी आदिवासीसँग सरोकार राख्ने नीति, कानून, ऐन, नियम बनाउनु, कार्यान्वयन गर्नु अगाडि र हाम्रो पूख्र्यौली थातथलोको प्राकृतिक स्रोतसाधनहरूमा कुनै किसिमको निर्माण, विकास, प्रयोग, उपयोग तथा व्यवस्थापनसम्बन्धी कुनै पनि किसिमको क्रियाकलाप गर्नुपूर्व सम्बन्धित पक्षले हामी आदिवासीहरूसँग स्वतन्त्र, अग्रीम, सुसूचित सहमति Free Prior and Informed Consent (FPIC) कायम गरेर मात्र त्यस्ता कार्यहरू संचालन गर्नुपर्ने लगायतका अधिकारहरू उल्लेख गरेका छन् । तर नेपालका सन्दर्भमा हामी आदिवासीहरूको यी माथि उल्लिखित प्रावधानहरू र यस्ता अन्य धेरै अधिकारहरू व्यापक मात्रामा उल्लंघन हुँदै आएका छन् । कतिपय अवस्थामा हाम्रा के कस्ता अधिकारहरू छन् ? ती अधिकारहरू हनन भएको अवस्थामा कसरी उपचार पाइन्छ ? भन्ने आदिवासी समुदायका सबैमा जानकारी नभएको र कतिपय अवस्थामा अधिकारको बारेमा जानकारी भए पनि स्रोत साधनको कमीको कारणले उपचार पाउन कठीन भएको छ । यी र यस्ता अधिकार उल्लंघन गरिएका घटनाहरू लुकेर रहेका कारणले धेरै संख्यामा आदिवासी जनजातिहरू पीडित भएको अवस्था छ ।

नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) आफ्नो स्थापनाकालदेखि नै आदिवासीहरूको मानवअधिकार संरक्षण, सम्वद्र्धन तथा सुनिश्चित गर्ने कार्यमा निरन्तर लागिपरेको छ । नेपालका विभिन्न क्षेत्रमा घटेका वा मानवअधिकार उल्लंघन भएका घटनाहरूलाई दस्तावेजीकरण गरी सम्बन्धित निकायसम्म पु¥याई आफ्नो स्रोतसाधनले भ्याएसम्म कानूनी उपचार दिलाउँदै आएको छ । विगत केही वर्षदेखि लाहुर्निपले विभिन्न जिल्लाहरूमा आदिवासीहरूको मानवअधिकार रक्षकहरू (Indigenous peoples human rights defenders) लाई परिचालन गरी ओझेलमा परेका घटनाका केही तथ्यहरू संकलन गरी दस्तावेजीकरण गर्ने प्रयास गरेको छ । लाहुर्निपको जानकारीमा आएका र आफ्नै पहलमा विगत केही वर्षदेखि आदिवासीहरूको मानवअधिकार उल्लंघनका घटनाहरू संकलन गरी दस्तावेजीकरण गर्ने र राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरका निकायहरूमा सुसूचित गराई लाहुर्निपले अन्तर्राष्ट्रिय न्यायिक निकायमा समेत कानूनी उपचार दिलाउने प्रयास गर्दैआएको छ । लाहुर्निपले कानुनी उपचार दिलाएका, दिलाइरहेका र केही नयाँ घटनाहरूको समष्टिगत रूपमा ल्याएको केशस्टडिजको संगालो ‘आदिवासी–मानवअधिकार उल्लंघनका केही घटनाहरू’ हो ।
 

 डाउनलोड गर्नुहोस्

Like us on Facebook